२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आयल निगमले पेट्रोलमा इथानोल मिसाउने, किन?

२०८१, २७ भाद्र बिहीबार १२:३५

भदौ २७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउने प्रक्रिया अघि बढाएको छ। 'पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली–२०८१' अनुसार यो प्रक्रिया लागू गरिने छ। निगमले हाल मस्यौदा तयार गरी सरोकारवालासँग छलफल गरिरहेको छ।

निगमका कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टका अनुसार, यो कदम वातावरणीय असरलाई न्यूनीकरण गर्न र वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले अघि बढाइएको हो। उनले भने, "यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामी पनि अघि बढेका हौं।"

भारत र ब्राजिल जस्ता तेल उत्पादन गर्ने देशहरू पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन्। इथानोल भने अन्न वा वनस्पतीलाई 'फर्मेन्सन' गरेर बनाइने तरल पदार्थ हो। हाल नेपालमा चिनी उद्योगीहरूले मोलासिस (खुदो) प्रशोधन गरेर इथानोल उत्पादन गरिरहेका छन्, जुन बंगलादेश निर्यात हुँदै आएको छ।


निगमले चिनी उद्योगीहरूसँग छलफल गरी दैनिक ५० हजार लिटर इथानोल किन्ने प्रतिबद्धता गरेको छ। उद्योगीहरूले अहिले ९६ प्रतिशत शुद्धता भएको इथानोल उत्पादन गरिरहेका छन्, तर निगमलाई ९९.५ प्रतिशत शुद्धता भएको इथानोल चाहिन्छ। इथानोलको पानीको मात्रा ०.५ प्रतिशत मात्र हुनुपर्ने भएकोले थप प्रशोधन गरिनेछ।

भट्टले भने, "पेट्रोलमा पानी मिसाउन हुँदैन। त्यसैले ०.५ प्रतिशत मात्रै पानी भएको इथानोल चाहिन्छ। उद्योगीहरूले हाम्रो माग बमोजिम उत्पादन गर्ने बताएका छन्।" इथानोललाई थप गुणस्तरीय बनाउन निगम आफैले प्रशोधन गर्नेछ, जसपछि पेट्रोलमा मिसाइने छ।

पेट्रोलमा कति प्रतिशत इथानोल मिसाइएको छ भन्ने जानकारी उपभोक्तालाई दिइनेछ। "एक प्रतिशत मिसाइएको छ भने इ–१, दुई प्रतिशत मिसाइएको छ भने इ–२ लेखेर सूचना टाँसेका हुन्छौं," भट्टले बताए।

निगमले अन्नबाट भन्दा पनि खेर जाने वनस्पतीबाट इथानोल उत्पादन गर्नेबारे छलफल गरिरहेको छ। चामल, मकै, गहुँबाट पनि इथानोल बनाउन सकिन्छ, तर खाद्य सुरक्षाको प्रश्न उठ्ने भएकाले मोलासिस र कसावा (सिमल तरूल) बाट इथानोल उत्पादन गर्ने योजना रहेको छ।

हाल दैनिक २० लाख लिटर पेट्रोलको खपत भइरहेको छ। दस प्रतिशत इथानोल मिसाउँदा दुई लाख लिटर पेट्रोलको परिमाण घट्ने छ। शुरुवातमा इथानोलको परिमाण थोरै हुने भएकाले एक/दुई प्रतिशत इथानोल मिसाउने योजना बनाइएको छ। पछि इथानोलको मात्रा बढेसँगै प्रतिशत बढाइनेछ।

निगमका अनुसार, इथानोल प्रयोग गर्दा उपभोक्तालाई कुनै आर्थिक भार नपर्नेछ। इथानोलको मूल्य सरकारद्वारा निश्चित अवधिका लागि स्थिर गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल