२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भैरहवामा तीन किलोमिटर लामो ‘अर्वान रनवे’ तयार, आकस्मिक ल्याण्ड गर्न सकिने

२०७३, ९ कार्तिक मंगलवार ०७:५१

कात्तिक ९, काठमाडौं | भैरहवामा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो 'अर्वन रनवे' तयार भएपछि आपतकालिन अवस्था आईपरे आकस्मिक अवतरण गर्न मिल्ने भएको छ । माटो 'कम्प्रेसन' गरी बनाइने 'सबग्रेड लेबल' तयार भइसकेको कारण आपत परेका बिमानहरु उक्त बिमानस्थलमा अवतरण गरिन् सकिनेछ ।

माटोको काम लगभग सकिएको कारण प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिने योजना छ । निर्माण अधिकारीहरुको अनुसार बिमानस्थलको रनवे केहि समयमै सकिनेछ भने निर्माणको लाग्भाग आधा काम छिट्टै सम्पन्न हुँदैछ । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडाईमा बन्दैछ । उक्त बिमान स्थलमा हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया समेत बनाइएको छ ।

बिमान स्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन पनि निर्माणकै चरणमा छ । त्यस्तै बिमान स्थलको कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणको काम पनि जारी छ । त्यस्तै रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बनाउने योजना छ । पहिलेको गुरुयोजना अनुसार 'एरो ब्रिज' बनाउने डिजाइन नगरिएपनि निर्माणकार्य सुरु भएपछि 'एरो ब्रिज' बनाउने निर्णय गरिएकोले अब 'एरो ब्रिज' सहितको नयाँ टर्मिनल भवन बनाइनेछ ।

विमानस्थल निर्माण अधिकारीहरुको अनुसार बिमान स्थल २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य भएपनि भूकम्प र तराई आन्दोलनका कारण ६ महिना पछि सम्पन्न हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल