२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो

२०७३, २ मंसिर बिहीबार ०३:२५

मङ्सिर २, सोलुखुम्बु । हिमाली जिल्लाका रुपमा परिचित सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हिउँदको मौसममा सिरकको व्यापार भने निकै फस्टाउने गरेको छ । सामान्य कपडाले चिसो छल्न नसक्ने भएका कारण अधिकांश स्थानीय जनताले बाक्लो सिरक बनाउन थालेपछि सिरकको व्यापार फस्टाएको हो । 

कात्तिक–मङ्सिरको अन्त्यतिर सोलुखुम्बुका कतिपय मानिस जाडो छल्न उपत्यका तथा तराई लगायतका स्थानमा सर्ने गर्दछन् भने खासगरीे शिक्षण पेसामा संलग्न शिक्षक विद्यालय बिदा गरेर करिब साढे एक महिना जतिका लागि तराई झर्ने गर्दछन् । 

यसरी जिल्लाबाहिर जानेबाहेक स्थानीय बासिन्दा भने चिसो भएपनि त्यसको व्यवस्थापन गरेर बस्ने गरेका छन् । यसरी चिसोमा सिरक बनाउन नेपालकै तराई तथा भारतका सिरक व्यापारी सोलुखुम्बु आउने गरेका छन् । 

सिरक बनाउनकै लागि भारतको सीतामढीका जावीर अन्सारीसहित पाँचजनाको टोली बर्सेनि हिउँद सुरु हुनासाथ सोलुखुम्बु आउँछन् र फागुनपछि मात्र फर्कंन्छन् । उनीहरुले यहाँ सिरक बनाएर राम्रै दाम पनि कमाउने गरेका छन् । जाडोयाम सुरु भएपछि यहाँका मानिसले नयाँ सिरक बनाउँछन् भने कतिपयले त पुरानामा कपास थपेर नयाँ बनाउँछन् । कात्तिकको मध्यदेखि उनीहरुलाई यही काममा भ्याइनभ्याई हुन्छ । फागुनपछि उनीहरु आफ्नै देश भारत फर्कने बताउँछन् । 

बिहानैदेखि काम गरेर एक दिनमा तीन÷चारवटासम्म सिरक बनाउन सकिने भारतीय नागरिक मानिर पुकारले बताउनुभयो । सिरक बनाउन आउनेमा पनि एकजना मुख्य नाइके हुने र उसकै नेतृत्वमा अन्यले ज्यालादारीमा काम गर्ने उनको भनाइ छ । सिरक बनाउँदा प्रतिकेजी तीन सयका दरले ज्याला लिने गरिएको छ । प्रायः चारदेखि सात केजीसम्मको सिरक बनाइने भएकाले एउटाको रु एक हजार दुई सय देखि दुई हजार एक सयसम्म पर्ने व्यवसायी बताउँछन् । 

दिनमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म कमाई हुने उनीहरुको भनाइ छ । जावीर अन्सारीका अनुसार तीन महिना काम गरेपछि घर जाने बेलामा एकजनाको हातमा करिब पाँच लाख रुपैयाँ पर्न आउँछ । सोलुखुम्बुमा जाडोका कारण कत्तिले त सात केजीसम्मको सिरक बनाउने गरेका छन् । सात केजी तौल बराबरको एउटा सिरकको मूल्य रु तीन हजार आठ सयसम्म पर्ने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु