२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भूपी जयन्तीमा विशेष कवि गोष्ठी

२ पुष २०७२, बिहीबार ०९:०४

bhupi sherchanपुस २, पोखरा । कवि भूपी शेरचनको जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कवि
गोष्ठी हुने भएको छ । पोखरेली युवा सांस्कृति परिवारले उनको ८० औं जन्म जयन्तीको अवसरमा पुस ४ गते विशेष
कवि गोष्ठी गर्ने भएको हो ।

उनको जन्म भने वि सं १९९२ साल पुस
१० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो । ‘भूपी शेरचनको सम्मानमा विशेष कवि गोष्ठीको आयोजना
गरेका हौं’, परिवारका अध्यक्ष सुरेश रानाभाटले भने, ‘गोष्ठीमा झण्डै २० जना कविले कविता वाचन गर्नेछन्
।’

कवि भूपी शेरचन यो युगका कवि भएकाले उनको सम्मान र नयाँ
पुस्तामा उनको बारेमा जानकारी गराउने खालका कार्यक्रम आवश्यक रहेको कवि तथा परिवारका सल्लाहकार तीर्थ
श्रेष्ठले बताए । गोष्ठीमा विशेष रुपमा उनका सहकर्मी तथा उनलाई नजिकबाट चिनेका व्यक्तिहरु पनि उपस्थित
भएर उनका सृजनाकर्मका विषयमा जानकारी दिने कार्यक्रम पनि रहेको परिवारले जनाएको छ ।

परिवारले गर्दै आएको समता काव्य सन्धासमेत समावेश गरी हुने गोष्ठीमा उनका केही
कविता वाचनसँगै पोखरा तथा आसपासका झण्डै २० जना कविले कविता वाचन गर्ने कार्यक्रम रहेको परिवारका
साहित्य संयोजक प्रकास ज्ञवालीले जानकारी दिए ।

गोष्ठी नयाँ
पुरना गरी कविता वाचन गर्ने कविहरुको नाम छनोट भईसकेको र पोखरा उद्योग वाणिज्य संघधको अमृत कक्षमा
दिउँसो ३ बजेदेखि गोष्ठी सुरु हुने आयोजकले जानकारी दिएको हो । भूपी जयन्तीकै अवसरमा थकालि सेवा समितिले
पनि ११ गते शनिबार विशेष कार्यक्रम राखेको छ ।

उनको नाम
भूपेन्द्रमान शेरचन भएपनि नेपाली साहित्य आकाशमा भूपि शेरचनका नामले परिचित छन् । कवि भूपी शेरचनले नयाँ
धारको कविताको शैलीलाई विकास गरेका थिए । उनले हिँडेको कविताको बाटो नै अहिले कविता हिँडिरहेको बताइन्छ
। सरल र अनुप्रासयुक्त शब्दहरुमार्फत् सामाजिक विकृतिविसंगतिमा प्रहार गर्नु र परिवर्तनको आव्हान गर्नु
उनका सिर्जनाका विशेषता हुन् ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उनको सबैभन्दा चर्चित कृति हो ।
शेरचनका ‘परिवर्तन’ नाटक (२०१०) , ‘नयाँ झयाउरे’ गीतिकविता संग्रह (२०१०), ‘निर्झर’ (कविता संग्रह
(२०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ कवितासंग्रह (२०२५), र पछिल्लो समय २०५७ सालमा शिव रेग्मीको
सम्पादनमा ‘भूपि शेरचनका कविताहरू’ –कवितासङ्ग्रह (२०५७) कृति प्रकाशन भएका छन् कवि शेरचनका नयाँ
झ्याउरे, निर्झर र घुम्नेमेचमा अन्धोमान्छे कविता संग्रह प्रकाशीत छन । भूपि शेरचनको घुम्ने मेचमाथि
अन्धो मान्छे कृति साझा पुरस्कार पाउने पहिलो कृति हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव