१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

१९ आश्विन २०७३, बुधबार ११:२९

असोज १८, चितवन । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकी छिन् ।

जनही एक हजार डलर अर्थात् झन्डै एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनलाई प्रदान गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले जानकारी दिए ।

नेपाल र भारतका दुई दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक एक जना गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वल्र्ड समिट फाउन्डेसनले जनाएको छ ।

आफूले नोमिनेसन गराएर पठाएका महिलाले पुरस्कार पाउँदा निक्कै खुसी लागेको डङ्गोलले प्रतिक्रिया दिइन् । उनका अनुसार नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ ।

सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारवाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

‘असोज १५ गते राति पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन, भरतपुर स्याउलीबजारकी तुलसा ज्ञवालीले हर्षित हुँदै भने, यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ ।’ घरमा निस्कने फोहरलाई उनी अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आएकी छिन् ।

तुलसाका श्रीमान् कपिल ज्ञवाली भन्छन्, ‘सम्मान आफैँमा गहु्रँगो चिज हो, यसले काम गर्नमा थप प्रेरणा, कर्तव्य र जिम्मेवारी महसुस गराएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का