असोज १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ । 

कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ । 

कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहद"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक कुकुर व्यवस्थापन कार्य तीव्र

१४ आश्विन २०७३, शुक्रबार ०५:५९

असोज १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ । 

कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहदरबारका ४०, वसन्तपुर क्षेत्रका २० र अन्य विभिन्न स्थानका गरी एक सय ८० वटा कुकुरको बन्ध्याकरणको काम गरिसकेको काठमाडौँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो । 

विभिन्न स्थानमा छाडारूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनुका साथै अनावश्यक रूपमा कुकुरको सङ्ख्या बढेको र विभिन्न किसिमको रोगको सङ्क्रमण समेत बढेकाले नियन्त्रणका लागि अभियान सुरु गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । 

कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिकाका सक्रियता भइरहेको छ । तीनवर्षे अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । 

नियन्त्रणका क्रममा रेबिज रोग लागेको÷नलागेको र अन्य रोग लागेको भए तथ्याङ्क लिइने र तीनको उपचारको काम पनि गर्ने कामपाले जनाएको छ । 

“सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”, प्रमुख श्रेष्ठले भन्नुभयो । 

महानगरका ३५ वडामा सञ्चालन गरिएको यस अभियानको पहिलो चरणमा तथ्याङ्क लिने काम सम्पन्न भइसकेको छ । तथ्याङ्कअनुसार हाल काठमाडौँमा घरपालुवा र सामुदायिक गरी करिब चारलाख कुकुर रहेको अनुमान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का