२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याण्डममा सलमान रुस्दीको चर्चा

२०७२, २५ पुष शनिबार १३:२०

pokhara
news

पुस २५, पोखरा । र्याण्डम रिडर्स सोसाइटी अफ्
नेपालले सलमान रुस्दीको विवादास्पद कृति ‘सटानिक भर्सेस’माथि शनिबार पोखरामा परिचर्चा गरेको छ

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको
कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै लेखक युग पाठकले सलमान रुस्दीको प्रतिबन्धित किताब सटानिक भर्सेसमा
प्रस्तुत जादुइ यथार्थ पठनीय रहेको बताउनुभयो । विश्वकै कृतिहरूमध्ये सो कृतिका कारण सबैभन्दा धेरै
सहरमा प्रदर्शन भएको भन्दै रुस्दीले सोही कृतिकै कारण १० वर्षसम्म भूमिगत जीवन बिताउनुपरेको प्रसङ्ग पनि
पाठकले उठाउनुभयो । रुस्दी सम्बन्धी भिडियो क्लिपहरुसहित प्रस्तुत गरिएको कार्यक्रममा कौशलचन्द्र जीसी,
टापेन्द्रप्रसाद रिजाल, कृष्ण केसी, नवराज न्यौपानेलगायतले टिप्पणी गर्नुभएको थियो ।

सोसाइटीका संस्थापक अध्यक्ष राजेन्द्र चापागार्इँले सोसाइटीका गतिविधिले नेपाली
अध्ययन संस्कृतिमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो । यस्तै, चलचित्र ‘झोला’का निर्देशक यादव
भट्टराईले सोसाइटीसँग सहकार्य गर्न आफू सधैँ लालायित भएको बताउँदै एक गम्भीर विषयमा आफू नयाँ चलचित्र
बनाउने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

पुस्तक छनोट
समितिकी संयोजक सरस्वती प्रतीक्षाले स्वागतसहित आगामी माघ महिनामा विष्णु भण्डारीको उपन्यास ‘पहेँलो
घाम’माथि दीपक पराजुलीले परिचर्चा गर्ने जानकारी दिनुभएको कार्यव्रmमको सञ्चालन सचिव रुपिन्द्र
प्रभावीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन