२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रजातान्त्रिक विचार ससससमाजको अध्यक्षमा डा. शर्मा

२२ पुष २०७२, बुधबार ०९:४९

पुस, पोखरा ।  प्रजातान्त्रिक विचार समाज पोखराको नयाँ
कार्यसमितिको अध्यक्षमा डा. गिरधारी शर्मा निर्विरोध रुपमा चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा विन्दु
पौडेल, सचिव तुलसी खनाल, सहसचिव ब्रिजेन्द्र केसि,कोषाध्यक्ष शिशुकला पौडेल चयन हुनुभएको छ । सदस्यमा
रमेश पौडेल, अभधेश सिंह, वीरबहादुर कार्की, ऋषिराम सापकोटा, रोहितराज बास्तोला, डा. कृष्ण भण्डारी,
सुन्दरकुमार श्रेष्ठ, जगन्नाथ रेग्मी, आनन्दमणि रिजाल र जीता बराल चयन हुनुभयो ।
girdhari sharma

समाजको सातौ अधिवेसन उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले
संविधान राम्रो भए पनि कार्यान्वयनका पक्ष जटिल भएको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक डा. यज्ञ
अधिकारीले नेपालको संविधानका अन्तरबस्तु र सामाजिक न्याय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

कार्यपत्रमा संविधानले ग्यारेण्टी गरेका मौलिक हक धेरै भएको तर कर्तव्यका बारेमा थोरैमात्र उल्लेख
गरिएकोले संविधान कार्यान्वयन पक्ष जटिल भएको औल्याउनुभयो ।
संविधानमा हरेक जातजाति वर्ग समुदायका
लागि अधिकारको व्यवस्था गरिएकोले यो संविधानलाई सामाजिक र न्यायमैत्री भन्न सकिने डा. अधिकारीको
कार्यपत्रमा उल्लेख छ , साथै सामाजिक न्यायका बारेमा बुझाउन नसक्दा मधेसमा आन्दोलन भएको उहाँले स्पष्ट
समेत पार्नुभयो ।

कार्यक्रममा अधिवक्ता रत्नजंग कार्कीले संविधानमा रहेका प्रावधान वर्तमान
सरकारले मन्त्रीमण्डल ४० सदस्यीय बनाएर यसको खिल्ली उडाएको बताउनुभयो ।

कार्यक्रममा समाजका
केन्द्रीय सदस्य प्रा.डा.वेदनाथ शर्मा, काँग्रेस नेता सोभियतबहादुर अधिकारी, प्रेस युनियनका केन्द्रीय
उपाध्यक्ष रमेश पौडेल, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. यमनाथ तिमिल्सिना,
पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका इकाइ सभापति कमल पौडेल , डीएलए कास्कीका अध्यक्ष कृष्णप्रसाद
तिमिल्सिना, पश्चिमाञ्चल ईन्जिनियरिङ् क्याम्पस ईकाइका अध्यक्ष रमेश बास्तोला, वन विज्ञान अध्ययन
संस्थाका डीन चिरञ्जीवी उपाध्याय, समाजका सल्लाहकार डा.पदमशरण रेग्मी, हेडम्बप्रसाद कोइराला, लगायतले
संविधान कार्यान्वयन गर्न प्रजातान्त्रिक विचार समाजले विचार प्रवाहका लागि काम गर्नुपर्ने बताउनुभयो

संस्थाका अध्यक्ष डा. बासुदेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ‘विचार प्रवाह’ स्मारिका
समेत लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव