कात्तिक ५, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ ।&nb"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी सम्पत्तिमा कर्मचारीको मनपरी, सिलप्याक सामान नै लिलामीमा

५ कार्तिक २०७३, शुक्रबार ०८:१५


कात्तिक ५, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ । 

अस्पतालका भण्डारण शाखाप्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा एक सय १२ थान उपकरण रु २६ हजार पाँच सयमा लिलाम गरेको खुलासा भएपछि संलग्न कर्मचारीलाई कारबाहीका लागि छानबिन सुरु गरिएको हो । अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री गत फागुनमै लिलाम बिक्री गरेको खुलासा भएपछि स्वास्थ्य सेवा विभागका तीन सदस्यीय टोली छानबिनका लागि खोटाङ आएको छ । 

विभागका उपसचिव बाबुराम लामिछानेको नेतृत्वमा आइटी इन्जिनियर पङ्कजकुमार झा र लेखा अधिकृत सीताराम दुलाल लिलाम प्रकरणबारे छानबिन गर्न खोटाङ आएका हुन् । 

विभागबाट आएको टोली र जिल्ला प्रशासन कार्यालय खोटाङले लिलाममा परेका उपकरण सिलबन्दी गरेर राखिएको ठाउँ पुगेर बिहीबार स्थलगत अनुसन्धान गरेको छ । सोही विषयलाई लिएर शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल भएको छ । 

लिलाममा परेका कतिपय उपकरण सिलप्याक नै नतोडिएको फेला परेको अनुसन्धानमा खटिनुभएका प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले बताउनुभयो । “सिलप्याक नतोडिएका कतिपय सामाग्री जफत गरिएको छ ।” उहाँले भन्नुभयो, “यस विषयमा हामीले गम्भीर भएर छानबिन थालेका छौँ ।” 

अस्पतालले कवाडी भनेर लिलाम गरेको सबै उपकरण मर्मत गरेर प्रयोगमा ल्याउन सकिने स्रोतले बताएको छ । अस्पताल विकास समितिलाई समेत जानकारी नगराई करोडौँको उपकरण कवाडीको भाउमा बिक्री गरेको खुलासा भएपछि जिल्लामा विरोध सुरु भएको हो । 

कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि सूचना टाँस गरेको पाइएको छ । सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरिएको विषयमा कसैलाई पनि जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको हो । 

अस्पतालले चार थान प्रिन्टर क्यानल, सातवटा कम्प्युटर डेस्कटप, दुई थान फ्याक्स मेसिन, दुईवटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, आठवटा स्टेप्लाइजर, एक थान फलामे सेफ, दुई थान यसिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुईवटा कम्प्युटर टेबल, दुई थान कम्प्युटर कुर्सी, दुई थान कलर टेलिभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एकवटा पेसेन्ट ट्रली, एकवटा ह्विल चियर, चार थान इसिजी मेसिन, चारवटा एक्स–रे मेसिन, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामान लिलाम बिक्री गरेको पाइएको छ । 

अस्पताल विकास समितिका सदस्य ज्ञानेन्द्र जोशीले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा समितिलाई कुनै जानकारी नदिइएको बताउनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता