दान बहादुर बुढा | कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उन्मुलन गर्नको लागि मुगुमा धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उन्मुलन गर्नको लागि मुगुमा धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेका छन् ।&nb"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउपडी हटाउन मुगुमा धामीझाक्रीहरुद्वारा अभियान सुरु

९ कार्तिक २०७३, मंगलवार ०२:२२


दान बहादुर बुढा | कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उन्मुलन गर्नको लागि मुगुमा धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेका छन् । 

सन् २०२१ सम्म मुगुलाई छाउपडि मुक्त जिल्ला घोषणा गर्ने उध्यश्यले हिजोआज मुगुमा बिशेषगरी ग्रामीण बस्ती टोल-टोल र सदरमुकाम गमगढी बजारमा कुप्रथाको रुपमा मानिएको छाउपडी हटाउनको लागी धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेको जानकारी जिल्ला छाउपडी न्यूनीकरण समितिका अध्क्षय तथा निमित्त स्थिानिय बिकास अधिकारी खड्क राज मल्लले बताएका छन् ।

नेपालको सुदुर पश्चिममा अञ्चल र मध्यपश्चिमाञ्चलमा बिषेश गरी कुप्रथाको रुपमा जरो गाडेको छाउपडी प्रथाले  गर्दा महिला, किशोरीहरु ४ दिन देखी ७ दिन सम्म छाउ भएको बेला छुट्टै गोठमा ओडारमा बस्ने पशु भन्दा तल्लो दर्जामा राख्ने, खानेकुराहरु दुध-दही-माछा-मासु, लगायत पोषिलो भिटामीन युक्त खानेकुरा नदीने घरभित्र राख्दा देबी-देउता रिसाउने दुध-दही खाँदा गाई-भैसी बहुलाउने, छाउ भएको बेला तरकारी बारी, फलफुल बारीका काम गर्न जादा छुई हुने तरकारी फलफुल कुहिने जस्ता कुप्रथालाई हटाउनको लागि हामी धामीहरु अग्रसर भएका छौ, छाउ भनेको कुनै ठूलो कुरा रहेनछ, यो एउटा फुल रहेछ, फुल फुल्छ झर्छ, तेस्तै महिलामा उत्पन्न हुने फुल रहेछ, सबै भन्दा सरसफाई गर्नु पर्ने रहेछ, मैले आफ्नो घरभित्र आफ्नी श्रीमती र छोरी घर भित्र बसाल्छु, कुनै असर भएको छैन । पिना गाबिसका धामी तिर्थ भामले बताएका छन् ।


हिजोआज जिल्लामा नेपाल सरकारको अन्तरिम संबिधान ०६४ को छाउपडी प्रथा उन्मुलन निर्देशिका अनुसार  जिल्लामा जिल्लास्तरीय समितिले जिल्लाका केही गाबिसमा अनुगमन गर्दा यो कुप्रथा हटाउनको लागी बिगतका बर्षहरु भन्दा धेरै परीबर्तन भएको पाईएको अनुगमन टोलीका सदस्य तथा पत्रकार महाँसघ शाखा मुगुका अध्यक्ष सुनम मल्लले बताएका छन् । 

छाउ वा गर्ववती भएको बेला महिलाहरुले धार्मिक स्थान मठ मन्दीर, धारा, कुवा, बिद्यालय, घरको दोस्रो र तेस्रो तल्लामा नजाने, छाउ भएको बेला बिद्यालयमा पढ्न नजाने, खाना, पानि, लत्ता कपडा लगाएत अन्य सामानहरु छुट्टै दिने जस्ता कुप्रथा हटाउनको लागी काम गर्दै आएको हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र मुगुले मध्यपश्चिम अञ्चलको पहिले छाउपडी मुक्त मुगु जिल्लाको रोवा गाबिसको ७ नम्बर वडा रहेको शोभा गाँउलाई २०६९ साल घोषणा गरेको थियो भने केही दिनमा मुगुको कार्कीबाडा गाबिसको ६ र ९ वडामा छाउपडी वडा घोषणा गर्न लागेको संघका अध्यक्ष मिन रापलले बताएका छन् । रावतका अनुसार जिल्लाको अन्य गाबिसमा बिगतका बर्षहरु भन्दा आजभोली छाउपडी प्रथा कम हुँदै गएको समेत बताएका छन् ।


छाउपडी प्रथा उन्मुलन गर्नको लागी जिल्लामा रहेका आधा दर्जन संघ-सस्थाहरु सरकारी निकाय बिद्यार्थी, शिक्षक, पत्रकार, स्थानिय बृद्घिजिबी, धामिझाक्री, लगायतका ब्यातिहरुको सकृय रुपमा लागेको देखिन्छ । मुगु जिल्लाको २४ गाबिस मध्य मुगुको करान भेगमा रहेका ५ गाबिसमा बस्ने जनजाति बस्तीहरुले छाउपडी प्रथा नमान्ने गरिएको देखिएको छ भने अन्य १९ गाबिसमा ब्यापक रुपमा छाउपडी प्रथा बिभिन्न जनचेतनाका कार्यक्रमहरुले गर्दा हिजोआज छाउपडि प्रथा कम भएको महिला बिकास कार्यालयका निमित्त प्रमुख धान्ने बुढाले बताउछन ।

छाउपडी कुप्रथा हटाउनको लागी सबै भन्दा पहीले शिक्षा, जनचेतना मुलक नाटक पोष्टर पम्पलेट, सडक नाटक, तालिम, गोष्टी जस्ता कार्याक्रमहरुलाई प्राथमिकता दिंदै छाउपडी प्रथा हटाउने अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य