१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उद्योगबाटै ६ हजार सिलिण्डर ग्यास गायब

२९ पुष २०७२, बुधबार १२:०१

पुस २९, मकवानपुर / नाकाबन्दीपछिको झण्डै चार
महिनाको अवधिमा हेटौडा बसामाडीमा रहेको सहारा ग्यास उद्योगबाट ६ हजार ३ सय वटा आधा भरिएका सिलिण्डर
हराएका छन् । उद्योगमा नाकाबन्दीपछी अहिलेसम्म १५ बुलेट ग्यास भित्रिएको छ । १५ बुलेट ग्यासबाट आधा
सिलिण्डर ग्यास ३७ हजार ५ सय वटामा भर्न पुग्छ ।

तर कम्पनीले
जम्मा ३१ हजार ५ सय वटा आधा भरिएका सिलिण्डर बिक्री गरेको छ । बाँकी ६ हजार सिलिण्डर कम्पनीमा पनि
नरहेको र बजारमा पनि पठाएको नपाइएकाले उसले ती सिलिण्डर कालोबजारी गरेको आशंका गरिएको हो ।ग्यासको अभाव
हुँदा दाउरा बालेर खाना बनाउन बाध्य भएको बेलामा उद्योगले कालोबजारीमा ग्यास बिक्री गरेको भन्दै
उपभोक्ताले बिरोध गरेका छन् ।

सहारा ग्यास उद्योगका म्यानेजर
सुदिप घिमिरेले भने आफ्नो कम्पनीमा १५ वटा बुलेट भित्रिएको र त्यो ग्यास ३७ हजार ५ सय वटा सिलिण्डरमा
आधा भरेर बजारमा पठाएको दावी गर्नुभयो । घिमिरेले कालो बजारी नगरेको दावी गरेपनि कम्पनीले प्रहरी र
स्थानीय प्रशासनलाई ग्यास वितरण बारे दिएको तथ्यांक अनुसार अहिलेसम्म ३१ हजार ५ सय सिलिण्डर मात्र
बिक्री भएको देखिएको छ ।

तर घिमिरेले उद्योगबाट मकवानपुर र
बाहिरी जिल्लामा ग्यास वितरण भएको तथ्याङक भने तीन पटक माग्दा तीन थरी दिनुभएको छ । उद्योगमा ग्यासका
सिलीण्डर पनि छैनन् र बुलेट पनि खाली भइसक्दा ६ हजार भन्दा बढी ग्यासका सिलिण्डर कालो बजारी भएको
मकवानपुरका बासिन्दा र सहारा ग्यासका डिलरहरुको पनि आशंका छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी
रामप्रसाद थपलियाले उद्योगले कालोबजारीमा ग्यास बेचेको पाइए कारवाही गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव