असोज १९, काठमाडौँ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । 

असोज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९, काठमाडौँ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । 

असोज "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँ मनाउन ५ दिनमा दश लाखले छाडे उपत्यका

१९ आश्विन २०७३, बुधबार १३:११

असोज १९, काठमाडौँ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । 

असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले राससलाई जानकारी दिए । 

“थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ, यात्रुबाहक सवारी, जीपलगायत ठूला सवारी नै १० हजार नाघेका छन्, यसमा मोटरसाइकलको अभिलेख छैन”–उनले भने । 

उपत्यका बाहिरिने यात्रुले भने सहज रुपमा सवारी पाउन नसकेको गुनासो गरेका छन् । दाङ जाने टिकटका लागि पटक–पटक प्रयास गर्दा पनि नपाएपछि यस वर्ष दसैँमा घर जान पाउने/ नपाउने टुङ्गो नलागेको यात्रु श्याम घिमिरेको गुनासो छ ।

सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले ग्यारेजमा थन्किएका सवारी सञ्चालन गर्ने सहमति जनाए पनि सवारी पाउन नसकिएको यात्रुको गुनासो छ । 

यातायात व्यवसायीले अन्य सवारी चलाउन पनि नदिने आफ्ना सवारी पनि नचलाएर दुःख दिने गरेको यात्रु घिमिरेको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला भने सडक जीर्ण भएर सवारी जाममा परेकाले यात्रुले दुःख पाएको बताउछन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का