६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा २ नगरपालिका र ७ गाँउपालिकाको खाका तयार

२१ कार्तिक २०७३, आईतवार ०१:१५

पंकज धामी, कार्तिक २१, दार्चुला । दार्चुलाका राजनीतिक दलहरुले दुइटा नगरपालिकासहित ९ वटा स्थानीय तहको नयाँ खाकामा सहमति गरेका छन् । स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगमा २ नगरपालिका र ७ गाँउपालिकाको नयाँ खाका साझा रुपमा पठाउन दार्चुलामा क्रियासिल दलहरु सहमत भएका हुन् ।  १० दिनको छलफल र रस्साकस्सीपछि अन्तत राजनीतिक दलहरुबीच सहमति बनेको हो । स्थानीय तहको संख्या कम्तिमा ७ देखि बढीमा ९ सम्म बनाउन सकिने सीमा आयोगबाट दार्चुला जिल्लालाई प्राप्त भएको थियो ।

जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलहरुलाई नै स्थानीय तहको सीमा, क्षेत्र र केन्द्र निर्धारणको जिम्म दिएको थियो ।  दलहरुबीच छुट्टाछुट्टै र सामूहिक रुपमा छलफल हुनाको साथै लगातार ३ दिनसम्म दलका नेताहरु र प्राविधिक सहयोग समितिका पदाधिकारीहरुबीच लामो छलफल भएको छ । आयोगले जिल्लास्तरबाट स्थानीय तहको सीमा, क्षेत्र र केन्द्र निर्धारण गरी सिफारिस गरिसक्न कार्तिक २० गतेसम्मको समयसीमा दिएको थियो ।

आयोगले दिएको समय सीमाको अन्तिम दिन दलका नेताहरुले प्राविधिक सहयोग समितिका पदाधिकारीसहितको उपस्थितिमा स्थानीय तहबारे टुंगो लगाएका हुन् ।  यसअघि जिल्लामा ३ वटा नगरपालिका बनाउने गृहकार्य गरिए पनि अन्तिममा मालिकार्जुन नगरपालिकालाई गाँउपालिका कायम गरिएको छ । हालको अपि नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका राख्ने सहमति दलहरुले गरेका छन् । हालको अपि नगरपालिकाको क्षेत्रबाट यसअघिको ब्रह्मदेव गाविस क्षेत्रलाई हटाएर दुहुँ गाँउपालिकामा राखिएको छ भने दत्तु गाविको क्षेत्रलाई महाकाली नगरपालिकामा थपिएको छ ।

 प्रस्तावित महाकाली नगरपालिकामा ९ वडाहरु रहनेछन् । जसअनुसार विगतको छापरी गाविसको क्षेत्र समेटेर नगरपालिकाको वडा नम्बर १ बनाइएको छ । विगतको काटै गाविसको वडा नम्बर १ देखि ६ सम्मको भूगोल समेटेर नगरपालिकाको वडा नम्बर २ बनाइएको छ । विगतको काँटै गाविसको वडा नम्बर ७, ८ र ९ तथा खलंगा गाविसको वडा नम्बर ७, ८ र ९ को क्षेत्र समेटेर महाकाली नगरपालिकाका लागि वडा नम्बर ३ प्रस्तावित गरिएको छ ।

खलंगाको मुख्य बजार क्षेत्र तथा विगतको खलंगा गाविसको वडा नम्बर ४ र ५ अर्थात अपि नगरपालिकाको वडा नम्बर ११ लाई प्रस्तावित महाकाली नगरपालिकाको वडा नम्बर ४ बनाइएको छ । अपि नगरपालिकाको वडा नम्बर १२ र १३ को क्षेत्रलाई समेटेर महाकाली नगरपालिकाको वडा नम्बर ५ बनाइएको छ । अपि नगरपालिकाको वडा नम्बर १४ रहेको निसिल क्षेत्रलाई महाकाली नगरपालिकामा वडा नम्बर ६ बनाइएको छ । यसैगरी अपि नगरपालिकाको वडा नम्बर १५ लाई वडा नम्बर ७ तथा हालको वडा नम्बर १६ र १७ को क्षेत्रलाई समेटर महाकाली नगरपालिकाको वडा नम्बर ८ बनाइएको छ । महाकाली नगरपालिकाको थपिएको दत्तु गाविसको सम्पूर्ण भूगोललाई नगरपालिकाको वडा नम्बर ९ बनाइएको छ । महाकाली नगरपालिकामा २१ हजार २ सय ३१ जनसंख्या रहेको छ ।

जिल्लाको दोस्रो नगरपालिका शैल्य शिखरमा शिखर, देथला, रानीशिखर, गोकुलेश्वर, बोहरीगाँउ र ग्वानी गाविस गरी ६ गाविस क्षेत्र समेटिएको छ । शैल्यशिखर नगरपालिकामा ९ वडा रहेका छन् भने २२ हजार ६० जनसंख्या रहेको छ । शिखर गाविसको सम्पूर्ण क्षेत्रलाई शैल्यशिखर नगरपालिकाको वडा नम्बर १, देथला गाविसको वडा नम्बर १ देखि ६ सम्मको क्षेत्रलाई नगरपालिकाको वडा नम्बर २ र देथला गाविसको वडा नम्बर ७, ८ र ९ को क्षेत्रलाई शैल्यशिखर नगरपालिकाको वडा नम्बर ३ बनाइएको छ ।

रानीशिखर गाविसको सम्पूर्ण क्षेत्रलाई नगरपालिकाको वडा नम्बर ४, ग्वानी गाविसको वडा नम्बर ६ देखि ९ सम्मको क्षेत्रलाई नगरपालिकाको वडा नम्बर ५ बनाइएको छ । ग्वानी गाविसको वडा नम्बर १ देखि ५ सम्मको क्षेत्रलाई नगरपालिकाको वडा नम्बर ६, बोहरीगाँउ गाविसको वडा नम्बर ४, ६, ७, ८, ९ को क्षेत्रलाई नगरपालिकाको वडा नम्बर ७ बनाइएको छ । बोहरीगाँउको वडा नम्बर १, २, ३ र ५ लाई समेटेर नगरपालिकाको वडा नम्बर ८ बनाइएको छ भने गोकुलेश्वर गाविसको सम्पूर्ण क्षेत्रलाई शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ प्रस्तावित गरिएको छ ।

जिल्लाको दुहुँक्षेत्रमा २ वटा गाँउपालिका बनाइएको छन् । जिल्लाको सबैभन्दा ठूलो भूगोल तर सबैभन्दा कम जनसंख्या रहेको व्यास गाविससहित राप्ला, सुन्सेरा र धौलाकोट गाविस समेटेर व्यास गाँउपालिका बनाइएको छ । व्यास गाउपालिकामा ७ हजार ७ सय ५३ जनसंख्या र ५ वडाहरु छन् । व्यास गाविसको क्षेत्रलाई वडा नम्बर १, राप्ला गाविसको क्षेत्रलाई वडा नम्बर २ बनाइएको छ । सुन्सेरा गाविसको वडा नम्बर १, २, ३ र ९ को क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर ३ तथा सुन्सेरा गाविसको ४, ५, ६, ७, ८ तथा धौलाकोट गाविसको वडा नम्बर १ र २ क्षेत्रलाई व्यास गाउपालिकाको वडा नम्बर ४ कायम गरिएको छ । धौलाकोट गाविसको वडा नम्बर ३ देखि ९ सम्मको क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर ५ बनाइएको छ ।

दुहुँक्षेत्रको हुती, पिपलचौरी, हिकिला, धारी र ब्रह्मदेव गाविस क्षेत्रलाई समेटेर दुहुँ गाँउपालिका बनाइएको छ । दुुँहुँ गाँउपालिकामा १३ हजार ४ सय १२ जनसंख्या छ भने वडा संख्या ६ रहनेछन् । हुती गाविस क्षेत्रलाई वडा नम्बर १ बनाइएको छ भने पिपलचौरी गाविस क्षेत्र वडा नम्बर २ र हिकिला गाविस क्षेत्र दुहुँ गाँउपालिकाको वडा नम्बर ३ रहने भएको छ । विगतको ब्रह्मदेव गाविस क्षेत्र गाँउपालिकाको वडा नम्बर ४ हुनेछ । धारी गाविसको वडा नम्बर १ देखि ५ सम्मको क्षेत्र गाँउपालिकाको वडा नम्बर ५ र धारी गाविसको वडा नम्बर ६ देखि ९ सम्मको क्षेत्र गाँउपालिकाको वडा नम्बर ६ रहनेछ । जिल्लाका मालिकार्जुन, भगवती, शंकरपुर, डाडाकोट र उकु गाविसलाई समेटेर मालिकार्जुन गाँउपालिका बनाइएको छ । १५ हजार ५ सय ८१ जनसंख्या रहेको मालिकार्जुन गाँउपालिकामा ७ वटा वडाहरु रहनेछन् ।

भगवती गाविस क्षेत्रलाई वडा नम्बर १, मालिकार्जुन गाविस क्षेत्रलाई वडा नम्बर २, हुनैनाथ गाविस क्षेत्रलाई वडा नम्बर ३ र डाडाकोट गाविस क्षेत्रलाई वडा नम्बर ४ कायम गरिएको छ । उकु गाविसको वडा नम्बर १, २, ३, ४ र ८ को क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर ५ तथा उकु गाविसको वडा नम्बर ५, ६, ७ र ९ को क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर ६ राखिएको छ । गाँउपालिकाको केन्द्र समेत रहने शंकरपुर गाविसको क्षेत्र समेटेर वडा नम्बर ७ बनाइएको छ । सर्मोली, लाली, खरकडा र रिठाचौपाता गाविसको भूगोललाई समेटेर लेकम गाँउपालिका बनाइएको छ ।

लेकम गाँउपालिकामा १४ हजार ८ सय ३८ जनसंख्या रहेको छ भने वडा संख्या ६ हुनेछन् । सर्मोली गाविसको वडा नम्बर १, २, ३, ७ र ९ को क्षेत्र समेटेर गाँउपालिकाको वडा नम्बर १ बनाइएको छ । सर्मोलीका बाँकी वडाहरु र लाली गाविसका वडा नम्बर ५, ७ र ८ को क्षेत्र समेटेर लेकम गाँउपालिकाको वडा नम्बर २ बनाइएको छ । लाली गाविसको वडा नम्बर १, २, ३, ४, ६ र ९ को क्षेत्र समेटेर गाँउपालिकाको वडा नम्बर ३ बनाइएको छ । खरकडा गाविसको सबै भूगोल समेटेर वडा नम्बर ४ बनाइएको छ भने रिठाचौपाता गाविसको वडा नम्बर २, ३, ८ र ९ समेटेर गाँउपालिकाको वडा नम्बर ५ बनाइएको छ । रिठाचौपाता गाविसको वडा नम्बर १, ४, ५, ६ र ७ को क्षेत्र समेटेर लेकम गाँउपालिकाको वडा नम्बर ६ बनाइएको छ ।

मार्माक्षेत्रका इयरकोट, खार, सिप्टी र धुलिगडा गाविसलाई समेटेर नौगाड गाँउपालिकाको संरचना बनाइएको छ । नौगाड गाँउपालिकामा १५ हजार ८ सय ७४ जनसंख्या छ भने वडा संख्या ६ रहनेछ । इयरकोट गाविसको वडा नम्बर १ देखि ८ सम्मको क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर १ बनाइएको छ । इयरकोट गाविसको वडा नम्बर ९ र खार गाविसको वडा नम्बर १, २, ३, ७, ८ र ९ समेटेर गाँउपालिकाको वडा नम्बर २ बनाइएको छ । खार गाविसको वडा नम्त्रर ४, ५, ६ र सिप्टी गाविसको वडा नम्बर १ को क्षेत्रलाई समेटी गाँउपालिकाको वडा नम्बर ३ बनाइएको छ । सिप्टी गाविको वडा नम्बर २ देखि ७ सम्मको क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर ४ तथा सिप्टी गाविसको वडा नम्बर ८ र ९ तथा धुलिगडा गाविसको वडा नम्बर ८ र ९ लाई समेटेर नौगाड गाँउपालिकाको वडा नम्बर ५ बनाइएको छ । धुलिगडा गाविसको वडा नम्बर १ देखि ७ सम्मको क्षेत्रलाई गाउपालिकाको वडा नम्बर ६ बनाइएको छ ।

घुसा र खण्डेश्वरी गाविसको क्षेत्र तथा गुल्जर गाविसको वडा नम्बर १ को भूगोललाई समेटेर अपि हिमाल गाँउपालिका बनाइएको छ । ५ हजार ५ सय ४९ जनसंख्या रहेको यस गाँउपालिकामा ५ वटा वडाहरु राखिएका छन् । घुसा गाविसको वडा नम्बर १, २ र ३ को क्षेत्र समेटेर गाउपालिकाको वडा नम्बर १ बनाइएको छ । घुसा गाविसका अन्य बाँकी वडाहरु समेटेर वडा नम्बर २ बनाइएको छ ।

खण्डेश्वरी गाविसको वडा नम्बर १, २, ३ र ४ क्षेत्र समेटर गाँउपालिकाको वडा नम्बर ३ तथा खण्डेश्वरी गाविसका बाँकी वडाहरु समेटेर गाँउपालिकाको वडा नम्बर ४ बनाइएको छ । गुल्जर गाविसको वडा नम्बर १ को क्षेत्रलाई अपि हिमाल गाँउपालिकाको वडा नम्बर ५ बनाइएको छ ।

मार्माक्षेत्रका लटिनाथ, गुल्जर, तपोवन, सितोला र शेरी गाविसको भूगोलमा मार्मा गाँउपालिका बनाइएको छ । १६ हजार १ सय ८६ जनसंख्या रहेको मार्मा गाँउपालिकामा ७ वडाहरु राखिएका छन् । सितोला गाविसको वडा नम्बर ५, ६, ७ र ८ को क्षेत्रलाई गाँउपालिकाको वडा नम्बर १ कायम गरिएको छ । गुल्जर गाविसको वडा नम्बर २ देखि ९ सम्मको भूगोललाई गाउपालिकाको वडा नम्बर २ राखिएको छ । लटिनाथ गाविसको वडा नम्बर १ देखि ५ सम्मको भूगोललाई गाउपालिकाको वडा नम्बर ३ राखिएको भने लटिनाथ गाविसका बाँकी वडाहरु समेटेर गाउपालिकाको वडा नम्बर ४ बनाइएको छ । तपोवन गाविसको सबै क्षेत्र र सितोला गाविसको वडा नम्बर ९ को भूगोल समेटेर गाउपालिकाको वडा नम्बर ५ बनाइएको छ । सितोला गाविसको वडा नम्बर १ देखि ४ सम्मको क्षेत्रलाई गाउपालिकाको वडा नम्बर ६ कायम गरिएको भने शेरी गाविसको सम्पूर्ण क्षेत्रलाई मार्मा गाउपालिकाको वडा नम्बर ७ राखिएको छ ।

 ६० वडा केन्द्र निर्धारण

दार्चुलामा स्थानीय तहको पुनर्संरचनासंगै नगरपालिका र गाँउपालिका गरी ६० वटा वडाकेन्द्रहरु निर्धारण गरिएका छन् । दुई नगरपालिकाका ९—९ गरी १८ वडा केन्द्र र ७ गाँउपालिकाका ४२ वडा केन्द्रहरु निर्धारण गरिएका छन् । निर्धारण गरिएका वडा केन्द्रहरु अधिकांश साविकका गाविस कार्यालयहरु रहेका छन् भने केही नयाँ स्थानमा वडा केन्द्र राखिएका छन् । व्यास गाउपालिकाको वडा नम्बर १ र २ क्रमशः व्यास र राप्ला गाविस कार्यालयमा राखिएको छ । वडा नम्बर ३ को केन्द्र सुन्सेराको सिनामा राखिएको भने वडा नम्बर ४ को केन्द्र हालको सुन्सेरा गाविस कार्यालयमा रहनेछ । वडा नम्बर ५ को केन्द्र हालको धौलाकोट गाविस कार्यालयमा राखिनेछ । दुहुँ गाँउपालिकामा वडा नम्बर ६ को वडा केन्द्र गरमोरामा राखिएको छ भने अन्य सबै वडा केन्द्रहरु सम्बन्धित गाविस कार्यालयमा राखिएका छन् ।

मालिकार्जुन गाउपालिकामा वडा नम्बर ६ को केन्द्र जौलजीविमा राखिएको छ भने अन्य सबै वडा केन्द्रहरु सम्बन्धित गाविस कार्यालयमा राखिएका छन् । लेकम गाँउपालिकामा वडा नम्बर २ को केन्द्र कुणी र वडा नम्बर ६ को केन्द्र उचाकोटमा राखिएको छ । अन्य ठाँउमा गाविस कार्यालयमै केन्द्र राखिएको छ । नौगाड गाउपालिकामा वडा नम्बर २ को केन्द्र सुण्डमुण्ड वा ठुलागाडामा प्रस्तावित गरिएको छ । वडा नम्बर ३ को केन्द्र जामिर, वडा नम्बर ५ को केन्द्र च्युरीबगर तथा वडा नम्बर ६ को केन्द्र धुलिगडा वा खेडा प्रस्तावित गरिएको छ ।

अपि हिमाल गाँउपालिकामा वडा नम्बर १ को केन्द्र सिती, वडा नम्बर ३ को केन्द्र कटेलीगाड र वडा नम्बर ५ को केन्द्र सौगन्नामा राखिएको छ । मार्मा गाँउपालिकामा वडा नम्बर १ को धङकङ, २ को जुडे, ३ को सिमार, ४ को लटिनाथ बजार र वडा नम्बर ६ को गोल्फामा राखिएको छ । अन्य स्थानमा भने सम्बन्धित गाविस कार्यालयमा वडा केन्द्र राखिने भएका छन् । महाकाली नगरपालिकाको वडा नम्बर २ को केन्द्र सेला बजार, वडा नम्बर ३ को केन्द्र बाँज, वडा नम्बर ४ को बंगाबगड, वडा नम्बर ५ को गल्फै, वडा नम्बर ६ को निसिल र वडा नम्बर ८ को असिगडामा केन्द्र राखिएको छ । शैल्यशिखर गाँउपालिकामा वडा नम्बर १ को केन्द्र बलाच, ३ को कर्कले, वडा नम्बर ५ को ओखडानी, वडा नम्बर ६ को दुदुलीगाँड, ७ को बन्तोली र वडा नम्बर ८ को झरकाडामा वडा केन्द्र राखिएको छ ।

स्थानीय तहको पुनर्संरचनामा विवादै विवाद

दार्चुलामा स्थानीय तहको पुनर्संरचना भइरहदा राजनीतिक दलहरुबीच र दलहरुभित्रै विवाद चुलिएका छन् । स्थानीय तहको पुनर्संरचना गर्दा जिम्मेवारी र भूमिकामा भएका नेताहरु आफ्नो व्यक्तिगत हित अनुकुल हुने गरी संरचना बनाइएको आरोप दलभित्रैबाट लागेको छ ।

राजनीतिक दलको जिल्ला नेतृत्वमा भएका नेताहरुको सहभागितामा स्थानीय तहको पुनर्संरचनाको खाका तयार गरिएको छ । यद्यपि राजनीतिक दलहरुका प्रभावशाली नेताहरु भने पुनर्संरचनाको खाकाबाट सन्तुष्ट छैनन् । नेपाली काग्रेसका महासमिति सदस्य एवं नेता मदन गिरीले नयाँ खाकाप्रति आफ्नो सहमति नरहेको बताउनुभयो । उहाँले यसअघिको ७ वटा स्थानीय तहको खाकामा प्रस्ताव गरिएको महाकाली गाँउपालिकाको अस्तित्व नै मेटिएकोमा आपत्ति जनाएका छन् ।

नेकपा एमालेमा पूर्व जिल्ला सचिव एवं नेता मोहनसिह धामीले पुनर्संरचनामा जनसंख्या र भूगोलको ख्याल नगरिएको बताउनुभयो । मध्यलेकम क्षेत्रप्रति अन्याय भएको बताउदै उहाँले ६ वटा गाविसको ठूलो भूगोल समेटेर मालिकार्जुन गाँउपालिकामा बनाएको आपत्ति जनाएका छन् । मालिकार्जुन गाँउपालिकामा ६ गाविस र दत्तु गाविससहितको क्षेत्र समेटेर मालिकार्जुन नगरपालिका बनाउनुपर्नेमा एमाले नेता मोहनसिह धामीले जोड थियो ।

पुनर्संरचनाको खाकाप्रति नेकपा माओवादी केन्द्रका नेताहरु दिवानीराम लोहार र लक्ष्मी विक, नेकपा एमालेका जिल्ला सदस्य हरकसिह ठगुन्ना, नेपाली काग्रेसका जिल्ला सदस्य सुन्दरसिह धामी, नेकपा एमालेका जिल्ला सदस्य श्यामराज विष्टले असहमति जनाएका छन् । एमालेका जिल्ला सल्लाहकार अध्यक्ष गणेशसिह धामीलगायत भगवती, मालिकार्जुन, उकु, डाडाकोट र लालीका राजनीतिक दलका नेता कार्यकर्ताहरुले पुनर्संरचना खाकाप्रति आपत्ति जनाएका छन् । ती गाविसका नेता कार्यकर्ताहरुले आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

यसैगरी, पुनर्संरचनाको खाकाप्रति दुहुँक्षेत्रको हुती गाविसमा व्यापक असन्तुष्टि रहेको छ । हुतीका सर्वदलिय प्रतिनिधि र सरोकारवालाहरुले प्रस्ताविक खाकालाई बहिस्कार गर्ने घोषणा गरिसकेको छन् । हुती गाविसाई व्यास गाउपालिकाको क्षेत्रमा राख्नुपर्र्ने उनीहरुको माग छ ।

अपि नगरपालिकाबाट छुट्टाएर दुहुँ गाँउपालिकामा जोडिएको विगतको ब्रह्मदेव गाविसका नेता, कार्यकर्ता र जनताको पनि प्रस्तावित खाकाप्रति विरोध रहेको छ । ब्रह्मदेवलाई नगरपालिका क्षेत्रमै राख्नुपर्ने उनीहरुको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’