२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा जिल्लाबारे संक्षिप्त जानकारी

२०७२, ८ चैत्र सोमबार ०५:२९

नेपालमा रहेका ७५ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी
अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको
जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक
विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ।

यो जिल्लाले
३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा
२७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण,
शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २
नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व
सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन);
उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८
(२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको
छ।

गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक
सम्पदा; मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा; कल्छुमन ताल, कालाताल नारदकुण्ड,
दुधपोखरी जस्ता ताल तथा पोखरीहरु; मनासलु, हिमालचुली जस्ता हिमचुचराहरु; विभिन्न कोटहरु, गुम्बाहरु तथा
गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।

ऐतिहासिक पृष्ठभुमी

यहाँ वि. सं. १७७९ मा
राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती
कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो
मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा
र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ
। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय
निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली
आरध्यदेव हुन् ।

तपाइसंग यस
जिल्लाबारे थप जानकारी छ भने [email protected] मा पठाउनु सक्नुहुनेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ