रामचन्द्र न्यौपाने/कात्तिक ३०, डोल्पा । कर्णाली क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रामचन्द्र न्यौपाने/कात्तिक ३०, डोल्पा । कर्णाली क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ ।&"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका महिलाको जीवन: बाह्रै महिना काम, नाजुक स्वास्थ्य

२०७३, ३० कार्तिक मंगलवार ०३:४४


रामचन्द्र न्यौपाने/कात्तिक ३०, डोल्पा । कर्णाली क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ । 

कामै कामको ध्याउन्नले वर्षमा एकपटक आउने चाडपर्व कतिखेर आउँछ कतिखेर जान्छ पत्तै नहुने त्रिपुराकोट गाविसमा बस्ने स्थानीय कालीका उपाध्यायले बताइन् । 

यहाँका महिलालाई घरको कामकाजले बिरामी पर्दा सिटामोल किन्नेसम्म फुर्सद पनि नहुने उपाध्यायको भनाइ छ । यसले गर्दा विभिन्न खाले दीर्घरोगबाट सङ्क्रमित हुनुपरेको उनले बताइन् । 

परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको र एउटै खेतमा पाँचदेखि दश पटकसम्म खट्दा पनि उत्पादन दुई महिना पनि खान नपुग्ने हुने गरेको उपाध्यायले बताइन् । 

एकातिर खेतबारीको कामको चाप, अर्कोतिर महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले ग्रामीण महिला झनै समस्यामा परेको गाविसस्तरीय महिला सञ्जाल त्रिपुराकोटकी अध्यक्ष दिलमाया विष्टले बताउनुभयो । 

बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलोचौकासम्म आफँै गर्नुपर्ने यहाँका महिलाको नियति भएको विष्टले बताउनुभयो । त्यसमाथि कर्णालीका दलित महिलाको अवस्था झन दर्दनाक भएको र सानैमा बिहे गराइदिने यहाँको प्रचलनले २० वर्ष नकाट्दै चार पाँचवटा बच्चाको आमा बन्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो । 

चेतनाको कमीले उनीहरुको शरीर बच्चा जन्माउने मेसिनजस्तै सावित भएको छ उहाँले थप्नुभयो । दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने पैसाको अभावमा कलिलै उमेरमा पढाइ लेखाइबाट वञ्चित हुने र बिहे गराइदिने यहाँका प्रचलनले महिलाको जीवन एकदमै कष्टकर भएको दलित सङ्घ केन्द्रीय सदस्य राजीमान सार्कीले बताउनुभयो । 

राजनीतिक चेतनाको हिसाबमा कुरा गर्ने हो भने पनि उनीहरु निकैनै पछाडि रहेको सार्कीले बताउनुभयो । सामान्य लेखपढ पनि नगरेरै बिहे गर्नाले उनीहरुलाई रोजगारीको अवसर पनि मिल्दैन, यसले गर्दा उनीहरुको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, अतः उनीहरुले बिहान बेलुकी छाक टार्नका लागि अर्काको मजदुरी गर्नुको विकल्प छैन, उहाँले भन्नुभयो । 

यहाँका महिलाको चैत महिनादेखि सुरु भएको काम पुस माघको अत्यन्तै चिसो हिमपात हुने समयसम्म पनि निरन्तर चलिरहन्छ । त्रिपुराकोट गाविस–१ मा बस्ने हरि सार्कीको पीडा सुन्दा जो कसैको आँखा रसाउँछ । कामको चापले उनलाई खाना खाने फुर्सद पनि छैन । दैनिक मेसिनजस्तै खेतबारीको काममा खट्नु पर्दछ । 

“बिहानै चुलोचौको गरिसकेपछि काममा निस्कन्छु । दिउँसो समय निकालेर खाना खान्छु, फेरि बच्चा पिठ्युँमा बोकेर काममा निस्कन्छु । निरन्तरको काम र असन्तुलित खानपानले शरीर सुक्दै गएको छ, स्वास्थ्य बिग्रदै गएको छ, के गर्नु जति काम गरेपनि वर्षभरिको खेतीले दुई महिना पनि राम्रोसँग खान पुग्दैन, बाँकी महिना अरुको मजदुरी गर्नुपर्दछ,” सार्कीले बताइन् । 

दलित महिला त प्रतिनिधि पात्र मात्र हुन् कर्णालीका सम्पूर्ण महिलाको पीडा उस्तै हो, भौगोलिक रुपमा विकट भएकाले सहर बजारको जस्तो जनजीवन सहज छैन । पिठ्यँुमा भारी, निधारमा नाम्लो कहिल्यै छुट्दैन उनीहरुलाई । 

यहाँका महिला उत्थानको लागि च्याउ जस्तै खोलिएका गैरसरकारी संस्थाले पनि खासै उपलब्धिमूलक काम गर्न नसकेको सरोकारवालाको बुझाइ छ । खाली तीनले यहाँका महिला, बालबालिकाको तस्बिर बेचेर डलर कुम्ल्याउने गरेको उनीहरुको आरोप छ । 

यिनीहरुको सशक्तीकरणका लागि सरकारी तवरबाट नीति नियम बने तापनि व्यवहारमा उतार्न नसकिएको दलित अधिकारकर्मी मनबहादुर सार्कीले बताउनुभयो । शरीरले थेग्न नसक्ने काम, त्यसमाथि सासमात्र जोगाउने किसिमको खानपानले उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको सार्कीको भनाइ छ । 

चेतनाको कमीले गर्दा निरन्तरको धुम्रपानले उनीहरुको स्वास्थ्य थप खतराको मुखमा पुगिरहेको उहाँले बताउनुभयो । यहाँका महिला चुलोचौकोमा मात्र सीमित भएकाले हरेक प्रकारको विकास, निकास तथा राज्यको संरचनामा महिला सहभागिता कानुनमा मात्र सीमित रहेको स्थानीय युवा हिम हमालले बताउनुभयो । 

देशका कुना कन्दरामा दर्दनाक जीवन बिताइरहेका उनीहरुको उत्थानका लागि सीपमूलक तालिम प्रदान गरेर उनीहरुलाई आत्मनिर्भर बनाउन सक्ने हो भने उनीहरुको जीवनस्तर माथि उठ्ने उहाँको बुझाइ छ । रासस 

फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा