कत्तिक २८, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् । 

भूकम्प पश्चातको पुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कत्तिक २८, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् । 

भूकम्प पश्चातको पुन"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा भूकम्प प्रतिरोधी घर बन्दै

२८ कार्तिक २०७३, आईतवार ०६:४१


कत्तिक २८, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् । 

भूकम्प पश्चातको पुनःनिर्माण जीविकोपार्जन तथा पुनःलाभ परियोजनामार्फत जिल्लाको नयाँगाउँ देउपुर, गैरीविसौना देउपुर, महादेवस्थान, बालुवापाटी र जैसिथोकमा एकसय १० घर निर्माणाधिन अवस्थामा रहेको ‘द लुथरन वल्र्ड फेडरेसन’ परियोजना प्रवन्धक रितुवर्ण सिलवालले जानकारी दिनुभयो । 

यी गाविसमध्ये सबैभन्दा बढी गैरिबिसौना देउपुरको दनुवार बस्तीमा ६२ घर निर्माणधिन अवस्थामा छन् । 

प्रतिघर रु तीन लाखका दरले आवास सम्बन्धी सामग्री उपलब्ध गराएर गत साउनदेखि सुरु भएको तीन कोठे नमुना घर आगामी माघसम्ममा पुरा गर्ने लक्ष्य लिइएको छ । 

ती गाविसमा कुल तीनसय ८७ घर निर्माण हुने जानकारी दिँदै सिलवालले परियोजनामार्फत भूकम्पपीडितको जीविकोपार्जनका लागि समेत काम भइरहेको बताउनुभयो । 

नयाँ निर्माण भन्दा पनि भत्केका सिँचाइ कुलो पुनःनिर्माण र मर्मतमा जोड दिएको उहाँले बताउनुभयो । ती गाविसमा जनजाति, विपन्न परिवार, दलित समुदाय, अभिभावक गुमाएका बालबालिकाको घर छनोट गरेर पुनःनिर्माण थालिको हो । 

जिल्लाको सात गाविसमा सिँचाइ, विद्यालयको शौचालय निर्माण, खानेपानी वितरण, सिकर्मी तथा डकर्मी तालिमलगायत जीविकोपार्जनको काम समेत सुरु भएको छ । 

शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका अध्यक्ष शङ्खबुद्ध लामाले सरकारको नीतिका कारण आवास निर्माणको खर्च रु तीन लाखमा झरेको उल्लेख गर्दै रु चार लाख ९६ हजारमा निर्माण हुने भनिएको आवास सरकारले सीमा तोकेपछि पुनः ८७ घर पुनःनिर्मााणका लागि थप गरिएको बताउनुभयो । 

शान्ति जनआर्दश सेवा केन्द्र, धुलिखेलका कार्यकारी निर्देशक दिनेश लामाले घर निर्माणका लागि तीन पटकमा सामग्री उपलब्ध गराएर आवास निर्माण भएको बताउनुभयो । 

गौरीबिसौना देउपुरका रामकाजी दनुवारले पानीको अभाव र ढुङ्गाको अभावले संस्थाले दिएको सामग्री मात्रै पर्याप्त नएभकाले घर निर्माण खर्च महँङगो भएको बताउनुभयो । 

‘मेरो मात्रै रु एक लाख लगानी भयोहोला’ उहाँले भन्नुभयो । भूकम्प पश्चातको सो परियोजनामा कुल रु २० करोड ४१ लाख लगानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो