२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकीय नगरी पोखरामा धितोपत्रहरुको निक्षेप सेवा सुरु

२३ पुष २०७२, बिहीबार ०९:५१

पुस २३, पोखरा ।  पर्यटकीय नगरी पोखरामा
आजदेखि धितोपत्रहरुको निक्षेप सेवा सुरु भएको छ । अहिले देशभरका ४४ जिल्लाका ६६ स्थानमा उपलब्ध यो
सेवालाई आगामी असारमसान्त सम्ममा ७५ वटै जिल्लामा विस्तार गरिने नेप्सेको योजना अनुसारपोखरामा पनि सेवा
विस्तार गरिएको हो ।

एनआइबिएल क्यापिटलले सुरु गरेको यो सेवाको
उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०
का प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत
देवप्रकाश गुप्ताले संयुक्त रुपमा गर्नुभयो ।

कार्यक्रममा
नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सिडिएसका अध्यक्ष सीताराम थपलियाले निक्षेप सेवालाई आगामी असार
सम्ममा ७५ जिल्लामा पु¥याउने जानाकरी दिनुभयो । अहिले यो सेवा देशभर ४४ जिल्लाका ६६ स्थानमा उपलब्ध छ

धितोपत्रहरुको कारोबार आधुनिक प्रविधिबाट सुरक्षित र
तीब्र गतिमा गर्ने÷गराउने उद्देश्यले नेप्सेको सहायक कम्पनीका रुपमा स्थापित सिडिएस एन्ड क्लियरिङ
लिमिटेडबाट धितोपत्रहरु लाई विद्युतीय रुपमा शेयर जम्मा तथा सार्ने गर्ने कार्य हुँदै आएको छ । यस
अनुसार अहिलेसम्म एक लाख ४० हजारभन्दा बढी डिपी खाता खोलि सकिएका छन् भने २८ करोड कित्ताभन्दा बढी सेयर
अभौतिकृत भइसकेको छ ।

नेप्सेमा सक्रिय कारोबार हुने ९९
प्रतिशत कम्पनीहरुको सेयर अभौतिकीकरण कार्य सम्पन्न भइसकेको छ । निक्षेप सेवा उद्घाटनकै अवसरमा
लगानीकर्ता सचेतना कार्यक्रम पनि भएको छ । सचेतना कार्यक्रममा वक्ताहरुले लगानीकर्ताहरु लाई
बुद्धिमत्तापूर्वक सेयरमा लगानी गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव