२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

नौवर्षसम्म पनि पुर्पक्षकालागि थुनामा

१४ आश्विन २०७३, शुक्रबार ०५:५१

गोपाल प्रसाद बराल/असोज १४, बर्दिवास । सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षकालागि थुनामा छन् । 

आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आफुविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्ष थुनामै कारागार बस्न बाध्य भएका हुन् । 

दुई पक्षबीचको झँैझगडाका क्रममा २०६४ जेठ २३ गते गाउँकै बिशेश्वर मण्डलको हत्या गरेको अभियोगमा तत्काल पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा कारागार पठाइएका तीनै दाजुभाइसम्बन्धित मुद्दा फैसला हुन नसक्दा उनीहरुको थुना अवधि बढेको हो । महोत्तरी कारागारमा रहेका रामनन्दन र रामदुलारले आफुहरु सम्बन्धित मुद्दा किन फैसला हुन नसकेको भन्ने बारे जानकारी नभएको बताएका छन् । 

“घरका तीनै दाजुभाइ जेलमा बन्द छौँ”, कारागारमा उनीहरुको मुद्दाबारे बुझ्न पुगेका सञ्चारकर्मीसँग रामदुलार यादवले भन्नुभयो, “मुद्दाबारे बुझिदिने कोही नहुँदा फैसला हुन नसकेको बारे केही बुझेका छैनौँ ।” 

पुर्पक्ष थुनामा तीनै दाजुभाइ एकसाथ महोत्तरी कारागार पठाइएका भए पनि कान्छा वीरेन्द्र यादवलाई केही महिनाअघि कारागार सरुवा गरी हाल सप्तरी कारागार राजविराजमा पठाइएको महोत्तरी कारागार प्रशासनले जनाएको छ । 

तीनै दाजुभाइलाई महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा राखिएको र कान्छा वीरेन्द्रलाई ठाउँ अभावले कारागार सरुवा गरिएको महोत्तरी कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । पूर्पक्ष थुनाको अवधि नौ वर्ष चार महिना हुँदासम्म पनि तीनै दाजुभाइबारे अन्य कुनै व्यहोराको अदालतबाट आदेश नआएको जेलर ठाकुरको भनाइ छ । 

यसैबीच, दुई बर्षमा टुङ्गिनुपर्ने मुद्दा नौ वर्षभन्दा बढी लम्बिनुमा मुद्दाबारे बीचमा भएका घटनाक्रम कारण बनेको महोत्तरी जिल्ला अदालतले जनाएको छ । यो मुद्दा फैसलाको अन्तिम चरणमा पुगेकै बेला २०६८ साल फागुन १५ गते मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेसँगै तत्सम्बन्धी पत्र पाएपछि २०७० साल जेठ २३ गतेको निर्णयले मुल्तबी रहेको अदालतका स्रेस्तेदार जानकीरमण यादवले जानकारी दिनुभयो । 

मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा परेको उजुरीबारे २०७२ साल पुस ३० गते संवैधानिक इजलासले फिर्ता लिन नमिल्ने निर्णय गरेपनि सोसम्बन्धी विस्तृत विवरण प्राप्त हुन नसक्दा मुद्दा मुल्तबीमै रहेकाले फैसला हुन नसकेको स्रेस्तेदार यादवको भनाइ छ । 

थुनामा रहेका रामनन्दनले सरकार र अदालतले के गर्दैछन् ? आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दोहो¥याएका छन् । अदालत र सरकारको कामले आफुहरु सम्बन्धित मुद्दा फैसलामा ढिलाइ हुँदा तीनै दाजुभाइ अन्यायमा परेका रामनन्दनले बताए । 

अदालतका स्रेस्तेदार यादवले अब संवैधानिक इजलासको फैसला विवरण प्राप्त हुनासाथै मुद्दा तत्काल फैसला हुनसक्ने गरी अङ्ग पुगिसकेको जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान