९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

हराएको त्रिपुरासुन्दरीको शिला बर्दियामा भेटिएको दाबी

२३ कार्तिक २०७३, मंगलवार १०:१३

कात्तिक २३, डोल्पा । डोल्पाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी देवीको १५ वर्ष अगाडि हराएको शिला बर्दियाको बाँसगडीमा नवनिर्मित ओम केदारेश्वर धाममा रहेको तथ्य बाहिर आएकोे छ । 

करिब एक महिनाको अनुसन्धानपछि हराएको शिला केदारेश्वर धाममा फेला पारिएको दाबी मिसन नेपालका कर्णाली अञ्चल प्रमुख तथा केन्द्रीय उपाध्यक्ष मानव हमालको छ । 

विश्वकै सनातन हिन्दूहरुका देवताहरुको दर्शन एकै ठाउँमा गर्न मिल्ने गरी १०८ फिट अग्लो विशाल दिव्य ज्योतिर्लिङ्गको स्थापनासहित मध्यपश्चिमलाई प्रमुख धार्मिक शक्तिपीठ बनाउन उक्त शिला ज्योतिर्लिङ्गको २७ फिट तल विधिपूर्वक शिलान्यास गर्दा राखिएको धामका अध्यक्ष लीलाधर शर्माले खुलासा गरेको हमालले जानकारी दिनुभयो । 

शिला कसले, कहाँबाट कसरी ल्याए र यो कुन ठाउँमा छ भन्ने कुराको दरिलो प्रमाणका रुपमा बर्दिया निवासी शर्माको भिडियो अडियोसमेत आफूसँग रहेको र यसैका आधारमा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको उहाँले बताउनुभयो । पचहत्तर वटै जिल्लामा रहेका शक्तिपीठबाट ‘शक्ति’ बटुलेर संसारकै प्रसिद्ध तीर्थस्थल बनाउने प्रयास स्वरुप अहिलेसम्म ६८ जिल्लाबाट त्यस्ता ‘शक्ति’ सङ्कलन गरिइसकिएको ट्रष्टका अध्यक्ष शर्माको भनाइ छ । 

अध्यक्ष शर्माका अनुसार डोल्पाबाट स्थानीय पुजारी र तीन दशकदेखि डोल्पामा शैक्षिक सुधारका लागि काम गर्दैआउनुभएका पर्वत जिल्ला निवासी रमेश शर्माले शिला र दियो ल्याइदिनुभएको हो । 

हाल अस्ट्रेलियामा रहेका आरोपित रमेश यस प्रकरणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको जिकिर गर्नुभएको छ । 

भिडियो र अडियोका आधारमा पर्वत निवासी रमेश शर्मा, लीलाधर शर्मा तथा डोल्पा नर्कु गाविसका युवराज शाहीको नाममा किटानी जाहेरी दर्ता गर्दा पनि छानबिन प्रक्रियालाई प्रहरीले तदारुकताका साथ अगाडि नबढाएको दुखेसो जाहेरीकर्ता दिलबहादुर विष्टले पोख्नुभएको छ । 

भिडियो र अडियोअनुसारको कुनै पनि कुरा नभएर रु दुई करोड सहयोग पाउने लोभमा झुटो कुरा बोलेको ट्र«ष्टका अध्यक्ष शर्माको भनाइ छ । रमेश शर्मा र स्थानीय पुजारीले शिला ल्याएको नभई कैलालीमा रहेको कर्णाली पुलको बगरबाट शिला ल्याइएको बयान अध्यक्ष शर्माले प्रहरीसामु दिनुभएको छ । तर उहाँले एकाएक बयान फेरेको आरोप डोल्पाली जनताको छ । 

चिन्दै नचिनेका व्यक्तिमाथि पुरातात्विक वस्तु चोरीको आरोप लगाइएको भन्दै रमेश शर्माले नेपाल फर्किसकेपछि कानुनी उपचार खोज्ने जानकारी दिनुभयो । यता, अनुसन्धानमा ढिलाइ भइरहेको जनगुनासोलाई ध्यानमा राखेर थप अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक तुलसी अर्याललाई खटाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी बताउनुभयो । 

कडाइका साथ आरोपितसँग बयान लिने काम भइरहेको र छिट्टै सत्यतथ्य पत्ता लाग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

पन्ध्र वर्ष अगाडि मन्दिरबाट हराएका चार वटा देवीका शिलामध्ये तीन वटा शिला र सुन चाँदीका पूजा सामग्रीसहित चोर पक्राउ परे पनि योगमायाको एउटा शिला भने फेला परेको थिएन । 

विसं १११४ मा चामत्कारिक तरिकाले पुतलीका रुपमा उत्पत्ति भएका मानिएका नौ बहिनी देवीमध्ये पाँच वटा मान्छेले छुनेबित्तिकै शिलामा परिणत भएको र बाँकी चार बहिनी पुतलीकै रुपमा बागेश्वरी, सल्यान खैरवाङ, जुम्ला कनिका सुन्दरी तथा अर्घाखाँचीकी खाँची भगवतीका रुपमा प्रसिद्ध भएको जनविश्वास रहिआएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे