२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकीय नगरी पोखरामा धितोपत्रहरुको निक्षेप सेवा सुरु

२०७२, २३ पुष बिहीबार ०९:५१

पुस २३, पोखरा ।  पर्यटकीय नगरी पोखरामा
आजदेखि धितोपत्रहरुको निक्षेप सेवा सुरु भएको छ । अहिले देशभरका ४४ जिल्लाका ६६ स्थानमा उपलब्ध यो
सेवालाई आगामी असारमसान्त सम्ममा ७५ वटै जिल्लामा विस्तार गरिने नेप्सेको योजना अनुसारपोखरामा पनि सेवा
विस्तार गरिएको हो ।

एनआइबिएल क्यापिटलले सुरु गरेको यो सेवाको
उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०
का प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत
देवप्रकाश गुप्ताले संयुक्त रुपमा गर्नुभयो ।

कार्यक्रममा
नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सिडिएसका अध्यक्ष सीताराम थपलियाले निक्षेप सेवालाई आगामी असार
सम्ममा ७५ जिल्लामा पु¥याउने जानाकरी दिनुभयो । अहिले यो सेवा देशभर ४४ जिल्लाका ६६ स्थानमा उपलब्ध छ

धितोपत्रहरुको कारोबार आधुनिक प्रविधिबाट सुरक्षित र
तीब्र गतिमा गर्ने÷गराउने उद्देश्यले नेप्सेको सहायक कम्पनीका रुपमा स्थापित सिडिएस एन्ड क्लियरिङ
लिमिटेडबाट धितोपत्रहरु लाई विद्युतीय रुपमा शेयर जम्मा तथा सार्ने गर्ने कार्य हुँदै आएको छ । यस
अनुसार अहिलेसम्म एक लाख ४० हजारभन्दा बढी डिपी खाता खोलि सकिएका छन् भने २८ करोड कित्ताभन्दा बढी सेयर
अभौतिकृत भइसकेको छ ।

नेप्सेमा सक्रिय कारोबार हुने ९९
प्रतिशत कम्पनीहरुको सेयर अभौतिकीकरण कार्य सम्पन्न भइसकेको छ । निक्षेप सेवा उद्घाटनकै अवसरमा
लगानीकर्ता सचेतना कार्यक्रम पनि भएको छ । सचेतना कार्यक्रममा वक्ताहरुले लगानीकर्ताहरु लाई
बुद्धिमत्तापूर्वक सेयरमा लगानी गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन