मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।
    गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।
    गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय"/>
८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकता क्लबको शैक्षिक अभियान सरस्वतीलाई सेतोपाटी र शैक्षिक सामाग्री हस्तान्तरण

३ मंसिर २०७३, शुक्रबार ०३:२२

मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।
    गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय विद्यालयमा आईसिटी र प्राविधिक शिक्षा समेत सुरुवात गरिएको छ ।
तर पनि ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुलाई सापेक्षित शिक्षा परिवर्तन गर्नमा अनेकौँ समस्या छन् । विद्यालयको कमजोर आर्थिक अवस्था र भूगोलका कारण सदरमुकाम नजिक भएर पनि कतिपय विद्यालयहरुको पठनपाठन अझै पुरानै प्रक्रियाबाट अगाडि बढिरहेको छ । यसैको उदाहरण हो बाग्लुङ्ग सदरमुकाम देखि दक्षिणमा रहेको नारायणस्थान ७ मा रहेको सरस्वती प्राथमिक विद्यालय ।
    कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा हालसम्म पनि कालोपाटीबाटै अध्यापन गराईएको छ । व्यवहारिक शिक्षाको कुरा गरेतापनि विद्यालयले कमजोर आर्थिक अवस्थाका कारण सेतोपाटी खरिद गर्न नसकी कालोपाटीमा चकले लेखेर विद्यार्थीले अध्ययन गर्दै आएका थिए । तर विद्यालयको यो समस्यालाई एकता युवा क्लवले समाधान गरिदिएको छ । नोभेम्बर १७ अर्थात विश्व विद्यार्थी दिवसको अवसरमा क्लवले विद्यालयका पाँचओटै कक्षालाई पुग्ने सेतोपाटी, मार्कर पेन हस्तान्तरण गरेको हो ।         त्यस्तै विद्यालयमा अध्ययनर ३२ जना विद्यार्थीलाई कपी र पेन पनि वितरण गरिएको छ । क्लवले विद्यालयलाई २५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
    कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले क्लवले सहयोग गरेको शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थित र शिक्षक सक्रिय भएर लाग्नुपर्ने बताए । विद्यार्थीलाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिनुपर्ने अपरिहार्य आवश्यकता रहेको भएतापनि गाउँगाउँमा अझै पनि विद्यालयमा सेतोपाटी नहुनु विडम्वना भएको उनले बताए ।
    कार्यक्रममा क्लवका अध्यक्ष अच्युत तिवारीले विद्यालयको अवस्थाबारे जानकारी भएपछि सहयोगदाताहरु खोजेर विद्यालयलाई सहयोग गरेको बताए । विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा हानि नपुग्ने तथा गुणस्तर सुधारका लागि केही सहयोग होस भनि सहयोग गरेको बताउँदै उनले बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने बताएका थिए । कार्यक्रममा नै उनले विद्यालयलाई ५ हजार नगद सहयोग गरेका    थिए ।
    विद्यालयका प्रधानाध्यापक हिमादेवी शर्माले क्लवको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा शिक्षण सेवा प्रभावकारी बन्ने बताएकी थिइन् । कार्यक्रममा क्लवका संस्थापक सल्लाहकार कमलनाथ पोखरेलले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक विक्रम केसीको स्वागत रहेको कार्यक्रममा क्ल्वका संस्थापक अध्यक्ष विक्रम केसीले धन्यवाद मन्तव्य राखेका थिए । क्ल्वका सचिग गोकुल चापगाईंको स्वागत रहेको कार्यक्रममा क्लवका पदाधिकारी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
    गाविसकै एकमात्र उक्त विद्यालयमा खेलमैदान, फर्निचर तथा भौतिक पुर्वाधार विकासको अभाव रहेको छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालय गाजा युवा क्लवको सहयोगमा जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गले २०४५ सालमा स्थापना भएको हो । ब्राह्मण बस्तीमा रहेको विद्यालयमा हाल २ जना स्थायी १ जना दरबन्दी र २ जना निजी शिक्षकले अध्यापन गराउँदै आएका छन् । विशन क्षेत्रीबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ?