असोज १६, काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

<"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली काँग्रेसले चियापान कार्यक्रम नगर्ने

१६ आश्विन २०७३, आईतवार १३:०२

असोज १६, काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत पूर्णिमाका अवसरमा गर्दै आइएको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम यसवर्ष नगर्ने भएको छ । 

काँग्रेसले विसं २०३३ सालमा तत्कालीन पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो । 

दुःख व्यक्त 

यसैबीच, नेपाली काँग्रेसले मकवानपुरमा आज तीनजनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । साथै काँग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

हाँडीखोलाबाट हेटौँडाका लागि छुटेको बस आज हाँडीखोला–२ मकरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट