२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिसीईएस आई. टी महोत्सबको तयारी पुरा

२३ पुष २०७२, बिहीबार ०९:४८

पुस २३,
पोखरा ।
पोखराको लामाचौरमा हुने छैटौं जि सी ई एस आई. टी महोत्सबको तयारी पुरा भएको छ । गण्डकी
कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्स को आयोजनामा यहि पुसको २४ र २५ गते हुने महात्सबको तयारी पुरा भएको
आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

महात्सबको उद्घाटन
नेपाल सरकारका प्रबक्ता एवं सुचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्नुहुनेछ । पत्रकार सम्मेलनमा कलेजका
प्राचार्य रवीप्रसाद बरालले नेपालमा बिशुद्ध रुपमा आई।टीको अध्ययन गराउने एक मात्र कलेज गण्डकी कलेज अफ
ईन्जिनियरिङ्ग एण्ड साईन्स रहेको जानकारी दिदै बदलिदो विश्वमा जुनसुकै काम गर्दा पनि आई।टीको आवश्यकता
पर्ने भएकाले महोत्सव महत्वपूर्ण हुने बताउनुभयो । सन १९९८ मा पोखरा विश्वविद्यालयको स्थापना लगत्तै
गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्समा आईटीको पढाई शुरु गरेको जानकारी दिदै बरालले सूचना
प्रविधिको विकासले पोखरा र नेपाललाई नै डिजिटलमा बदल्न सकिने उल्लेख गर्नुभयो । यसअघि कलेजले सन २००६,
२०११, २०१३ र २०१४ मा आईटी महोत्सव गरेको थियो ।

यसपटक हुन लागेको छैटौं महोत्सबमा करिब ५ हजार दर्शकले अवलोकन गर्ने
अनुमान गरिएको छ भने करिब ४ लाख खर्च लाग्ने कलेजले जनाएको छ । नेपाललाई सुहाउदो सूचना प्रविधि,
सक्प्यूटर सफ्टवेयर र यसले नेपाल निर्माणमा खेल्नसक्ने भूमिकाबारे विद्यार्थी, व्यवसायी, नीति
नियमकर्ता, सामाजिक नेतृत्वकर्ता र सर्वसाधारणमाझ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव गर्न
लागिएको हो । यूनाईटेड थ्रु आईटी भन्ने नारासहित हुने महोत्सबमा सफ्टवेयर प्रर्दशनीसँगै राष्ट्रव्यापी
कलेजस्तरीय सफ्टवेयर प्रतियोगिता, उच्च माविस्तरीय निबन्ध लेखन प्रतियोगिता, विद्यालयस्तरीय वेव
कम्पीटिसन, लाईभ कन्सर्ट लगायतका कार्यक्रम हुने महात्सब मुल आयोजक समितीका अध्यक्ष आमुद बास्तोलाले
जानकारी दिनुभयो ।

विभिन्न प्रतियोगिताका विजेता उपविजेताहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ । महोत्सवमा
कलेजका बिद्यार्थी बिराज भण्डारीद्धारा निर्मीत ब्याट्रीबाट चल्ने साईकल ‘गंगारानी’ को सार्बजनिक गरिने
कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव