६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र भइ उद्धार गरिएका एक युवाद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

२ मंसिर २०७३, बिहीबार ०८:३१

मंसिर २, काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् । 

स्याङ्जा चण्डिकालीका घर भई पोखरामा बस्दै आउनुभएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा जानुभएको थियो तर, रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उहाँ अलपत्र पर्नुभएको थियो । 

अलपत्र पर्नुभएका आचार्यले दुई महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्धार गर्न अनुरोध गर्नुभएको थियो । आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उहाँको परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वयमा गत कात्तिक २९ गते आचार्यलाई नेपाल ल्याइएको थियो । 

बिहीबार आचार्यले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकामा नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले सरकार विदेशमा रहेका नेपालीका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति