२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याण्डममा सलमान रुस्दीको चर्चा

२५ पुष २०७२, शनिबार १३:२०

pokhara
news

पुस २५, पोखरा । र्याण्डम रिडर्स सोसाइटी अफ्
नेपालले सलमान रुस्दीको विवादास्पद कृति ‘सटानिक भर्सेस’माथि शनिबार पोखरामा परिचर्चा गरेको छ

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको
कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै लेखक युग पाठकले सलमान रुस्दीको प्रतिबन्धित किताब सटानिक भर्सेसमा
प्रस्तुत जादुइ यथार्थ पठनीय रहेको बताउनुभयो । विश्वकै कृतिहरूमध्ये सो कृतिका कारण सबैभन्दा धेरै
सहरमा प्रदर्शन भएको भन्दै रुस्दीले सोही कृतिकै कारण १० वर्षसम्म भूमिगत जीवन बिताउनुपरेको प्रसङ्ग पनि
पाठकले उठाउनुभयो । रुस्दी सम्बन्धी भिडियो क्लिपहरुसहित प्रस्तुत गरिएको कार्यक्रममा कौशलचन्द्र जीसी,
टापेन्द्रप्रसाद रिजाल, कृष्ण केसी, नवराज न्यौपानेलगायतले टिप्पणी गर्नुभएको थियो ।

सोसाइटीका संस्थापक अध्यक्ष राजेन्द्र चापागार्इँले सोसाइटीका गतिविधिले नेपाली
अध्ययन संस्कृतिमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । यस्तै, चलचित्र ‘झोला’का निर्देशक यादव
भट्टराईले सोसाइटीसँग सहकार्य गर्न आफू सधैँ लालायित भएको बताउँदै एक गम्भीर विषयमा आफू नयाँ चलचित्र
बनाउने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

पुस्तक छनोट
समितिकी संयोजक सरस्वती प्रतीक्षाले स्वागतसहित आगामी माघ महिनामा विष्णु भण्डारीको उपन्यास ‘पहेँलो
घाम’माथि दीपक पराजुलीले परिचर्चा गर्ने जानकारी दिनुभएको कार्यव्रmमको सञ्चालन सचिव रुपिन्द्र
प्रभावीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी