कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो । 

त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो । 

त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालब"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

पुल अभावले बालबालीकाको पठन पाठन प्रभावित

२०७३, १० कार्तिक बुधबार ०९:१०

कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो । 

त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालबालीका विद्यालय जाने गर्दछन् । विद्यार्थीहरु डर चिन्ता र त्रासबाट सधै मुक्त हुन आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको पठन पाठनमा थप सहजता आउछ । 

भोजपुर जिल्लाको उत्तरी देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालीकामा भने फरक पना छ । उनीहरुका लागी आफुले पठन पाठन गर्ने विद्यालयको दुरी घरबाट जम्मा ५०० मिटरमा रहेको छ । तर देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालीकाका लागी संखुवासभा र भोजपुरको सिमाना भएर बग्ने अरुण नदी बाधक बनेको छ । जसका अलवा घण्टौ पैदल हिडेर डुङ्गाको जोखिमयुक्त प्रयोगले विद्यालय पुग्नुपर्ने बाध्यता छ ।

देउरालीबाट अध्ययनका लागी संखुवासभाको तुम्लिङ्टारमा अवस्थित मनकामना उच्चमावीमा र्दुइ कक्षामा अध्ययन गर्ने एलिसा कार्की घरबाट बिहान ७ बजे अध्ययनका लागी निस्कन्छीन् । टिफिन बट्टामा खाना र खाजा सहित आफ्नो वजन बराबरको झोला बोकेर ३ घण्टाको पैदल बाटो हुदै जोखिमयुक्त डुङ्गाको प्रयोगले विद्यालय पुग्छीन । उनी त्यस क्षेत्रकी एक प्रतिनिधि मुलक पात्र मात्रैहुन । उनी र उनीभन्दा साना साना बालबालीका यसैगरि दिनहुँ घण्टौ लगाएर तुम्लिङ्टार पुग्ने गर्दछन् ।

भोजपुरको उत्तरी देउराली गाविसको तुर्के, अर्चले, षडानन्द नगरपालीकाको बट्टार, मथेटार, कुमालगाँउ, भोटेगाउँ, लम्छुवा लगाएतका बालबालीको नजिकको विद्यालय भनेको तिन घण्टाको दुरीमा पर्ने संखुवासभाको तुम्लिङ्टार नै हो । एलिसा कार्की उमेरले ७ बर्षकि भईन । 

उनले आफु सधै घरबाट ७ बजे विद्यालयका लागी हिड्ने गरेको बताईन । उनले भनीन ‘हिउँदमा अरुण नदीमा नाउ लाग्छ ८ बजे हिड्छौ तर बर्खायाममा नाउ लाग्न नसक्ने हुदाँ विद्यालय समयमा पुग्न सकिदैन त्यसैले ७ बजे हिड्छौं ।’ उनले थपिन ‘अरुण नदीमा पुल नहुदा जहिलै डुङ्गाको भरमा हिड्नु पर्छ त्यस बेला सबै होस हराउछ । पढेको सबै बिर्सिन्छ विद्यालय पुग्दा सरहरुको पिटाई खाईन्छ ।’

विद्यार्थीले आफ्नो अधिकांस समय पठन पाठनमा विताउने हो । तर भोजपुरको उत्तरी देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालीका लागी कहिल्यै पढ्ने समय मिलेन । षडानन्द नगरपालीका ४ बट्टारका बिकास बिकास लम्साल पनि तुम्लिङ्टारमा रहेको गोल्डेन स्टार ईङ्लिस स्कूलमा अध्ययन गर्छन । 

उनी भन्छन् विद्यालय पुग्न धेरै घुम्नुपर्ने हुदाँ पढ्ने समयको छैन । विद्यालयमा सरले जति पढाउनु हुन्छ त्यसकै भरमा चलिरहेका छौं । कतिखेर विद्यालय पुग्ने समयमा पुिगन्छकी पुगिदैन चिन्ताले पढेको पनि सबै बाटैमा बिर्सने गरेको लम्सालले दुखेसो गरे ।

यातायाका साधन चलेका छन् तर अरुण नदीमा पुल छैन् । बन्दै गरेको पुल पनि अलपत्र भएपछि विद्यार्थीका लागि समस्या परेको स्थानीय बुद्धिजिबि चक्र बस्नेत बताउछन् । उनले पुल तत्काल बने विद्यार्थीका लागी जम्मा विद्यालय पुग्न ३० मिनेटको समय मात्र लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन