कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो । 

त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो । 

त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालब"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

पुल अभावले बालबालीकाको पठन पाठन प्रभावित

१० कार्तिक २०७३, बुधबार ०९:१०

कात्तिक १०, संखुवासभा । विद्यालय भनेको बालबालीकाको शिक्षा लिने थलो हो । 

त्यहि विद्यालयमा अध्ययन गरेर भबिष्यका कर्णधारण बन्ने सपना बोकेर बालबालीका विद्यालय जाने गर्दछन् । विद्यार्थीहरु डर चिन्ता र त्रासबाट सधै मुक्त हुन आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको पठन पाठनमा थप सहजता आउछ । 

भोजपुर जिल्लाको उत्तरी देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालीकामा भने फरक पना छ । उनीहरुका लागी आफुले पठन पाठन गर्ने विद्यालयको दुरी घरबाट जम्मा ५०० मिटरमा रहेको छ । तर देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालीकाका लागी संखुवासभा र भोजपुरको सिमाना भएर बग्ने अरुण नदी बाधक बनेको छ । जसका अलवा घण्टौ पैदल हिडेर डुङ्गाको जोखिमयुक्त प्रयोगले विद्यालय पुग्नुपर्ने बाध्यता छ ।

देउरालीबाट अध्ययनका लागी संखुवासभाको तुम्लिङ्टारमा अवस्थित मनकामना उच्चमावीमा र्दुइ कक्षामा अध्ययन गर्ने एलिसा कार्की घरबाट बिहान ७ बजे अध्ययनका लागी निस्कन्छीन् । टिफिन बट्टामा खाना र खाजा सहित आफ्नो वजन बराबरको झोला बोकेर ३ घण्टाको पैदल बाटो हुदै जोखिमयुक्त डुङ्गाको प्रयोगले विद्यालय पुग्छीन । उनी त्यस क्षेत्रकी एक प्रतिनिधि मुलक पात्र मात्रैहुन । उनी र उनीभन्दा साना साना बालबालीका यसैगरि दिनहुँ घण्टौ लगाएर तुम्लिङ्टार पुग्ने गर्दछन् ।

भोजपुरको उत्तरी देउराली गाविसको तुर्के, अर्चले, षडानन्द नगरपालीकाको बट्टार, मथेटार, कुमालगाँउ, भोटेगाउँ, लम्छुवा लगाएतका बालबालीको नजिकको विद्यालय भनेको तिन घण्टाको दुरीमा पर्ने संखुवासभाको तुम्लिङ्टार नै हो । एलिसा कार्की उमेरले ७ बर्षकि भईन । 

उनले आफु सधै घरबाट ७ बजे विद्यालयका लागी हिड्ने गरेको बताईन । उनले भनीन ‘हिउँदमा अरुण नदीमा नाउ लाग्छ ८ बजे हिड्छौ तर बर्खायाममा नाउ लाग्न नसक्ने हुदाँ विद्यालय समयमा पुग्न सकिदैन त्यसैले ७ बजे हिड्छौं ।’ उनले थपिन ‘अरुण नदीमा पुल नहुदा जहिलै डुङ्गाको भरमा हिड्नु पर्छ त्यस बेला सबै होस हराउछ । पढेको सबै बिर्सिन्छ विद्यालय पुग्दा सरहरुको पिटाई खाईन्छ ।’

विद्यार्थीले आफ्नो अधिकांस समय पठन पाठनमा विताउने हो । तर भोजपुरको उत्तरी देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालीका लागी कहिल्यै पढ्ने समय मिलेन । षडानन्द नगरपालीका ४ बट्टारका बिकास बिकास लम्साल पनि तुम्लिङ्टारमा रहेको गोल्डेन स्टार ईङ्लिस स्कूलमा अध्ययन गर्छन । 

उनी भन्छन् विद्यालय पुग्न धेरै घुम्नुपर्ने हुदाँ पढ्ने समयको छैन । विद्यालयमा सरले जति पढाउनु हुन्छ त्यसकै भरमा चलिरहेका छौं । कतिखेर विद्यालय पुग्ने समयमा पुिगन्छकी पुगिदैन चिन्ताले पढेको पनि सबै बाटैमा बिर्सने गरेको लम्सालले दुखेसो गरे ।

यातायाका साधन चलेका छन् तर अरुण नदीमा पुल छैन् । बन्दै गरेको पुल पनि अलपत्र भएपछि विद्यार्थीका लागि समस्या परेको स्थानीय बुद्धिजिबि चक्र बस्नेत बताउछन् । उनले पुल तत्काल बने विद्यार्थीका लागी जम्मा विद्यालय पुग्न ३० मिनेटको समय मात्र लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता