९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो

२ मंसिर २०७३, बिहीबार ०३:२५

मङ्सिर २, सोलुखुम्बु । हिमाली जिल्लाका रुपमा परिचित सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हिउँदको मौसममा सिरकको व्यापार भने निकै फस्टाउने गरेको छ । सामान्य कपडाले चिसो छल्न नसक्ने भएका कारण अधिकांश स्थानीय जनताले बाक्लो सिरक बनाउन थालेपछि सिरकको व्यापार फस्टाएको हो । 

कात्तिक–मङ्सिरको अन्त्यतिर सोलुखुम्बुका कतिपय मानिस जाडो छल्न उपत्यका तथा तराई लगायतका स्थानमा सर्ने गर्दछन् भने खासगरीे शिक्षण पेसामा संलग्न शिक्षक विद्यालय बिदा गरेर करिब साढे एक महिना जतिका लागि तराई झर्ने गर्दछन् । 

यसरी जिल्लाबाहिर जानेबाहेक स्थानीय बासिन्दा भने चिसो भएपनि त्यसको व्यवस्थापन गरेर बस्ने गरेका छन् । यसरी चिसोमा सिरक बनाउन नेपालकै तराई तथा भारतका सिरक व्यापारी सोलुखुम्बु आउने गरेका छन् । 

सिरक बनाउनकै लागि भारतको सीतामढीका जावीर अन्सारीसहित पाँचजनाको टोली बर्सेनि हिउँद सुरु हुनासाथ सोलुखुम्बु आउँछन् र फागुनपछि मात्र फर्कंन्छन् । उनीहरुले यहाँ सिरक बनाएर राम्रै दाम पनि कमाउने गरेका छन् । जाडोयाम सुरु भएपछि यहाँका मानिसले नयाँ सिरक बनाउँछन् भने कतिपयले त पुरानामा कपास थपेर नयाँ बनाउँछन् । कात्तिकको मध्यदेखि उनीहरुलाई यही काममा भ्याइनभ्याई हुन्छ । फागुनपछि उनीहरु आफ्नै देश भारत फर्कने बताउँछन् । 

बिहानैदेखि काम गरेर एक दिनमा तीन÷चारवटासम्म सिरक बनाउन सकिने भारतीय नागरिक मानिर पुकारले बताउनुभयो । सिरक बनाउन आउनेमा पनि एकजना मुख्य नाइके हुने र उसकै नेतृत्वमा अन्यले ज्यालादारीमा काम गर्ने उनको भनाइ छ । सिरक बनाउँदा प्रतिकेजी तीन सयका दरले ज्याला लिने गरिएको छ । प्रायः चारदेखि सात केजीसम्मको सिरक बनाइने भएकाले एउटाको रु एक हजार दुई सय देखि दुई हजार एक सयसम्म पर्ने व्यवसायी बताउँछन् । 

दिनमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म कमाई हुने उनीहरुको भनाइ छ । जावीर अन्सारीका अनुसार तीन महिना काम गरेपछि घर जाने बेलामा एकजनाको हातमा करिब पाँच लाख रुपैयाँ पर्न आउँछ । सोलुखुम्बुमा जाडोका कारण कत्तिले त सात केजीसम्मको सिरक बनाउने गरेका छन् । सात केजी तौल बराबरको एउटा सिरकको मूल्य रु तीन हजार आठ सयसम्म पर्ने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो