कात्तिक ७, म्याग्दी । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ । 

बेनपा–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, म्याग्दी । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ । 

बेनपा–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाउन"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन

७ कार्तिक २०७३, आईतवार ०२:५७


कात्तिक ७, म्याग्दी । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ । 

बेनपा–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाउने भेटी शालग्राम गण्डकी वेद विद्याश्रम सञ्चालनमा परिचालन गरिएको हो । विद्यालय सञ्चालनका लागि मासिक ५० हजार रुपैयाँ खर्च हुने गरेको छ । शिक्षकको तलब, विद्यार्थीलाई निःशुल्क छात्रावास, पोसाक र भोजनका लागि आवश्यक पर्ने रकम भेटीबाट व्यवस्थापन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । 

विद्याश्रममा संस्कृतसहित अङ्ग्रेजीलगायत अन्य पाठ्यक्रम तथा विषयको समेत पठनपाठन हुने गरेको छ । हाल म्याग्दी, पर्वत, कास्की, मुगु, कालीकोट र रामेछापका १५ जना विद्यार्थी अध्ययनरत छन् भने तीन जना शिक्षक कार्यरत छन् । 

पहिरोपीडितलाई डेढ लाख सहयोग 

यसैगरी, म्याग्दीको भकिम्ली–९ तोराखेतका पहिरोपीडितलाई भकिम्ली बरञ्जा युके समाजले शनिबार डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद रेशमबहादुर बानिया, समाजका अध्यक्ष खड्गबहादुर रोका र उपशाखा सभापति दुर्गाराम सुवेदीले पहिरोपीडितलाई सहयोग वितरण गर्नुभएको हो । 

बेलायतमा बसोबास गर्दै आएका भकिम्ली र बरञ्जाका ४४ जनाले सङ्कलन गरेर पठाएको एक लाख ५३ हजार छ सय रुपैयाँ पहिरोका कारण विस्थापित १६ घरपरिवारलाई नौ हजार छ सय रुपैयाँका दरले वितरण गरिएको थियो । 

कार्यक्रममा सांसद बानियाले तोराखेतको पहिरो तत्काल रोकथामको सम्भावना नभएकाले पुनर्वासका लागि पहल गरिरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता