असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतविनाको सार्कको अस्तित्व छैन: पराष्ट्रविदहरु

१४ आश्विन २०७३, शुक्रबार १०:३८

असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले नेपाल अन्र्तराष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताएका हुन् । उनले अघि थपे,‘हामी ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा छौं ।’ यद्धपी उनले भारत–पाकिस्तानवीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारे ।

साक्षात्कार कार्यक्रममा बोल्दै अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै होस भन्ने चाहेको स्पष्ट पारे ।

सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको उनको भनाई थियो । भारतविना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पारे ।

अर्थविद डा. विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताए । प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे ।

उनले भने,‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।’ डा. प्याकुरेलले सार्क ईकोनोमिक प्रष्पेक्टिभमा ईनईफेक्टिभ भएको बताए । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।

पराष्ट्रविद डा. निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए । उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए ।

उनले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ती निकाल्नुपर्ने धारणा राखे । उनले थपे,‘अफिसियल डकुमेन्ट निकाल्दा विचार पुरयाएर एउटै निकाल्नुपर्छ ।’भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्टा«ईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो ।

पूर्वराजदुत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित् हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताए । यद्धपी उनले भारत–पाकिस्तावीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन