एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । गाउँ परिषदमा समावेश गरिने योजनाहरुका सवालमा बालबालिकाहरु आफ्ना योजनाहरु निर्माणमा जुटेका छन् । जिल्लाका विभिन्न गाविसहरुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । गाउँ परिषदमा समावेश गरिने योजनाहरुका सवालमा बालबालिकाहरु आफ्ना योजनाहरु निर्माणमा जुटेका छन् । जिल्लाका विभिन्न गाविसहरुम"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा योजना छान्दै बालबालिका

२०७३, ३० कार्तिक मंगलवार १४:५७


एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । गाउँ परिषदमा समावेश गरिने योजनाहरुका सवालमा बालबालिकाहरु आफ्ना योजनाहरु निर्माणमा जुटेका छन् । जिल्लाका विभिन्न गाविसहरुमा गठित वालक्लवहरु अहिले गाविस स्तरमा भालभेलामा जुट्दै योजना छनौटको चरणमा लागेका हुन । 

बालबालिकाको क्षेत्रमा वजेट आउँछ भन्ने सम्म थाहा नहुने बालवालिकाहरु विभिन्न निकायहरुले भालसहभागितालाई जोड दिन थालेसंगै उनिहरु योजना निर्माण तथा अन्य सचेतनात्मक क्रियाकलापमा सहभागिता जनाउँदै आएका छन् । 

“बालभेला मार्फत हाम्रा योजनाहरु हामी आफै छनौट गरेका छौं” तोरवाङ्ग गाविसमा गठित गाविस स्तरीय वाल क्लवका उपाध्यक्ष कमल सुनारले भने, योजना निर्माण गरि कार्यान्वयनका लागि गाविसमा पेश गरेका छौं ।’ 

अघिल्लो आर्थिक वर्षमा पनि बालभेला मार्फत योजनाहरु निर्माण गरि आफ्नै नेतृत्वमा विभिन्न क्रियाकलापहरु संचालन गरेको उनले बताए । पहिलेका वर्षमा बालबालिकालाई लक्षित गरि वजेट आउँने थाहा नहुदा आफ्नो वजेट दुरुपयोग भई रहेको रहेछ भन्ने बल्ल थाहा पाएको उनको भनाई छ । 

‘वालक्लव गठन हुनु पुर्व वालवालिकाहरुलाई छुट्टै वजेट आउँछ भन्नेवारेमा हामी अनविज्ञ थियौ’ पुनले भने,‘वजेटको सहि सदुपयोग संगै अन्य सामाजिक क्रियाकलपमा समेत बालवालिकाहरु अहिले सक्रिय वन्दै आएका छा्रैं ।’गाविसका सवै वार्डवाट वालवालिकाहरुको सहभागितामा योजना तर्जुमा गरेको उनले बताए ।

बालक्लव मार्फत स्थानीयस्तरमा बालवालिकाका सवालहरुलाई प्राथमिकतामा राखि विभिन्न अभियानहरु संचाल गर्दै आएको गोठिवाङ्ग गाविसमा गठित बाल संजालकि अध्यक्ष बविता वस्नेतले बताइन । ‘गाविस स्तरको योजना तर्जुमा तथा बालवालिका सम्वन्धी अन्य निर्णयहरु समेत हाम्रो सहभागितमा गर्दै आएका छौं’ उनले भनिन,‘पछिल्लो पटक वालवालिका सम्वन्धमा निर्णय हुदा अनिवार्यरुपमा हामीलाई खोजी गरिन्छ ।’ 

वाल भेला मार्फत आगामी वर्षका लागि योजना तर्जुमा तथा अन्य कार्यक्रमहरु तय गरिएको उनले बताइन । गाविस तथा कालिका विकास केन्द्र नेपालद्धारा संचालित सेभदचिल्ड्रेन कार्यक्रम मार्फत विभिन्न क्षमता विकास र अधिकारका कुराहरु जान्न पाउँदा आफूहरुमा सक्रियता तथा सहभागितामा वृद्धि हुदै आएको उनले बताइन ।

बालबालिका लक्षित वजेटमा बालभेला मार्फत योजना छनौटका लागि गाविसहरुलाई निर्देशित गरिएको जिल्ला विकास समिति प्यूठानका सुचना अधिकृत तथा स्थानी बालमैत्री शासन सम्वद्धव्यक्ति लक्ष्मण आचार्यले बताए । 

बालवालिकाहरु सक्रिय वन्दै जाँदा गाविसमा आउने वजेट सम्वन्धीत शिर्षकमै सदुपयोग हुदै आएको तोरवाङ्ग गाविसका प्राविधिक साहायक वासुदेव गिरीको भनाई  छ ।  ‘गाविसको सर्वदलिय वैठकवाटनै कुन शिर्षकमा वजेट कार्यान्वयन गर्ने भन्ने निर्णय हुदै आउथ्यो’ गिरीले भने ‘तर अहिले वालवालिकाहरुको सहभागितामा नै योजना छनौट तथा कार्यान्यन हुँदै आएको छ ।’ 

बालसहभागिता र क्षमता विकासमा समेत यसले टेवा पु¥याएको उनको भनाई छ । जिल्लाका विभिन्न १५ गविसमा बालक्लव गठन,क्षमता विकास,तथा वालअधिकारका विषयमा विभिन्न गतिविधि संचालन गर्दै आएको कालिका विकास केन्द्र नेपाल सेभदचिल्ड्रेन कार्यक्रमका संयोजक सरोज श्रेष्ठले बताए । ‘नेपाल सरकारको बालमैत्री स्थानीय सासनलाई स्थापित गर्न समेत कार्यक्रमले जोड दिदै आएको छ’ उनले भने । 

जिल्लाभर ४ सय ३ वालक्लवहरु गठन भएको तथ्याक रहेको जिल्ला वालकल्याण समिति प्यूठानका वालवालिका अधिकृत यादव खनालले बताए । 


तस्बिर: बालभेला मार्फत योजना तर्जुमा गर्दै तोरवाङ्गगाविसका वालवालिकाहरु । तस्विर: एलिसा बस्नेत



 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह