२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लामिटारमा ६ गतेबाट महायज्ञ

२६ पुष २०७२, आईतवार १३:१०

पुस २६, मकवानपुर
मकवानपुरको हाँडीखोला–६ लामिटारमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।
श्रीकृष्ण भगवानको मन्दिर स्थापना एवम् अन्य भौतिक संरचना निर्मँणको उद्देश्यले यहि माघ ६ गतेबाट
महायज्ञ सञ्चालन हुन लागेको हो । शनिबार भएको स्थानीयहरुको भेलाले महायज्ञ सञ्चालनको निम्ति मूल समारोह
समिति समेत गठन गरेको छ ।

स्थानीय रामकृष्ण शाही ठकुरी संयोजक
रहेको १७ सदस्यीय मूल समारोह समिति गठन भएको हो । ‘हामी स्थानीयबासिन्दा कै सकृयतामा तिहारमा द्यौसीभैलो
खेलेको पैसा र विभिन्न व्यक्तिबाट संकलन गरिएको एकलाख ८७ हजार रुपैंयाबाट कोटेश्वर महादेव र
पञ्चकन्यादेवी माईको मन्दिर निर्माण ग¥यौँ’, उनले भने, ‘दुईवटा मन्दिर भएकै स्थानमा कृष्ण भगवानको
मन्दिर निर्माण गर्ने र सत्तललगायतका आवश्यक संरचना निर्माणका लागि सप्ताह आयोजना गर्ने निर्णय गरिएको
हो ।’ १४ गतेसम्म सञ्चालन हुने सप्ताहको ६ गते उद्घाटन एवम् कलशयात्रा हुनेछ ।

सप्ताह सञ्चालनको निम्ति गठित मूल समारोह समितिको उपाध्यक्षमा कृष्णबहादुर थिङ, सचिवमा
कमल गौतम, कोषाध्यक्षमा ओमप्रसाद चौलागाईं र सदस्यमा केशव खतिवडा, गोपालबिक्रम राणा, श्याम कार्कीलगायत
रहेका छन् । सप्ताहमा पण्डित नवराज धितालले कथा वाचन गर्ने मूल समारोह समिति कोषाध्यक्ष ओमप्रसाद
चौलागाईंले जानकारी दिए ।

लामिटारको दमारटोलमा रहेको खाली
जग्गालाई धार्मिक क्षेत्र बनाउने उद्देश्यका साथ स्थानीयबासीले सकृयता बढाइरहेका छन् । केही दिन अघि
मात्र कोटेश्वर महादेव र पञ्चकन्यादेवी माईको मन्दिर निर्माण पश्चात उद्घाटन समेत गरिसकेका उनीहरुले
अन्य कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ