देवचुली महोत्सवमा भब्य दर्शक, ७ करोडको कारोबार

Posted on: 14 Nov, 2016

कार्तिक २९, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ भब्य रुपमा संचालन भईरहेको छ । महोत्सवको पाँचौ दिन सम्म मेलामा थेगी नसक्नुको मानिसहरु सहभगी रहेको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए । देवचुली टेलिभिजनको आयोजना र अन्य आधा दर्जन संघ संस्थाको सह आयोजनामा आफ्नो बार्षिक उत्सवको अवसरमा महोत्सव गरेको हो ।


मेलामा दैनिक रुपमा जिल्लाका विभिन्न स्थानबाट मानिसहरु अबलोकनको लागि नवलपरासीको कावासोती आएका छन् । मेलाको पाँचौ दिनका प्रमुख अतिथी लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी रहनुभएको थियो । पंगेनीले महोत्सव टेलिभिजनको आयोजना हुन एउटा नमूना कार्य भएको उल्लेख गर्दै आफू समेत युवाहरुलाई देश भित्र उद्यमशील बनाउने तवरको गीत संगीत गाउँदै आएको बताए । टेलिभिजनले चालेको अभियानमा आफ्नो समेत साथ रहेको दाबी गरे ।

मेलाको पाँचौ दिन सम्म करिव ७० हजार मानिसहरुले अवलोकन गरेका छन् भने करिव ७ करोडको कारोबार भएको छ । मेलामा २ सय स्टलहरु रहेका छन् । 

यस क्षेत्रमा हुने महोत्सव मध्य देवचुली महोत्सवमा निकै धेरै मान्छेहरु सहभागी बनेको पाए, कपडाको व्यापार गर्दै आएका रामहरी खतिबडाले भने, यहाँको व्यापारले हामी उत्साही छौं । महोत्सवमा रहेका व्यापारीहरु दिनभर निकै व्यस्त देखिने गरेका छन् । 

मेलामा कृषि प्रदशनी, मौलिक खानाका परिकार, राष्ट्रिय तथा स्थानीय उत्पादनको बिक्रि तथा प्रर्दशनी, बाल उद्यान, मौलिक घरहरु, मौलिक नाँच मानविय कृयाकलाप देखाउने उँट मुख्य आर्कषणको केन्द्रमा रहेको छ । मेलामा निकै धेरै मानिसहरु सहभागी बनेको महोत्सव हेर्न पुगेका कावासोतीका रामकृष्ण नेपालले प्रतिक्रिया दिए । 


महोत्सवको उत्साहले थप ५० स्टल थपिए 

महोत्सवमा देखिएको उत्साहले महोत्सव शुरु भएको चौथो दिन सम्म पनि स्टल बुकिङ्ग भएको छ । मेला शुरुभए पछि समेत थप ५० वटा स्टलहरु बुकिङ्ग भएको स्टल व्यवस्थापन समितिका संयोजक लाल प्रसाद बरालले बताए ।

उनले भने, मेलामा दर्शकहरुको उल्लेख्य उपस्थिती देखिएपछि यस क्षेत्रका तथा अन्य स्थानका व्यापारीहरु समेत स्टल बुकिङ्गको लागि कावासोती आएका हुन् । 

मेलामा दैनिक रुपमा राम्रो कारोबार भईरहेको व्यापारीहरुको प्रतिक्रिया रहेको छ । मेलामा स्थानीय भन्दा बाहिरका व्यापारीले स्टल बढी बुकिङ्ग गरेका छन् । छिमेकी महोत्सवबाट कावासोतीमा व्यापारीहरु आएको बताएका छन् । 


बिज्ञानदाता र महोत्सवमा सहयोग गर्नेलाई सम्मान 

देवचुली टेलिभिजनले आफ्नो आठौँ बर्ष प्रबेश गाठको अवसरमा आफूलाई बिज्ञापन दिएर सहयोग गर्ने बिज्ञानदाताहरु लाई सम्मान गरेको छ । महोत्सवमा हजारौँ दर्शकहरुको माझमा आईतबार कावासोतीमा रहेका बिज्ञापनदाताहरु लाई सम्मान गरिएको हो । यस्तै महोत्सव अबधिभर सम्मानको कार्यक्रम निरन्तर जारी रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक केबी रानाले देवचुली टिभिको अहिले सम्मको यात्रामा विज्ञापनदाता र अन्य शुभेच्छुकहरुले पूर्याएको योगदान स्वरुप सम्मान गरिएको बताए । महोत्सव अबधिभर बिज्ञापनदाता र सहयोगी संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।  

थारुको स्टीक डान्स र मगरको कौरामा दर्शकको आर्कषण

कला संस्कृतिको संरक्षण र प्रबद्धनको लागि आयोजना गरिएको प्रमथ देवचुली महोत्सवमा विभिन्न समुदायका मौलिक नाँचहरु समेत मुख्य आर्कषणको केन्द्रमा रहे । 

सोमबार नवलपरासीको कावासोती टरुवाका थारु महिलाहरुको स्टीक डान्स दर्शकहरुले निकै सुचाएका थिए । युवतीहरुले लाठीको सहयोगमा नाच्ने यो नाँच थारु समुदायमा निकै लोकप्रिय मानिन्छ । नवलपुर क्षेत्रमा हुने विभिन्न सांस्कृतिक कार्यक्रम तथा महोत्सवमा यस्तो नाँच देखाउने गरिएको छ । 

महोत्सवमा देउराली गाविसका युवतीहरुले प्रस्तुत गरेको कौरा नृत्य समेत मुख्य आर्कषणमा रह्यो । दर्शकहरुको समेत राम्रो साथ रहेपछि कौरा नाँच २ पटक देखाईएको थियो । महोत्सवमा मगर, गुरुङ, थारु लगाएत अन्य आदिबासी जनजातिहरुको मौलिक नाँच समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।  

बद्रीले रुवाए रमेशराजले नचाँए 

महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षणको रुपमा रहे । गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित सबै दर्शकको आँखा रसाए । लाउ चेली सिन्धुर लाऊ बोलको गीत गाउँदा दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो । स्टेज भन्दा दर्शकसँगै रहेर गीत गाउँने र दर्शकहरुलाई रुवाउँन माहिर उनले केहि रमाईला र नाँच्ने गीत समेत सुनाएँका थिए । 

स्टेज तल झरेर बृद्ध आमाबुबाको आँसु पुच्छै गीत गाउँदा बद्री पंगेनी स्वयमले पनि आँसु झारेका थिए । नेपाली युवाहरु बिदेशीनु परेको पीडा र घरमा बूढा आमा बुबा एक्लै बस्दाको पीडालाई गीत मार्फत सुनाउँदा उपस्थित सबैको आँखा रसाएको थियो । साथै ब्रदीले रुवाउनुको साथै दर्शकलाई नँचाएर पनि गए । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतहरुमा छमछमी नँचाएका पनि थिए । 

गायक बद्रीको साथमा अन्य थुप्रै राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुतीको साथमा दर्शक नँचाएका थिए । गायक रमेशराज भट्टराईले कार्यक्रमको अन्तिम प्रस्तुती दिर्दै दर्शकहरु झम्के साँझमा नचाए । बबालाल भयो, क्याकियूटी, आधा रातमा लगाएतका गीतहरु दर्शक समक्ष सुनाएका थिए । 

लोक दोहोरी गायक दिपक खड्का, गायिका उमा गिरी, याम बहादुर सारु मगर, हाँस्य कलाकार दिपक थापाको पनि बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तिमा गायिका उमा गिरी र गायक बद्री पंगेनीको दोहोरीमा पनि दर्शकहरु खुबै नाँचेका थिए । 

साथै मंगलबारको कार्यक्रममा मुख्य आकर्षकको रुपमा बरिष्ठ गायक पुरुर्षोत्तम न्यौपाने र जानकी तारामी मगर लगाएतका अन्य कलाकारको प्रस्तुती रहने साँस्कृति उप समिति संयोजक दिपक खड्काले जानकारी दिए  

महोत्सवको चौथो दिन लोकप्रिय गायक पशुपति शर्माको प्रस्तुती हेर्न मानिसहरुको ओहिरो लागेको थियो । देवचुली डान्सीङ्ग स्टारको उत्कृष्ट ९ जना प्रतियोगीतको प्रस्तुती समेत आर्कषणको केन्द्र रहेको थियो । आजदेखि लोक तथा दोहोरी गीत प्रतियोगीता समेत शुरु हुनेछ । महोत्सवको देवचुली टिभिले प्रत्यक्ष प्रसारण गर्दै घरमै रहेर महोत्सव हेर्ने व्यवस्था मिलाएको छ । नवलपरासी, चितवन, मकवानपुर, तनुहुँका केही स्थान र ईन्टरनेटको फेसबुक पेज मार्फत विश्वभर महोत्सव हेर्ने व्यवस्था मिलाएको देवचुली टिभिका स्टेशन म्यानेजर कृष्ण कुमारी ढकालले जानकारी दिईन् । उनले यसरी १० दिन पूरै कार्यक्रम प्रशारण हुँन सम्पूर्ण नवलपरासी बासीको लागि समेत गौरवको बिषय भएको बताईएन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!