२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र भइ उद्धार गरिएका एक युवाद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

२०७३, २ मंसिर बिहीबार ०८:३१

मंसिर २, काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् । 

स्याङ्जा चण्डिकालीका घर भई पोखरामा बस्दै आउनुभएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा जानुभएको थियो तर, रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उहाँ अलपत्र पर्नुभएको थियो । 

अलपत्र पर्नुभएका आचार्यले दुई महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्धार गर्न अनुरोध गर्नुभएको थियो । आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उहाँको परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वयमा गत कात्तिक २९ गते आचार्यलाई नेपाल ल्याइएको थियो । 

बिहीबार आचार्यले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकामा नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले सरकार विदेशमा रहेका नेपालीका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने