असोज १८, चितवन । त्रिशूली नदीमा गत असोज ९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, चितवन । त्रिशूली नदीमा गत असोज ९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिले"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरे अझै भेटिएनन्, खोजी जारी

१८ आश्विन २०७३, मंगलवार ०९:३४

असोज १८, चितवन । त्रिशूली नदीमा गत असोज ९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ ।
सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो। पाँच जनाको समूहले दुई दिनसम्म खोजीकार्य जारी राखे पनि घटनास्थल आसपासका क्षेत्रमा गाडी र मानिस नभेटेपछि फर्किएको हो ।
कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाकाअनुसार गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको हो । उनका अनुसार त्यसको पश्चिमपट्टी भने पानीको उच्च बहाव भएकाले गोताखोर जान असफल भएको थियो । गोताखोरले नदीका तल्लो फेदबाट बालुवासमेत निकालेर देखाएको उनले बताए ।
सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो । एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ। यसअघि पोखराबाट झिकाइएको तीन जना गोताखोरले पनि दुई दिनसम्म नदीमा खोजी गरे पनि उपलब्धि नभएपछि फर्किएको थियो ।
सशस्त्र प्रहरीको कुरिनटारमा रहेका १२ जनाको विशेष टोली दिनहुँ खोजीकार्यमा जुटिरहेको छ । नेपाली सेनाको गोताखोरले पनि खोजीकार्यलाई जारी राखेपनि उपलब्धि हासिल गर्न सकेको छैन। प्रहरी उपरीक्षक थापाका अनुसार कति गहिराइमा के वस्तु छ र पानीको तापक्रम कति छ भन्ने मापन गर्ने सोनार, पानीभित्र हेर्न मिल्ने क्यामरा, वस्तु तान्न मिल्ने र्याकर, हुकिङ स्टिमलगायतका उपकरण प्रयोग गरी खोजीकार्य जारी राखिएको छ ।
सशस्त्र प्रहरीले दुर्घटनास्थलदेखि नवलपरासीको सुस्तासम्म ठाउँठाउँमा फरक फरक समूह बनाइ खोजीकार्य जारी राखेको उनले बताए । सुस्ता, त्रिवेणी, बेल्डिया, नारायणी नदीको पुल, देवघाट, घुमाउने, जलबीरे, मुग्लिन र दुर्घटनास्थल नजिकका सशस्त्र प्रहरीका युनिट मार्फत खोजीकार्य जारी रहेको उनले बताए ।
नेपाल प्रहरीले पनि आफ्ना इकाई मार्फत नदीका ठाउँठाउँमा खोजी जारी राखेको छ । नेपाली सेना पनि आफ्नै किसिमबाट खोजी कार्यमा जुटिरहेको छ । यसैबीच केही दिनअघि घिमिरे चढेको गाडी हुनसक्ने भनी गरिएको खोजी कार्यमा यसअघि खसेको ट्रकका केही सामान फेला परेका छन् । प्रहरी उपरीक्षक थापाले सो ठाउँमा सानो गाडी नभएको प्रष्ट भएको बताए । उनले ट्रकको साइलेन्सर पाइप, ट्रकका विभिन्न भागका केही अंश मात्र भेटिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का