०७३ असार यता विभिन्न मुद्दाका फरार १० अपराधी प्रहरी फन्दामा परे । अहिले कारागारमा सजाय काटिरहेका छन् । 
  • सा"/> Sajhasabal  ०७३ असार यता विभिन्न मुद्दाका फरार १० अपराधी प्रहरी फन्दामा परे । अहिले कारागारमा सजाय काटिरहेका छन् । 
  • सा"/>
    २ कार्तिक २०८१, शुक्रबार
    ओखलढुङ्गा - OKL

    नागरिकको सेवा नै मेरो सन्तुष्टि : प्रहरी निरिक्षक साह

    १३ कार्तिक २०७३, शनिबार ०६:४३

    पूर्णप्रसाद न्यौपाने,कार्तिक १३, ओखलढुंगा । 

    •  ०७३ असार यता विभिन्न मुद्दाका फरार १० अपराधी प्रहरी फन्दामा परे । अहिले कारागारमा सजाय काटिरहेका छन् । 
    • सार्वजनिक अपराध लगायतका मुद्दामा अनुसन्धान ढिलाइहुँदा प्रतिवादी ३५ दिनसम्म हिरासतमा वस्नु पर्ने बाध्यता छैन । १५ दिनसम्म अति गम्भीर बाहेक सबै मुद्दा अदालतमा बुझाइन्छ । 
    • गिरफ्तारी तथा घटनाको अनुसन्धानबारे संचारकर्मीहरुले स्रोतले बतायो भनेर समाचार लेख्नु पर्ने बाध्यता हटेको छ ।

    माथिका केही उदाहरण जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट हुने कार्य सम्पादनका विशेषता हुन् । विगतका तुलना गर्दा केही वर्ष यताका यी उदाहरणले प्रहरीको कार्य सम्पादनमा देखिएको सुधारका संकेत हुन् । प्रहरीको कामकारवाहीमा सुधार ल्याउन  खटिने इमान्दार प्रहरी अधिकृतमध्येका एक हुन्, प्रहरी निरीक्षक दिपककुमार साह । 

    एक वर्ष पहिले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा सरुवा भइ आएका साहको अगुवाइमा फरार अभियुक्त गिरफ्तारीको अभियान प्रभावकारी भएको छ । १० जना अहिले कारागारमा सजाय काटिरहेका छन् । 
    अनुसन्धान प्रभावकारी 
    विभिन्न अपराध गरी फरारहरुलाई समाउने काममा प्रहरी निरिक्षक साहको नेतृत्वमा खटेको टोली सफल देखिएको हो । जिल्ला प्रहरीमा यस अघिका प्रहरी नायव उपरिक्षक दिपेन्द्र साह र वर्तमान प्रमुख मिलन केशीको सकृयताभन्दा कम छैन उनको सक्रियता र कार्यसम्पादन । प्रहरीका अन्य काम भन्दा अपराध अनुसन्धानमा रुची राख्ने साह जिल्ला प्रहरी कार्यालयले दायर गर्ने अधिकांश मुद्दाका सफल अनुसन्धान अधिकृत पनि हुन् । आफुले गरेका अनुसन्धान र सजायको माग दावीमा अदातलले ‘रिजेक्ट’ गरेको अनुभव नभएको उनले बताए ।  
    लैगिंक हिंसा लगायतका विषयलाई सम्वेदनशील रुपमा हेरिनु पर्ने धारणा राख्ने साहसँग श्रीमतीबाट पीडित भएर उजुरी गर्न आएका पुरुषका उजुरी हेरेका पनि अनुभव छन् । धेरैजसो पुरुषबाट महिला पीडित हुने भए पनि बैदेशिक रोजगारी आदिका लागि विदेशिएका युवाहरुका श्रीमती कमाएको रकमसहित भाग्ने समस्याबाट पीडित भएका उजुरी प्रहरी बढ्न थालेको साह बताउँछन् । 
    सवल समन्वय
    सामान्यतः पत्रकार प्रहरी सम्बन्ध खटपटपूर्ण नै हुन्छ । सुचना प्राप्ती र सम्प्रेषणको विषयमा तर, प्रनि साह संचारकर्मी तथा सरोकारवालाहरुसँग सुचना आदान प्रदानमा सफल देखिएका छन् । पत्रकार शिव ढुंगानाको भनाईलाई आधार मान्ने हो भने उनले दिनु पर्ने सुचना सहजै दिने  र प्रहरीलाई चाहिने सुचनाका लागि स्रोत स्थापित गरेकाले सबैसँग समन्वयकारी भुमिका निभाएकाले संचारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका साहलाई संचारमैत्री सुचना अधिकारीको रुपमा लिएका छन् । 
    अपराध अनुसन्धानमा हिरासतमा याताना दिएका गुनासा आइरहने गरे पनि यस्ता गुनासा आउन छोडेकाले प्रहरी अव प्रविधी मैत्री अनुसन्धान पद्धति तर्फ अघि बढेको भन्न सकिने अवस्था छ । आफुले अनुसन्धान थालेका अपराधमा छिटो अनुसन्धान पुरा गर्ने साह गणितमा स्नातक हुन् । ओभरसियर पढ्न थापाथलि इन्ज्निियरिङ कलेज पढ्न गएका साह प्रहरी सेवा आकर्षित भए । 
    ०६९ सालमा प्रहरी सहायक निरिक्षक भएर प्रहरी सेवामा प्रवेश गरेका साह ०७० सालमा प्रहरी निरीक्षकमा पास गरि सेवालाई निरन्तरता दिए । नागरिकको सेवामा सन्तुष्टि पाइने धारणा राख्ने उनी यही गतिमा कार्यसम्पादनलाई निरन्तरता दिएमा २८ वर्षे युवा भविश्यमा नेपाल प्रहरीको मुख्य पदका दावेदार पनि हुन् ।
     निरन्तरता र इमान्दारिता
    नेपाल प्रहरीमा अब्बल अधिकृत ठहरिन दक्षतासँगै इमान्दारिता मुख्य आधार हुन्, अपवाद वाहेक । इमान्दारिता, अध्ययाशिलता र दक्षताले अनुसन्धानमा काविल ठहर्याउन योगदान गर्नेमा दुईमत छैन । ओखलढुंगामा आएका अधिकांश घटनाको छानविन सफल रुपमा सम्पन्न भए पनि अझै केही अनुसन्धानरत रहेका छन् । माम्खाको कर्तव्य ज्यान होस् वा फुलबारीको हत्या या आत्महत्या के हो भन्ने विवादित मुद्दा छानविन गर्न उनी जस्ता अधिकृतको सक्रियता आवश्यक छ । यी विषयमा उनी सफल ठहरिए उनको कार्य क्षमतामाथि प्रश्न उठ्ने ठाउँ रहदैन ।

    प्रतिक्रिया दिनुहोस्

    मुख्य समाचार
    पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ