१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाहुबली–२ र पठानलाई उछिनेर स्त्री–२ ले बनायो नयाँ रेकर्ड

२४ भाद्र २०८१, सोमबार ०८:०३

भदौ २४, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री –२ः सरकते का आतङ्क’को बक्स अफिसमा जगजगी सकिएको छैन । १५ अगस्टमा रिलिज हुँदा नै फिल्मको ओपनिङ धमाकेदार थियो । फिल्मले दर्शकहरूबाट अझै पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । रिलिज भएको झन्डै एक महिना हुन लाग्दा पनि बक्स अफिसमा ‘स्त्री–२’ को पकड कायमै छ ।


अमर कौशिक निर्देशनमा बनेको यस फिल्मले आइतबार बक्स अफिसमा ‘बाहुबली–२’को हिन्दी भाषामा कमाइको कीर्तिमान तोडेको थियो । सोमबार फिल्मले नयाँ रेकर्ड बनाएको छ । ‘स्त्री–२’ले शाहरुख खानको ‘पठान’लाई पनि उछिनेको छ ।

स्याकनिल्कको रिपोर्ट अनुसार, ‘स्त्री २’ले देशभरबाट ५१६ करोड २५ लाख भारु कमाई गरेको छ । आइतबार अर्को १० करोड कलेक्सन गरेसँगै फिल्मको कुल कलेक्सन ५२७ करोड भारु पुगेको छ । यो कलेक्सन शाहरुख खान र दीपिका पादुकोणको पठानको भन्दा बढी हो । पठानले ५२४ करोड ५३ लाख भारु कमाएको थियो ।

बक्स अफिसमा ‘स्त्री–२’ लाई प्रतिस्पर्धा दिन सक्ने फिल्म आएका छैनन् । अक्षय कुमारको ‘खेल खेल में’ ‘स्त्री२’ सँगै रिलिज भएको थियो । अक्षय कुमार, तापसी पन्नु, वाणी कपुरलगायत धेरै कलाकारहरूको अभिनय रहेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । जोन अब्राहम र शर्वरी बाघको फिल्म ‘वेद’ पनि बक्स अफिसमा असफल भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का