दान बहादुर बुढा | कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उन्मुलन गर्नको लागि मुगुमा धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उन्मुलन गर्नको लागि मुगुमा धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेका छन् ।&nb"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउपडी हटाउन मुगुमा धामीझाक्रीहरुद्वारा अभियान सुरु

२०७३, ९ कार्तिक मंगलवार ०२:२२


दान बहादुर बुढा | कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उन्मुलन गर्नको लागि मुगुमा धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेका छन् । 

सन् २०२१ सम्म मुगुलाई छाउपडि मुक्त जिल्ला घोषणा गर्ने उध्यश्यले हिजोआज मुगुमा बिशेषगरी ग्रामीण बस्ती टोल-टोल र सदरमुकाम गमगढी बजारमा कुप्रथाको रुपमा मानिएको छाउपडी हटाउनको लागी धामीझाक्रीहरुले आफ्नै घरबाट अभियान सुरु गरेको जानकारी जिल्ला छाउपडी न्यूनीकरण समितिका अध्क्षय तथा निमित्त स्थिानिय बिकास अधिकारी खड्क राज मल्लले बताएका छन् ।

नेपालको सुदुर पश्चिममा अञ्चल र मध्यपश्चिमाञ्चलमा बिषेश गरी कुप्रथाको रुपमा जरो गाडेको छाउपडी प्रथाले  गर्दा महिला, किशोरीहरु ४ दिन देखी ७ दिन सम्म छाउ भएको बेला छुट्टै गोठमा ओडारमा बस्ने पशु भन्दा तल्लो दर्जामा राख्ने, खानेकुराहरु दुध-दही-माछा-मासु, लगायत पोषिलो भिटामीन युक्त खानेकुरा नदीने घरभित्र राख्दा देबी-देउता रिसाउने दुध-दही खाँदा गाई-भैसी बहुलाउने, छाउ भएको बेला तरकारी बारी, फलफुल बारीका काम गर्न जादा छुई हुने तरकारी फलफुल कुहिने जस्ता कुप्रथालाई हटाउनको लागि हामी धामीहरु अग्रसर भएका छौ, छाउ भनेको कुनै ठूलो कुरा रहेनछ, यो एउटा फुल रहेछ, फुल फुल्छ झर्छ, तेस्तै महिलामा उत्पन्न हुने फुल रहेछ, सबै भन्दा सरसफाई गर्नु पर्ने रहेछ, मैले आफ्नो घरभित्र आफ्नी श्रीमती र छोरी घर भित्र बसाल्छु, कुनै असर भएको छैन । पिना गाबिसका धामी तिर्थ भामले बताएका छन् ।


हिजोआज जिल्लामा नेपाल सरकारको अन्तरिम संबिधान ०६४ को छाउपडी प्रथा उन्मुलन निर्देशिका अनुसार  जिल्लामा जिल्लास्तरीय समितिले जिल्लाका केही गाबिसमा अनुगमन गर्दा यो कुप्रथा हटाउनको लागी बिगतका बर्षहरु भन्दा धेरै परीबर्तन भएको पाईएको अनुगमन टोलीका सदस्य तथा पत्रकार महाँसघ शाखा मुगुका अध्यक्ष सुनम मल्लले बताएका छन् । 

छाउ वा गर्ववती भएको बेला महिलाहरुले धार्मिक स्थान मठ मन्दीर, धारा, कुवा, बिद्यालय, घरको दोस्रो र तेस्रो तल्लामा नजाने, छाउ भएको बेला बिद्यालयमा पढ्न नजाने, खाना, पानि, लत्ता कपडा लगाएत अन्य सामानहरु छुट्टै दिने जस्ता कुप्रथा हटाउनको लागी काम गर्दै आएको हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र मुगुले मध्यपश्चिम अञ्चलको पहिले छाउपडी मुक्त मुगु जिल्लाको रोवा गाबिसको ७ नम्बर वडा रहेको शोभा गाँउलाई २०६९ साल घोषणा गरेको थियो भने केही दिनमा मुगुको कार्कीबाडा गाबिसको ६ र ९ वडामा छाउपडी वडा घोषणा गर्न लागेको संघका अध्यक्ष मिन रापलले बताएका छन् । रावतका अनुसार जिल्लाको अन्य गाबिसमा बिगतका बर्षहरु भन्दा आजभोली छाउपडी प्रथा कम हुँदै गएको समेत बताएका छन् ।


छाउपडी प्रथा उन्मुलन गर्नको लागी जिल्लामा रहेका आधा दर्जन संघ-सस्थाहरु सरकारी निकाय बिद्यार्थी, शिक्षक, पत्रकार, स्थानिय बृद्घिजिबी, धामिझाक्री, लगायतका ब्यातिहरुको सकृय रुपमा लागेको देखिन्छ । मुगु जिल्लाको २४ गाबिस मध्य मुगुको करान भेगमा रहेका ५ गाबिसमा बस्ने जनजाति बस्तीहरुले छाउपडी प्रथा नमान्ने गरिएको देखिएको छ भने अन्य १९ गाबिसमा ब्यापक रुपमा छाउपडी प्रथा बिभिन्न जनचेतनाका कार्यक्रमहरुले गर्दा हिजोआज छाउपडि प्रथा कम भएको महिला बिकास कार्यालयका निमित्त प्रमुख धान्ने बुढाले बताउछन ।

छाउपडी कुप्रथा हटाउनको लागी सबै भन्दा पहीले शिक्षा, जनचेतना मुलक नाटक पोष्टर पम्पलेट, सडक नाटक, तालिम, गोष्टी जस्ता कार्याक्रमहरुलाई प्राथमिकता दिंदै छाउपडी प्रथा हटाउने अभियान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने