२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

परिक्रमा स्थल भत्किएपछि विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा

२१ कार्तिक २०७३, आईतवार ०२:५४

कात्तिक २१, पर्वत । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । 

गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा गर्नका लागि निर्माण गरिएको संरचना नदीतर्फको भागमा पूरै भत्किएको छ । जसले गर्दा कालीगण्डकीको बहावले सिधै शिलामा ठोक्किने भएकाले शिला नै बगाउने सम्भावना बढेर गएको स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । 

भगवान् विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वासमा दैनिक हजाराँैको सङ्ख्यामा तीर्थालु आउने गरेकामा शिलाको परिक्रमा गर्न नपाएपछि तीर्थालुको सङ्ख्यासमेत ह्वात्तै घटेको छ । पर्वत, स्याङजा, गुल्मी, बागलुङ, पाल्पा, चितवन, नवलपरासी, अर्घाखाँची लगायत मुलुकभरबाट दैनिक हजाराँैको सङ्ख्यामा आउने भक्तजन र शैक्षिक भ्रमणमा आउने विद्यार्थी तथा अन्य तीर्थालुले समेत शिलाको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् । 

सुनेकै भरमा शिला शालिग्रामको दर्शन गर्न आएका नवलपरासीको खैरेनी माविमा कक्षा १० मा पढ्ने अनिष चौधरीले शिला शालिग्रामको चर्चा अनुसारको व्यवस्थापन रहेनछ, यसको तत्काल उचित व्यवस्थापन हुनु जरुरी छ भन्नुभयो । पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब रु ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत साउन १२ गतेको बाढीले भत्काएपछि अहिले यहाँ पर्यटक आउनै डराउने गरेको शिलाका पुजारी भगवानहरि पराजुलीले बताउनु भयो । 

“अघिल्लो बर्सातमा पनि परिक्रमास्थल केही भत्किएको थियो । उक्त समयमा बाँस तेस्र्याएर अल्पकालीन समस्या समाधान गरियो”, उहाँ भन्नुहुन्छ, “तर यस वर्षको शिला डुबाउने गरिआएको बाढीले परिक्रमा गर्नै नमिल्ने बनाएको छ । परिक्रमा स्थलमा थप सुरक्षा नहुँदा ज्यान पनि जोखिममा पर्ने गरेको छ ।” 

उक्त शिलाको व्यवस्थापन तथा सुरक्षाको जिम्मा भने कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले लिएको उहाँले बताउनुभयो । शिला जोखिममा परेपछि त्यसको सुरक्षाका लागि परियोजनालाई जानकारी गराइसकिएको तर हालसम्म पनि सुनुवाइ नभएको उहाँले उल्लेख गर्नु भयो । 

शिला संरक्षण समितिले पनि मर्मत तथा व्यवस्थापनमा सक्रियता नदेखाएको स्थानीयवासीको गुनासो रहेको छ । पछिल्लो समय कालीगण्डकी ‘ए’ जलविद्युत्का कारण बनेको जलाशयमा जलयात्रा सेवा सुरु भएपछि पनि जलयात्राको मनोरञ्जन लिन र शिला दर्शनका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको स्थानीयवासी अशोकसिंह पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव