कात्तिक २९, चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला आजदेखि सुरु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला आजदेखि सुरु भएको छ । 

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौराति मेला आजदेखि सुरु

२९ कार्तिक २०७३, सोमबार ०५:१५


कात्तिक २९, चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला आजदेखि सुरु भएको छ । 

प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु भई तीन दिनसम्म चल्ने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । 

सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा नगरपालिका–२ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगि पूर्णिमाको रात गौराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनःफर्काइन्छ । 

गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराति भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने गर्दछन् । 

पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे । गाईले रातिराति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएको कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । 

धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घन्टाको आधारमा ४३१ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । 

मन्दिरमा मेला अवधिभर हजारौँ पशुपक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि विसं २०५३ मा पुनःनिर्माण गरी स्व राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो । 

सो अवसरमा राजारानीबाट रोपिएको रुद्राक्षलाई जिल्लावासीले सम्झनाको रुपमा लिँदै आएका छन् । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा