२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिमा शशी तुलाचन निर्वाचित

२०७२, २५ पुष शनिबार १३:०९

sampada

पुस २५, पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको २० औँ वार्षिक साधारण
सभा तथा १० औँ सम्मेलनले शशी तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा
रामबहादुर पौडेल र पार्वती पौडेललाई सर्वसम्मत चयन गरेको छ । महासचिवमा विष्णुहरि अधिकारी ,सचिवमा
महेन्द्र आले र कोषाध्यक्षमा बसन्धरा ढकाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अमृत घिमिरे, निर्मला
कोइराला, विष्णु बहादुर भट्टराई, पवित्रा जिसी, यादवचन्द्र भुर्तेल, ठाकुर प्रसाद बराल, श्रीराम आचार्य,
हनिफ मियाँ, कौशिला गुृरुङ, कमल प्रसाद न्यौपाने र अमृत अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ

यसअघि कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार तथा
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सम्पदाहरुको संरक्षणमा सबै जागरुक भएर लाग्नुपर्नेमा जोड दिए । उनले
राष्ट्रियताको सवाल अहिले सबैको मन मस्तिष्कमा सलवलाइरहेका बेला राष्ट्रिय सम्पदाले लिएको अभियानमा
आफ्नो हरेक स्थानमा ऐक्यबद्धता र समर्थन रहने बताए । उनले हामीले संस्कृति र संस्कारहरु भुल्दै जानु
विडम्बना बनेको बताउँदै आफ्नो मौलिक पनलाई बिर्सन नहुनेमा जोड दिए । सम्पदा अतिक्रमणका सवालमा राष्ट्रिय
सम्पदाले उठाएको अभियान सह्रानीय भएको उल्लेख गर्दै यसमा निरन्तरता र सरोकारवाला निकाययमा यसको खबरदारी
जारी राख्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा बोल्दै वरिष्ठ
मानवअधिकारकर्मी तथा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष टेकनाथ
बरालले राष्ट्रियता र राष्ट्रिय धरोहरका सम्पदाहरुलाई बचाइराख्न सम्पदाले थालेको अभियान जारी
राख्नुपर्नेमा जोड दिए । उनले महाकाली बचाऊ अभियानबाट ओतप्रोत भएर गठन गरिएको संस्थाको गरिमा र उचाइलाई
अझ गरिमामय पार्दै अघि बढ्न सुझाव दिए । सो अवसरमा पोखरा उपमहानगर पालिकाका कानुन अधिकृत नारायण शर्मा ,
पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिलीप राज श्रेष्ठ राष्ट्रिय सम्पदाका सल्लाहकार तिलक पराजुली,
सल्लहाकार भूपनिधि पन्तले मन्तव्य राखेका थिए । सो अवसरमा संस्थालाई विभिन्न तवरले सहयोग पु¥याउने पोखरा
उपमहानगरपालिका जिविस कास्की, पोखरा उद्योग वाणिज्य संघ, आदर्शसमाज राष्ट्रिय दैनिक र हनिफ मियाँलाई
सम्मान गरिएको थियो ।

कार्यक्रममा महासचिव रामबहादुर पौडेलले
स्वागत मन्तव्य, कोषाध्यक्ष बसन्धरा ढकालले संस्थाको आर्थिक प्रतिवेदन राखेकी थिइन् भने सदस्य निर्मला
कोइराला पाठकले संस्थाको प्रगति विवरण पेस गरेकी थिइन् । संस्थाकी कार्यवहाक अध्यक्ष शशी तुलाचनको
अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्वती पौडेलले गरेकी थिइन् । नयाँ कार्यसमितिको कार्यकाल
आगामी २ वर्ष रहने सम्पदाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन