२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा जेसीज वर्ष २०१६ कार्यसमितिको पदस्थापन

२०७२, २० पुष सोमबार ०९:४६

पुस, पोखरा । पोखरा जेसीज वर्ष २०१६ कार्यसमितिको पदस्थापन गराईएको छ । हालै
निर्वाचित पोखरा जेसीजका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल जेसीजका अध्यक्षको समुपस्थितिमा शुक्रबार
पदस्थापन गराईएको हो ।

पोखरा जेसिजका वर्ष २०१५ का अध्यक्ष
छविलाल सुवेदीले वर्ष २०१६ का अध्यक्ष गोविन्दप्रसाद देवकोटालाई जेसीजको विधान बमोजिम सपथ गराउँदै
अध्यक्षको चेन हस्तान्तरण गरेका थिए । यस्तै, अध्यक्ष देवकोटाले कार्यसमितिका पदाधिकारीहरुलाई सपथ खुवाए

jci pokhara

पोखरा जेसिजमा वर्ष २०१६ का लागि कानुनी सल्लाहकार
शिवप्रसाद कोईराला, कार्यकारीणी उपाध्यक्ष शिव सुवेदी, महासचिव सन्तोष शाही, कोषाध्यक्ष शिवप्रसाद
सापकोटा, सचिव मीनराज खड्का, सहकोषाध्यक्ष नारायण खनाल, उपाध्यक्षहरुमा यज्ञपुरुष रिजाल, अनन्त
प्रधानाङ्ग, महेन्द्र सापकोटा र विनोद भुजेल छन् । चार निर्देशकहरुमा शक्ति बरुवाल, प्रकाश घिमिरे,
दिपेन्द्र बस्ताकोटी र अशोक पौडेल छन् । यस्तै, थिम डाईरेक्टरमा शालिकराम गिरी, लोम ईडिटरमा छविलाल
पौडेल, मोनिटरिङ चेयरपर्सन अमृत बास्तोला, ग्रोथ चेयरपर्सन शिवराज घिमिरे, ट्रेनिङ पुल चेयरपर्सन सुवास
सुवेदी, ट्रेनिङ प्राक्टिस कोओर्डिनेटर मोहनप्रसाद अधिकारी, पब्लिक रिलेशन अफिसर नविन थापा, फ्राईडे
ओराटरी कोओर्डिनेटर मोहन थापा, मिडिया रिलेशन अफिसर रञ्जन अधिकारी हुन् । यसैगरी, एलबीएन चेयरपर्सन
बसन्त रेग्मी, ईन्टर लोम कोओर्डिनेटर छविलाल पनेरु, अवार्ड प्रमोशन चेयरपर्सन रोशन भट्टराई, मेम्बर
कोओर्डिनेशन चेयरपर्सन भाइराज रानामगर, फण्ड राईजिङ चेयरपर्सन सुवास अधिकारी, ईभेन्ट मेनेजमेन्ट
कोओर्डिनेटर बद्रीनाथ आचार्य, फेलोसिप कोओर्डिनेटर दुर्योधन खड्का, एनजिओ÷आईएनजिओ कोओर्डिनेटर गणेश
गिरी, सेक्रेटरियल म्यानेजमेन्ट कोओर्डिनेटर शिव केसी, एलआरपिसी रविन्द्र गुरुङ, बोर्ड सल्लाहकार
दीपेन्द्र पहारी र अध्यक्षीय सल्लाहकारमा किरण केसी छन् ।

वर्षभरको योजना सुनाउँदै अध्यक्ष देवकोटाले सबैको सहमतिमा आफु पदमा पुगेकाले सबैको भावनालाई
कदर गर्दै सल्लाहसुझावलाई शिरोपर गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनले मिस पोखरालाई निरन्तरता दिने,
फलदायी तालिमहरुको आयोजना गर्ने, समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै
विगतमा गरिँदै आएका कार्यहरुलाई आफू नेतृत्व समितिले निरन्तरता दिने बचनवद्धता प्रकट गरे । निवर्तमान
अध्यक्ष छवि सुवेदीले वर्षभरको समीक्षा गर्दै आफुले मिस पोखरालाई निरन्तरता दिन सफल भएको र विभिन्न
तालिम आयोजना सफलता पुर्वक गरेकाले आफ्नो समितिका सबै पदाधिकारी सदस्यप्रति आभार प्रकट गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका अध्यक्ष जेसिआई सिनेटर जगत
पोखरेलले पोखरा जेसीज सबै शाखाहरुमध्ये एक उत्कृष्ट र नेतृत्वदायी शाखा रहेको जनाउँदै हरेक वर्षका
गतिविधिहरु पृथक र स्मरणयोग्य रहेकाले यस वर्षको टिम पनि अझै बढि सफल रहने विश्वास व्यक्त गरे । ‘जिल्ला
शाखाहरुमा पर्याप्त तालिम हुन सकेका छैनन् , फण्डको अभाव छ।’ उनले भने– ‘अब केन्द्रसँग समन्वय गर्दै सबै
युवाहरु एकजुट भएर जेसीजको अभियानमा जुट्नुछ ।’

सो अवसरमा बीमा
समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसीले पोखरा जेसीजमा विभिन्न क्ष्ोत्रका सृजनशील, प्रतिभावान
युवाहरु आबद्ध भएको देख्दा धेरै खुशी लागेको बताए । पुर्व अध्यक्षहरुका तर्फबाट बसन्त उदासले जेसिजको
मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा ब्यास नगर जेसीजका अध्यक्ष माधव न्यौपाने, लेखनाथ जेसीजका अध्यक्ष विनोद लामिछाने,
मिस पोखरा २०१५ सविना राना भुजेललगायतले बोलेका थिए । पोखरा जेसीजका महासचिव सन्तोष शाहीले संचालन गरेको
कार्यक्रममा निर्देशक यज्ञपुरुष रिजालले आस्थापाठ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन