२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका माझी दम्पतिको टहरामा वास

३ कार्तिक २०७३, बुधबार ०८:२१

असोज ३, बागलुङ । कालीगण्डकी किनारस्थित उजाड बगर छेउमा रहेको सानो टहरा, निहुरिएर भित्र छिडनुपर्ने वाध्यता, सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सर–सामान र दुःखजिलो गरी सुत्ने ओछ्याउन । 

६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया चन्द्रकुमारी माझी विगत डेढ वर्षदेखि सोही टहरामा दैनिकी गुजारिरहेका छन् । 

घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्रस्थित मालढुङ्गामा बस्ने माझी दम्पति आफ्नै थलोमा पनि ‘शरणार्थी’ झैं जिवन विताइरहेका छन् । चाडवाडको याममा पनि उनीहरुको मुहारमा कुनै उमङ्ग छैन । ‘बिहान, बेलुका छाक टार्ने चिन्ता छ’ भीमबहादुरले भन्नुभयो’। 

मालढुङ्गा–बेनी सडक खण्डको माथिबाट खसेको पहिरोले माझीको घरवास पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले भनिन् – आफ्नो यो हालत हुँदा पनि कसैले हेरेको छैन् । उहाँका दुई छोरा र दुई छोरी छन् । दुबै छोरा अलग्गै घरमा बस्दै आएका छन् भने दुबै छोरीको विवाह भइसकेका छन् । बूढेसकालमा परिवारबाट एक्लिएका माझी दम्पतिको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा हो । 

‘बालुवा, गिटीको काम गरेर छाक टार्दै आएका छौं, हामीलाई कसैले सहयोग गरेको छैन’ चन्द्रकुमारीले भनिन् – ‘हामी पुरानै बासमा फर्कन चाहान्छौँं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’ 

त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्ताँैंदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो व्यक्त गरेका छन् । 

छिटपुट राहात पाए पनि पहिरोबाट विस्थापितको पुर्नवास र व्यवस्थापनमा कसैले ध्यान नदिएको गुणासो भीमबहादुरका छोरा यामबहादुर माझीको छ । यामबहादुर र उहाँका भाइ अइन्द्रबहादुरले भने चालक पेसा गरेर जीविका चलाउँदै आएका छन् । 

‘गर्ने उमेरसम्म छुट्टै बस्ने इच्छा भएपछि बुबाआमा अलग्गै हुनुहुन्छ’ यामबहादुर भन्छन्– ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आइपुग्यो ।’ घरमा भएको अलिअलि सम्पत्ति पनि पहिरोले पुरेपछि माझी दम्पतिको अवस्था झन् कहालीलाग्दो बनेको छ । 

बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन लगायतका क्षेत्रमा राज्यको सहयोगको अपेक्षा गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव