२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नामार्जुङबासीको चिन्ता–साना योजनाले बिकास भएन

२०७२, २४ पुष शुक्रबार १०:३७

पुस २४, कास्की । कास्कीको नामार्जुङ गाविसका नागरिकहरुले
ठूला योजना नबनाएकाले गाउँको बिकास हुन नसकेको बताएका छन् । सानासाना योजनामा मात्रै हाम्रो ध्यान गयो,
उनीहरु भन्छन्–ठूला योजना बनाउन कसैले सिकाएनन् पनि, अहिले सरकारले पठाएको बजेटबाट देखिने गरी एउटै
योजना पनि छैन ।

गाविसमा आएका बजेटजति कनिका छरेझैं छरेकै कारण उपलब्धी नदेखिएको स्थानीय देवीजंग
गुरुङ बताउँछन् । यहाँका नागरिकहरु थोरै रकममा पनि लुछाचुँडी गर्छन्, उनले गुनासो गरे–१०/१२ लाख
रुपैयाँको बजेट सय भन्दा बढी योजनामा छुट्याउनुपर्छ । आगामी दिनमा राम्रा र ठूला योजनामा बजेट विनियोजन
गर्न उनले आग्रह समेत गरेका छन् । गाविस सचिव शिवप्रसाद पनेरु पनि साना योजना सञ्चालनमा समस्या परेको
बताउँछन् । परिषद्का बेला साना योजनामा पनि बजेट विनियोजन हुन्छ, उनले भने–कार्यान्वयन गर्ने बेला थोरै
बजेट भनेर योजना सम्झौता गर्नै आउँदैनन् ।

pokhara

यस्तै स्थानीयहरुले जिम्मेवार
ब्यक्तिहरुमा स्थानीय निकायको निर्देशिका जानकारी नभएकाले पनि टुक्रे योजनामा बजेट विनियोजन भएको गुनासो
गरेका छन् । नामार्जुङकै राम गुरुङले राजनीतिक दल र वडा नागरिक मञ्चका पदाधिकारीलाई नै निर्देशिका
जानकारी नहुँदा योजना छनौट अन्यौलपूर्ण भएको बताए ।

गाउँ विकास समितिको २४ औं परिषद् तथा चालू
बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाविसको भवन नहुँदा सेवाग्राही मारमा परेका,
पर्यटकीय क्षेत्रको विकास र विस्तार हुन नसकेको लगाएतका गुनासो गरे । जवाफमा गाविस सचिव शिवप्रसाद
पनेरुले गाविस भवन निर्माणको चरणमा रहेकाले छिट्टै सम्पन्न हुने जानकारी दिएका छन् । यस्तै पर्यटन
विकासका लागि पनि तल्लो तहबाटै योजना माग हुनुपर्ने उनको सुझाव छ ।

हामीले माथीबाट योजना हाल्नै
होईन, उनले भने–नागरिकहरुले बस्ती र वडाबाट योजना पठाउँदैमा पर्यटन लक्षित योजनाहरु प्राथमिकतामा पारे
बजेट विनियोजन गर्न सजिलो हुन्छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका
थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आगामी दिनमा गाविसको आन्तरिक श्रोत बृद्धी र
निर्देशिका अनुसार ठूला योजना छनौट गर्ने प्रतिबद्धता जनाए ।

नामार्जुङ गाउँ विकास समितिले
बिहिबार २४ औं परिषद् समेत सम्पन्न गरेको छ । २४ औं परिषद्बाट आगामी आर्थिक बर्ष २०७३÷७४ मा सञ्चालन
हुने गरी ४५ लाख रुपैयाँको योजना पारित गरेको गाविस सचिव पनेरुले जानकारी दिए । चालू बर्षको संशोधित
योजनाको बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन