२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरुण नदीका कारण सगरमाथाको उचाइ निरन्तर बढिरहेको छ: अध्ययन

२०८१, १६ आश्विन बुधबार ०७:०१

असोज १६, काठमाडौँ |  पूर्वी नेपालको हिमाली क्षेत्रमा रहेको अरुण नदीका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ १५ देखि ५० मिटरले बढेको हुन सक्ने एक अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले यो निष्कर्ष निकालेका छन् कि अरुण नदीले आफ्नो पीँधमा रहेका चट्टान र माटोलाई खियाउँदै गर्दा सगरमाथाको उचाइमा वृद्धि भइरहेको छ।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का अनुसन्धानकर्ताहरूका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा हुने भूक्षयका कारण सगरमाथा हरेक वर्ष २ मिलिमिटरले अग्लिँदै गएको देखिन्छ। यो अध्ययन 'नेचर जिओसाइअन्स' जर्नलमा प्रकाशित भएको छ।


अरुण नदी र सगरमाथाको सम्बन्ध

अरुण नदी सगरमाथाबाट ७५ किलोमिटर पूर्वमा बग्छ र हिमाली क्षेत्रमा चट्टान तथा माटो कटान गर्दै बग्ने क्रममा पृथ्वीको बाहिरी भाग 'क्रस्ट' लाई खियाउँछ। यसले गर्दा 'म्यान्टल' अर्थात् पृथ्वीको भित्री भागमा कम बल पर्छ, जसले माथिल्लो सतहलाई उचाइमा धकेल्छ। यो प्रक्रिया 'आइसोस्टाटिक रिबाउन्ड' भनेर चिनिन्छ, जसले सगरमाथा लगायत अन्य हिमालहरूलाई अग्लो बनाइरहेको वैज्ञानिकहरूले बताएका छन्।

अरुण नदीको प्रवाहले सगरमाथा मात्र होइन, विश्वका चौथो र पाँचौँ अग्ला हिमालहरू ल्होत्से र मकालुको उचाइ पनि क्रमशः बढिरहेको अध्ययनले देखाएको छ। "नदीको कटानले 'आइसोस्टाटिक रिबाउन्ड' प्रक्रियालाई उत्प्रेरित गरिरहेको छ, जसले यी हिमालहरूलाई तीव्र गतिमा अग्लो बनाइरहेको छ," यूसीएलका डा. म्याथ्यू फक्सले बताए।

यो अध्ययनले सगरमाथाको बदलिँदो उचाइको पछाडिको कारण स्पष्ट पार्न मद्दत गरेको छ, र भूक्षय तथा पृथ्वीको आन्तरिक संरचनाबीचको सम्बन्धलाई उजागर गरेको छ।

सिद्धान्तको समर्थन र अन्योल

यूसीएलका वैज्ञानिकहरूको अनुसार अरुण नदीले ८९,००० वर्षअघि तिब्बतको अर्को नदीलाई आफ्नो प्रवाहमा समाहित गरेपछि यसले धेरै चट्टान र माटोलाई क्षय गर्न सक्ने क्षमता हासिल गरेको थियो। अनुसन्धानले यो भूवैज्ञानिक परिवर्तनलाई 'आधुनिक परिघटना' भनेको छ, तर केही भूगर्भशास्त्रीहरूले भने यस प्रक्रियामा अझै अस्पष्टता रहेको औंल्याएका छन्।

यूनिभर्सिटी अफ एडिन्बराका प्राध्यापक ह्यू सिन्क्लेअरले यो अध्ययन युक्तिसंगत भए पनि नदीको क्षयको सटीक परिमाण र यसको प्रभावको समयको बारेमा अझै अध्ययन आवश्यक रहेको बताएका छन्। तथापि, उनले सगरमाथाको असामान्य उचाइवृद्धि अरुण नदीसँग सम्बन्धित हुनसक्ने सम्भावना रोचक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से