१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा कहिले आए मान्छे ?

४ फाल्गुन २०८०, शुक्रबार १०:५२

फागुन ४, पोखरा | नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन् । कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ ।

युरोपेली देश नेदरल्यान्डमा जन्मिएका जर्ज भ्यान ड्रिम नेपालमा आफ्नो परिचयले भन्दा पनि ‘सुरेश दाइ’ नामले परिचित छन् । पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा उनी नेपालमा छन् । भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोटबर्मेलीहरु १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए ।

यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाभास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आए भन्ने तथ्य प्रमाणि गर्न डीएनए नै परीक्षण गर्नुपर्ने बताए । ‘तर, अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरु १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने ।


भोट बर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने ड्रिम सुनाउँछन् । ‘यो भनेको धौलागिरी देखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ । कुनैकुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन् । 

हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वी हिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ । भाषाको बनोटको अर्को मूलस्रोतका रुपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको भनाइ छ । ५ वर्षअगाडि यो क्षेत्रमा आएका उनीहरुको आनुवांशिकता भारतबाटै सुरु भएको देखिने उनले बताए । 

‘उनीहरु लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन् । तर, उनीहरुको आनुवंशिकता इन्डियाबाटै सुरु भएको देखिन्छ’, ड्रिमले भने, ‘फेरि युरोप गएर फेरि भारतमै आएको देखिन्छ ।’ नेदरल्यान्डका भ्यान ड्रिम भारतीय उपमहाद्विपमा बढी चर्चित छन् । यो भूगोलमा उनी आफ्नो वास्तविक नामभन्दा पनि बढी ‘सुरेश दाइ’ले परिचित छन् ।

‘सुरेश दाइ’ भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । त्यसैले उनी पछिल्लो समय आफ्नो देशभन्दा पनि बढी समय नेपालमै बिताइरहेका छन् ।

नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनै सुरेश दाइले किराती समुदायको मुख्य भाषा ‘लिम्बु भाषा’ माथि पनि अ ग्रामर अफ लिम्बु कृति पनि प्रकाशन गरेका छन् ।  त्यसबाहेक उनको द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ