२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा सवारी दुर्घटना हुँदा ४ को मृत्यु, १ जना घाईते

२०७३, १७ आश्विन सोमबार ०५:५८

सरु शर्मा । असोज १७, परासी | नवलपरासीमा भएको छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।  नवलपरासीको रामग्राम ११ स्थित जिल्ला कारागारको अगाडी गएराति भएको सवारी दुर्घटनामा गम्भिर भएका १ जना को आज सोमबार मृत्यु भएको छ । 

गएराति भुमहीबाट परासी तर्फ आउदै गरेको लु २५ प २१ २३ नम्बरको मोटरसाईक्ल जिल्ला कारागार अगाडी  रोकीराखेको ना ५ ख १४ ६२ नम्बरको  टृक  मा ठोकिन  जादाँ मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएकोमा मोटर साईकल चालक रामग्रााम ११ जमुवाड निवासी बर्ष २५ का प्रेम राय चौधरीको आज बिहान भैरहवा मेडिकल कलेजमा मत्यु भएको जिल्ल प्रहरी कार्यालय नवपरासीले जनार्एको छ । यस्तै अर्का घाईते सरावल ६ बस्ने बर्ष २३ का सुरेश चौधरीकाृे भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको र उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ । टृक , टृक चालक र मोटर साईकल भने प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस्तै नवलपरासिको प्रतापपुर ४ स्थित ठुलो नहरको पुलमा पसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ। त्रिबेणीबाट  बर्दघाट तर्फ आउदै गरेको लु १ ख ४१७७ नम्बरको बसले प्रतापपुर ३ बस्ने १७ बर्षिय सुरज श्रेष्ठलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका श्रेष्ठको सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस्तै मध्यविन्दु नगरपालिका ४मा चोरमारा कोल्हुवा भित्री सडक खण्डमा पैदल हिडिरहेकी सोही ठाउ बस्ने ५९ वषर्की रम्भादेवी बस्याललाई लु २ त ६५,०९ नम्बरको ट्याक्टले ठक्कर दिदा नको घटना स्थमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक चोरामारा प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत दुम्किवास १मा पनि लु १ ख ६३,६६ नम्बरको ट्रकले ठक्कर दिदा एक अर्का एक जानाको मृत्यु भएको छ । मृतकको साथमा चन्द्रकान्त छत्कुली नाम,धादिङ्ग ४ चैनपुर ठेगाना ३६ वर्षको नागरिकता फेला परेकोले मृतक कै हुनसक्ने प्रहरी को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने