२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भूपी जयन्तीमा विशेष कवि गोष्ठी

२०७२, २ पुष बिहीबार ०९:०४

bhupi sherchanपुस २, पोखरा । कवि भूपी शेरचनको जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कवि
गोष्ठी हुने भएको छ । पोखरेली युवा सांस्कृति परिवारले उनको ८० औं जन्म जयन्तीको अवसरमा पुस ४ गते विशेष
कवि गोष्ठी गर्ने भएको हो ।

उनको जन्म भने वि सं १९९२ साल पुस
१० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो । ‘भूपी शेरचनको सम्मानमा विशेष कवि गोष्ठीको आयोजना
गरेका हौं’, परिवारका अध्यक्ष सुरेश रानाभाटले भने, ‘गोष्ठीमा झण्डै २० जना कविले कविता वाचन गर्नेछन्
।’

कवि भूपी शेरचन यो युगका कवि भएकाले उनको सम्मान र नयाँ
पुस्तामा उनको बारेमा जानकारी गराउने खालका कार्यक्रम आवश्यक रहेको कवि तथा परिवारका सल्लाहकार तीर्थ
श्रेष्ठले बताए । गोष्ठीमा विशेष रुपमा उनका सहकर्मी तथा उनलाई नजिकबाट चिनेका व्यक्तिहरु पनि उपस्थित
भएर उनका सृजनाकर्मका विषयमा जानकारी दिने कार्यक्रम पनि रहेको परिवारले जनाएको छ ।

परिवारले गर्दै आएको समता काव्य सन्धासमेत समावेश गरी हुने गोष्ठीमा उनका केही
कविता वाचनसँगै पोखरा तथा आसपासका झण्डै २० जना कविले कविता वाचन गर्ने कार्यक्रम रहेको परिवारका
साहित्य संयोजक प्रकास ज्ञवालीले जानकारी दिए ।

गोष्ठी नयाँ
पुरना गरी कविता वाचन गर्ने कविहरुको नाम छनोट भईसकेको र पोखरा उद्योग वाणिज्य संघधको अमृत कक्षमा
दिउँसो ३ बजेदेखि गोष्ठी सुरु हुने आयोजकले जानकारी दिएको हो । भूपी जयन्तीकै अवसरमा थकालि सेवा समितिले
पनि ११ गते शनिबार विशेष कार्यक्रम राखेको छ ।

उनको नाम
भूपेन्द्रमान शेरचन भएपनि नेपाली साहित्य आकाशमा भूपि शेरचनका नामले परिचित छन् । कवि भूपी शेरचनले नयाँ
धारको कविताको शैलीलाई विकास गरेका थिए । उनले हिँडेको कविताको बाटो नै अहिले कविता हिँडिरहेको बताइन्छ
। सरल र अनुप्रासयुक्त शब्दहरुमार्फत् सामाजिक विकृतिविसंगतिमा प्रहार गर्नु र परिवर्तनको आव्हान गर्नु
उनका सिर्जनाका विशेषता हुन् ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उनको सबैभन्दा चर्चित कृति हो ।
शेरचनका ‘परिवर्तन’ नाटक (२०१०) , ‘नयाँ झयाउरे’ गीतिकविता संग्रह (२०१०), ‘निर्झर’ (कविता संग्रह
(२०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ कवितासंग्रह (२०२५), र पछिल्लो समय २०५७ सालमा शिव रेग्मीको
सम्पादनमा ‘भूपि शेरचनका कविताहरू’ –कवितासङ्ग्रह (२०५७) कृति प्रकाशन भएका छन् कवि शेरचनका नयाँ
झ्याउरे, निर्झर र घुम्नेमेचमा अन्धोमान्छे कविता संग्रह प्रकाशीत छन । भूपि शेरचनको घुम्ने मेचमाथि
अन्धो मान्छे कृति साझा पुरस्कार पाउने पहिलो कृति हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन