२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

देवचुली महोत्सवमा पशुपति शर्मालाई हेर्न आउनेको ओइरो, बन्दले पनि प्रभाव पारेन

२९ कार्तिक २०७३, सोमबार ०३:२९

कार्तिक २९, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ भब्य रुपमा संचालन भईरहेको छ । महोत्सवका चौथो दिन सम्म मेलामा थेगी नसक्नुको मानिसहरुको सहभगीता रहेको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए । देवचुली टेलिभिजनको आयोजना र अन्य आधा दर्जन संघ संस्थाको सह आयोजनामा महोत्सव गरिएको हो । 

मेलामा दैनिक रुपमा जिल्लाका विभिन्न स्थानबाट मानिसहरु मेला अबलोकनको लागि नवलपरासीको कावासोती आएका छन् । मेलाको चौथो दिनका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष एवंम पूर्व सांसद रोशन गाहाले मेला मार्फत देवचुली टेलिभिजनले नयाँ ईतिहास रचेको बताए । 

उनले यस क्षेत्रमा हुने महोत्सव मध्ये देवचुली महोत्सव पूर्ण रुपमा सफल बनेको प्रतिक्रिया दिए । उनले भने, टेलिभिजने युवा उद्यमशील र कला संस्कृति संरक्षणको लागि महोत्सव गरेको छ, यसलाई पूर्ण रुपमा सफल बनाउने हामी सबैको दायित्व हो । 

मेलाको चौथो दिन सम्म करिव ६० हजार मानिसहरुले अवलोकन गरेका छन् भने करिव ६ करोडको कारोबार भएको छ । मेलामा करिव २ सय स्टलहरु रहेका छन् । 

मंसिर ४ गते सम्म संचालन हुने महोत्सवमा दैनिक रुपमा १५ देखि २० हजार मानिसहरु सहभागी बनेका छन् । यस क्षेत्रमा हुने महोत्सव मध्य देवचुली महोत्सवमा निकै धेरै मान्छेहरु सहभागी बनेको पाए, कपडाको व्यापार गर्दै आएका रामहरी खतिबडाले भने, यहाँको व्यापारले हामी उत्साही छौं । महोत्सवमा रहेका व्यापारीहरु दिनभर निकै व्यस्त देखिने गरेका छन् । 

मेलामा कृषि प्रदशनी, मौलिक खानाका परिकार, राष्ट्रिय तथा स्थानीय उत्पादनको बिक्रि तथा प्रर्दशनी, बाल उद्यान मौलिक घरहरु, मानविय कृयाकलाप देखाउने उँट मुख्य आर्कषणको केन्द्र रहेका छन् । मेलामा निकै धेरै मानिसहरु सहभागी बनेको महोत्सव हेर्न पुगेका कावासोतीका रामकृष्ण नेपालले प्रतिक्रिया दिए । 

महोत्सवको उत्साहले थप ५० स्टल थपिए 

महोत्सवमा देखिएको उत्साहले महोत्सव शुरु भएको चौथो दिन सम्म पनि स्टल बुकिङ्ग भईरहेको छ । मेला शुरुभए पछि समेत थप ५० वटा स्टलहरु बुकिङ्ग भएको स्टल व्यवस्थापनका संयोजक लाल प्रसाद बरालले बताए ।

उनले भने, मेलामा दर्शकहरुको उल्लेख्य उपस्थिती देखिएपछि यस क्षेत्रका अन्य स्थानका व्यापारीहरु समेत स्टल बुकिङ्गको लागि कावासोती आएका हुन् । 

मेलामा दैनिक रुपमा राम्रो कारोबार भईरहेको व्यापारीहरुको प्रतिक्रिया रहेको छ । मेलामा स्थानीय भन्दा बाहिरका मानिसहरुले स्टल बढी बुकिङ्ग गरेका छन् । छिमेकी महोत्सवबाट कावासोतीमा व्यापारीहरु आएको बताएका छन् । 



बिज्ञानदाता र महोत्सवमा सहयोग गर्नेलाई सम्मान 

देवचुली टेलिभिजनले आफ्नो आठौँ बर्ष प्रबेश गाठको अवसरमा आफूलाई बिज्ञापन दिएर सहयोग गर्ने बिज्ञानदाताहरु लाई सम्मान गरेको छ । महोत्सवमा हजारौँ दर्शकहरुको माझमा आईतबार कावासोतीमा रहेका बिज्ञापनदाताहरु लाई सम्मान गरेको हो । 

महोत्सव मूल समारोह समितिका संयोजक केबी रानाले देवचुली टिभिको अहिले सम्मको यात्रामा उहाँहरुले पूर्याएको योगदान स्वरुप सम्मान गरिएको बताए । महोत्सव अबधिभर बिज्ञापनदाता र सहयोगी संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।  

पशुपति शर्माको गीतमा दर्शकको छमछमी 

लोक तथा दोहोरी गायक पशुपति शर्माको गीत सुन्नकै लागी भनेर टाढा टाढाको दर्शकहरुको ओइरो लागेको थियो । नेपालभर बिप्लव माओवादीले गरेको बन्दको प्रभावका बिचपनि दर्शकको उपस्थिती उल्लेखनीय थियो ।

लोक तथा दोहोरी गीतका किङ भनेर चिनिने गायक पशुपति शर्माले आफ्नो आधा दर्जन चर्चित गीतहरु दिउसो दिने अबेर सम्म दर्शकहरुलाई सुनाएका थिए । 

आफ्नो प्रस्तुतीको पहिलो गीतमा उनले मलाई अमेरीका यहि मलाई जापान पनि यहि गीत गाएका थिए । पशुपति शर्माले गीत गाउँदा महोत्सव स्थलमा दर्शकको उपस्थिती खचाखच देखिन्थ्यो । उनले आफ्नो अन्य चर्चित गीत, पानी पुरी, ढाड दुखेर मा¥यो, बत्ति बाल्नै पर्दैन, साईकलको घण्टी लगायतका गीतहरु गाएका थिए । उनले गीत मार्फत आफ्नो देशमै केहि गर्ने उद्यमशील बन्न पे्ररणा समेत प्रदान गरेका थिए । 

साथै आईतबारको कार्यक्रममा पशुपति शर्माको साथमा, गायिका दुर्गा सापकोटा, रुवी सिङ्जाली, उमादेवी खनाल, गायक कबि सारु, नवराज थापा, दिपक खड्का तथा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहेको थियो । देवचुली डान्सीङ्ग स्टारको उत्कृष्ट ९ जना प्रतियोगीतको प्रस्तुती समेत आर्कषणको केन्द्र रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य