२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

वैशाख ४ गते गोरखामा संगीत महोत्सव हुने

२४ चैत्र २०७२, बुधबार ०६:४९

चैत
२४, गोरखा /
पहिलोपटक गोरखामा संगीत महोत्सव हुने भएको छ । सदरमुकामको रानीपोखरी परिसरमा आगामी
२०७३ वैशाख ४ गते महोत्सव गर्न लागिएको हो ।

नेपाल संगीत तथा
नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र गोरखा जेसिज गोरखाको स्थानीय व्यवस्थापनमा महोत्सव आयोजना
गरिनेभएको हो ।

प्रतिष्ठानका उपकुलपति तथा संगीतकार शम्भुजित
बाँस्कोटाले मंगलबार गोरखामा आयोजित पत्रकारसम्मेलनमा गोरखालाई साँस्कृतिक केन्द्र बनाउनुपर्ने बताए

महोत्सवमा स्थानीयस्तरका कलाकारको कलालाई प्राथमिकता दिने पनि
बताए । एकदिने महोत्सवमा स्थानीयवासी, राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरु सहभागी हुनेछन् ।

‘देशमा नयाँ–नयाँ ढाँचाका गीत, संगीत आएपनि पुराना शैलीका गीत सुन्ने
श्रोता घटेका छैनन’, उनले भने‘ पुराना गीत, संगीतलाई आधार मानेर नयाँ प्रतिभावान् कलाकारको कला प्रस्तुत
हुनुपर्छ ।’ दर्शकले महोत्सव हेर्न टिकट काट्नु पर्दैन ।

प्रतिष्ठानले यसअघि पोखरामा नृत्य महोत्सव गरिसकेको छ । गोरखामा संगीत महोत्सव गर्ने र
काठमाण्डुमा नाटक महोत्सवको तयारी गरिएको पनि बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता