१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आयल निगमले पेट्रोलमा इथानोल मिसाउने, किन?

२७ भाद्र २०८१, बिहीबार १२:३५

भदौ २७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा दस प्रतिशत इथानोल मिसाउने प्रक्रिया अघि बढाएको छ। 'पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली–२०८१' अनुसार यो प्रक्रिया लागू गरिने छ। निगमले हाल मस्यौदा तयार गरी सरोकारवालासँग छलफल गरिरहेको छ।

निगमका कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टका अनुसार, यो कदम वातावरणीय असरलाई न्यूनीकरण गर्न र वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले अघि बढाइएको हो। उनले भने, "यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामी पनि अघि बढेका हौं।"

भारत र ब्राजिल जस्ता तेल उत्पादन गर्ने देशहरू पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन्। इथानोल भने अन्न वा वनस्पतीलाई 'फर्मेन्सन' गरेर बनाइने तरल पदार्थ हो। हाल नेपालमा चिनी उद्योगीहरूले मोलासिस (खुदो) प्रशोधन गरेर इथानोल उत्पादन गरिरहेका छन्, जुन बंगलादेश निर्यात हुँदै आएको छ।


निगमले चिनी उद्योगीहरूसँग छलफल गरी दैनिक ५० हजार लिटर इथानोल किन्ने प्रतिबद्धता गरेको छ। उद्योगीहरूले अहिले ९६ प्रतिशत शुद्धता भएको इथानोल उत्पादन गरिरहेका छन्, तर निगमलाई ९९.५ प्रतिशत शुद्धता भएको इथानोल चाहिन्छ। इथानोलको पानीको मात्रा ०.५ प्रतिशत मात्र हुनुपर्ने भएकोले थप प्रशोधन गरिनेछ।

भट्टले भने, "पेट्रोलमा पानी मिसाउन हुँदैन। त्यसैले ०.५ प्रतिशत मात्रै पानी भएको इथानोल चाहिन्छ। उद्योगीहरूले हाम्रो माग बमोजिम उत्पादन गर्ने बताएका छन्।" इथानोललाई थप गुणस्तरीय बनाउन निगम आफैले प्रशोधन गर्नेछ, जसपछि पेट्रोलमा मिसाइने छ।

पेट्रोलमा कति प्रतिशत इथानोल मिसाइएको छ भन्ने जानकारी उपभोक्तालाई दिइनेछ। "एक प्रतिशत मिसाइएको छ भने इ–१, दुई प्रतिशत मिसाइएको छ भने इ–२ लेखेर सूचना टाँसेका हुन्छौं," भट्टले बताए।

निगमले अन्नबाट भन्दा पनि खेर जाने वनस्पतीबाट इथानोल उत्पादन गर्नेबारे छलफल गरिरहेको छ। चामल, मकै, गहुँबाट पनि इथानोल बनाउन सकिन्छ, तर खाद्य सुरक्षाको प्रश्न उठ्ने भएकाले मोलासिस र कसावा (सिमल तरूल) बाट इथानोल उत्पादन गर्ने योजना रहेको छ।

हाल दैनिक २० लाख लिटर पेट्रोलको खपत भइरहेको छ। दस प्रतिशत इथानोल मिसाउँदा दुई लाख लिटर पेट्रोलको परिमाण घट्ने छ। शुरुवातमा इथानोलको परिमाण थोरै हुने भएकाले एक/दुई प्रतिशत इथानोल मिसाउने योजना बनाइएको छ। पछि इथानोलको मात्रा बढेसँगै प्रतिशत बढाइनेछ।

निगमका अनुसार, इथानोल प्रयोग गर्दा उपभोक्तालाई कुनै आर्थिक भार नपर्नेछ। इथानोलको मूल्य सरकारद्वारा निश्चित अवधिका लागि स्थिर गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव