९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हराएको बालन नाँच देवचुली महोत्सवमा

१ मंसिर २०७३, बुधबार १६:०५

मंसिर १, नवलपरासी । नवलपरासीमा जारी प्रथम देवचुली महोत्सवमा उर्लिदो जन सहभागीतासँगै महोत्सव विधामय बन्दै गएको छ । मंसिर ५ गतेसम्म कावासोती खेल मैदानमा चल्ने महोत्सवमा कृषि, पशुपालन, सहकारी र विद्यालयलाई मुख्य केन्द्रमा राखि हरेक दिन कार्यक्रमहरु संचालन गरिएको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए ।

रानाले महोत्सव रमाईलो भन्दा पनि, केहि पृथक र नयाँपन दिन हरेक दिन फरक फरक शैलीमा कार्यक्रमहरु संचालन गरिएको बताए । उनले भने, ‘देवचुली महोत्सव नवलपरासी जिल्लामा भएका महोत्सवको एउटा नमूना हो ।’

देवचुली टेलिभिजनको आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा महोत्सवको आयोजना गरिएको हो । मेलाको सातौं दिन १० हजार मानिसहरुले अबलोकन गरेका छन् । कृषि, उद्योग, व्यापार, मौलिक खाना, मौलिक घर, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक नाँचहरु मुख्य आर्कषणको केन्द्रमा रहेका छन् । 

मेला ऐतिहासिक रहेको विभिन्न क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संचार क्षेत्रले गरेको मेलाले जिल्लामा एक तवरको रौनकता थपेको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुरीले देवचुली टेलिभिजनले सामाजिक सुधारको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गरे । उनले भने, ‘टेलिभिजनको आठाँै बर्ष प्रबेशको शुभकामना छ, जनताले देवचुली टेलिभिजनलाई गरेको सम्मानलाई जोगाई राख्नुहोला ।’ 


हराएको बालन नाँच महोत्सवमा

हिन्दू धर्मालम्बीहरुको सांस्कृति नाँच बालन महोत्सवमा प्रर्दशन गरिएको छ । कला संस्कृतिकको संरक्षण, पर्यटनका आधार, सम्बृद्ध राष्ट्र निर्माणको लागि कृषि तथा उद्योग व्यापार भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा दैनिक रुपमा विभिन्न समूहका झाँकी तथा नाँचहरु देखाउँदै आइएको छ । 

पछिल्लो सयम हराउनै लागेको बालन नाच राधे राधे बालन समूह कावासोती –३ ले महोत्सवमा प्रर्दशन गरेको छ । यो नाँच पूरै देखाउन १२ घण्टा लाग्ने गर्दछ । सम्पूर्ण भगवनालाई विधिवत रुपमा स्वागत गरि देखाइने यो नाँच नमूनाको रुपमा १० मिनेट महोत्सव स्थलमा देखाइएको हो । 


बालन नाँचमा गणेश, पार्वती, शिव, बर्मा, बिष्णु, महेश्वर, हनुमान र नारदको रुप धारण गरि नाच्ने र गाउने गरिन्छ । नाँच देखाउन करिव ३५ जना कलाकार आवश्यक पर्ने राधे राधे बालन समूहका अध्यक्ष झविलाल बस्ताकोटीले बताए । 

उनले भने, ‘टेलिभिजनले हजारौ दर्शकहरु माँझ बालन नाँच यस्तो हो भनेर देखाउने मौका दियो, यस्ले अबका दिनमा यो नाँचको माग समेत बढ्ने छ ।’ यो नाँच पहिले निकै माग हुने गरे पनि अहिले भने हराउने अवस्थामा पुगेको छ । शुभ कार्य गर्दा यस्तो नाँच देखाउने गरिएको छ । 


१ दर्जन राष्ट्रिय कलाकारले महोत्सव संगीतमय 

देवचुली महोत्सव सातौं दिन संगीतमय बनेको छ । मेला हेर्न आएका दर्शकहरुले भरपूर सांगीतिक मनोरञ्जन लिएका छन् । १ दर्जन राष्ट्रिय कलाकारको प्रस्तुतीले रौनकता थपेको थियो । मुख्य आकर्षणको रुपमा रहेका गायक शिव हमालले दर्शकलाई नचाएँ । सँगै गीत पनि गाउन लगाए । 

पछेउरी लेऊ बैना बोलको गीतमा हमालसँगै कावासोतीका बासिन्दाले कम्मर मर्काउँदै नाचे । लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य आधा दर्जनजति चर्चित गीत प्रस्तुत गरेका थिए । हमालले उपस्थित दर्शकलाई आफ्नो चर्चित गीतहरु गाएर नचाएका थिए । कावासोती खेल मैदान साझ पर्दा समेत सांगीतिक बन्यो । 

कावासोती मैदान उराल्ने गरी उनले पुराना तथा नयाँ गीत प्रस्तुत गरे । ‘म कावासोतीको मायाले आए, म तपाईहरुको मायालाई संगाल्ने छु’ उनले भने, ‘म तपाईहरुले देवचुली महोत्सव सफल पार्नुपर्छ ।’ उनले यसो भन्दा कावासोती खेलमैदान तालीको गडगडाहटले गुुन्जिएको थियो । पहिलोपटक आयोजना गरिएको महोत्सवमा दर्शकको मन जित्नेमा पर्छिन गायीका जमुना राना ।  बुधबार महोत्सवको आकर्षकको रुपमा उनी पनि थिइन् । उनका प्रस्तुती निकै रोचक थियो । लोक गायीका भनेर चिनिए पनि उनले कावासोतीबासीलाई लो पप गीतलु पुरै मनोरन्जन दिइन् । रानाले पनि आफ्ना चर्चित गीत गाएर हजारौं दर्शक नचाइन् । ‘चम्चा प्लेट’, ‘मेरो मायाल’ु, ‘हलचल’, ‘बिर्सनेको नाम लेखेर’ लगायतका गीत गाउँदा महोत्सवको माहोल नै फरक बनेको थियो ।

अन्य कलाकारको प्रस्तसी पनि बेडोडका थिए । गायिका उमादेवी खनाल र गायक प्रकाश सपुतले पनि कार्यक्रमको शुरुवातमा गीत गाउँदा उर्लिदो दर्शक देखिन्थ्यो । गायिका उमाले चाइनिज लुगा, बिछोडको चोट त्यसैगरी केहि तिजका गीतहरु पनि गाएकी थिइन् । साथै गायक प्रकाश सपुतका गीतमा पनि दर्शक उत्तिकै रुपमा नाचेका थिए । 

कार्यक्रमका हाँस्य कलाकार निर आलेले पनि महोत्सवको माहोल खुबै तताएका थिए । महोत्सवमा कमेडी खुराकहरुका साथमा कमेडी नृत्य गरेका निरको गेटअप र प्रस्तुती देख्दा दर्शकहरु पेटमिचिमिचि हाँसेको देखिन्थ्यो । मंसिर २५ देखि जारी देवचुली महोत्सवमा कलाकर्मीले कावासोती र आसपासमा बेग्लै छाप छोडिरहेका छन् । 

साथै कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा हाँस्य प्रस्तुती रहेको थियो । आयोजक देवचुली टेलिभिजनका कलाकारहरुले गरेको हाँस्य प्रस्तुतीमा पनि दर्शकहरु खुबै हाँसेका थिए । कलाकारहरु गोपिकृष्ण चापागाई, राशि रिजाल, नवराज अधिकारी, अर्जुन कण्डेलको कमेडी नृत्यसँगको प्रस्तुती रहेको थियो ।


आठौँ दिन कृषि बिशेष

देवचुली महोत्सवको आठौँ दिन कृषि बिशेष कार्यक्रम हुने भएको छ । विभिन्न विधामा संचालित महोत्सवमा विभिन्न उपसमिति मार्फत विभिन्न कार्यक्रम संचालन हुँदै आएको छ ।  बिहिबार कृषि विशेष कार्यक्रम गरिने भएको छ । 

कृषि क्षेत्रमा योगदान पु¥याएका १ दर्जन व्याक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्न लागिएको कृषि उप समिति संयोजक बुद्धिबहादुर देउजाले बताए । बिहान किसानहरुबीच अन्तरक्रिया गर्ने र बाजागाजासहित ¥याली निकाल्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक केबी रानाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो