2026-07-10 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ ढडुवामा आफ्नै घर अगाडि पार्किङ गरी राखेको ग२४प ६९१२ नम्बरको मोटरसाइकलसहित कास्कीका २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२३ पुम्दीभुम्दीका २९ वर्षीय जितु विक र पोखरा २२ घाँटीछिनाका १९ वर्षीय राम सुनार रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

ढडुवाका दिपकचन्द्र गौतमले आफनै घरमा पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार राति हराएको भन्दै प्रहरीलाई खोजतलासका लागि निवेदन दिएका थिए । अस्थायी प्रहरी पोष्ट मट्टीखान स्याङ्जाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ फेदिखोला गाउँपालिका–१ नैखु अयरपानीबाट हराएको मोटरसाइकलसहित विक र सुनारलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । दुवै जनालाई चोरीसम्बन्धी मुद्दा दर्ता गरी आइतबार अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रनाउ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो