१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा जिल्लाबारे संक्षिप्त जानकारी

८ चैत्र २०७२, सोमबार ०५:२९

नेपालमा रहेका ७५ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी
अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको
जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक
विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ।

यो जिल्लाले
३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा
२७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण,
शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २
नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व
सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन);
उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८
(२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको
छ।

गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक
सम्पदा; मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा; कल्छुमन ताल, कालाताल नारदकुण्ड,
दुधपोखरी जस्ता ताल तथा पोखरीहरु; मनासलु, हिमालचुली जस्ता हिमचुचराहरु; विभिन्न कोटहरु, गुम्बाहरु तथा
गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।

ऐतिहासिक पृष्ठभुमी

यहाँ वि. सं. १७७९ मा
राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती
कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो
मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा
र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ
। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय
निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली
आरध्यदेव हुन् ।

तपाइसंग यस
जिल्लाबारे थप जानकारी छ भने [email protected] मा पठाउनु सक्नुहुनेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो