१८ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा सांसद अधिकारीद्वारा झोलोङ्गे पुल शिलान्यास

२३ पुष २०७२, बिहीबार १२:२३

rabindra Adhikari

पोखरा, २३ पुस । पोखरा उपमहानगरपालिका वडा नं २४
कृष्तीनाच्ने चौरको दम्सादीबाट उपमहानगरपालिकाको वडा नं १७ स्थित पहलतरा जोड्ने फुस्रे खोलामा माथि
झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

पुलको अभावमा वर्षौंदेखि
लगभग डेढ घण्टा पैदल हिड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरी लगायत स्थानका स्थानीयवासी सो पुल
निर्माण सम्पन्न भए पछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने भएका छन् ।

सस्पेन्सन ब्रीज डिभिजन कार्यालयद्वारा एक करोड २२ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गर्न
लागिएको दुई सय ७६ मिटर लम्बाईको पुलको एक कार्यक्रमकाबीच व्यवस्थापिका संसद विकास समितिका सभापति
रविन्द्र अधिकारीले आज शिलान्यास गर्नुभयो ।

कार्यक्रममा उहाँले
पोखराको नजिक रहेर पनि पुलको अभावमा ओझेलमा परेको यस क्षेत्रको विकास आगामी दिनमा बढेर जाने विश्वास
व्यक्त गर्नुभयो । प्रचुर पर्यटकीय सम्भावना बोकेको यस स्थानको विकासका साथै आसपासका कास्कीको
निर्मलपोखरी, स्याङ्जाको पौवै गौंडे, टक्सार, फेदीखोला लगायतका स्थानका सर्वसाधारणका लागि पनि पुल
अत्यन्त उपयोगी हुने उहाँले बताउनुभयो ।

पोखरा विमानस्थल
शिलान्यास आगामी माघ १६ गते हुने गरी तयारी भैरहेको बताउँदै सभापति अधिकारीले विकास निर्माणमा सबै
राजनीतिक दलको सामुहिक प्रतिवद्धता र सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।

पोखरा र यस आसपासका क्षेत्रको विकासका लागि उत्तरमा केरला नाकादेखि दक्षिणमा सुनौलीलाई
जोड्नुपर्नेमा उहाँको जोड थियो । झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष तारानाथ आचार्यले पुलकै अभावमा
लामो समयदेखि पिडामा रहेका सर्वसाधारणलाई पुल निर्माण हुने कुराले अत्यन्त उत्साहित बनाएको धारणा
राख्नुभयो ।

झोलुङ्गे पुल निर्माणका लागि हेमकुमार श्रेष्ठ,
वेदनाथ आचार्य र भीमलाल आचार्यले आवश्यक जग्गा उपलब्ध गराउनुभएको थियो । सस्पेन्सन ब्रीज डिभिजन
कार्यालयका डि.ई कुमार थापा,स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरािलका कार्यालयका
कार्यकारी अधिकृत झलकराम अधिकारी, एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, नेकपा एमालेका सचिवालय
सदस्इ तेजनारायण अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं ३ का सचिव रघुनाथ पराजुली, नेपाल पत्रकार महासंघका
केन्द्रीय सदस्य शुक्ष्मा पौडेल, निर्माण व्यवसायी ओम गौचन, उपभोक्ता समितिका सल्लाहकार इन्द्रमणि
आचार्य लगायतले झोलुङ्गे पुलको निर्माणसँगै यस क्षेत्रमा वासोवास गर्ने कृषक, अध्ययनरत विद्यार्थी,
कर्मचारी लगायतलाई निकै सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै संघीय संसद् अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु महिला टी–२०: आज नेदरल्याण्ड्स र थाइल्याण्डबिच खेल हुदै यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर आज देशभरको मौसम सफा रहने कस्तो छ फिल्म ‘लाज शरणम्’को टिजर? एकीकृत समाजवादीको आरोप : अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्‍यो भागदौडपछि महाकुम्भमा लाग्यो भयानक आगो विपिनको रिहाइबारे इजरायली अधिकारीले नेपाली राजदूतलाई भने– तयारी अवस्थामा रहनू अघिल्लो सरकारले कोमामा पुर्‍याएको अर्थतन्त्रलाई आईसीयूमा ल्याइयो, छिट्टै लयमा आउँछ: सञ्चारमन्त्री आशिकालाई हिरासतमा भेटेपछि सुमनाको टिप्पणी : शक्तिकेन्द्रसम्म पहुँच नभएकालाई पेल्ने नियत भो त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित ‘एक्टर : टेक वन’ प्रदर्शनको बाटो खुल्यो, दुई पक्षबीच सहमति अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ) अमेरिकामा विमान दुर्घटनाबारे के भने राष्ट्रपति ट्रम्पले ? त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्सद्वारा नेपाललाई १५८ रनको बलियो लक्ष्य अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: यस्तो छ घटनाको विवरण र अहिलेसम्मको नतिजा हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, आज रिहा हुने सूचीमा परेनन् ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्युठानमा एक जना पक्राउ