कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । १२ महिना १२ दिन अतिरिक्त सेवा दिएका तत्कालिन सचिव विष्णुप्रसाद शर्मालाई बुर्तिबाङका अगुवाले गलाभरी फुलमाला सहित मनै छुने प्रश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । १२ महिना १२ दिन अतिरिक्त सेवा दिएका तत्कालिन सचिव विष्णुप्रसाद शर्मालाई बुर्तिबाङका अगुवाले गलाभरी फुलमाला सहित मनै छुने प्रश"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

१२ महिना १२ दिने कामको प्रसंसा

२०७३, ३ मंसिर शुक्रबार ०४:३३


कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । १२ महिना १२ दिन अतिरिक्त सेवा दिएका तत्कालिन सचिव विष्णुप्रसाद शर्मालाई बुर्तिबाङका अगुवाले गलाभरी फुलमाला सहित मनै छुने प्रशंसाका शब्दले विदाई गरेका छन् । 

खुङ्गामा दरबन्दि भएर पनि बुर्तिबाङ गाविस कार्यालयको समेत जिम्मेवारी लिएर एक बर्षदेखि सेवा दिँदै आएका शर्मालाई विहिबार भब्य कार्यक्रम गरेर विदाई गरिएको हो । नवआगन्तुक सचिव चण्डीराज पौडेललाई स्वागत र तत्कालिन सचिव शर्माको विदाईमा भएको कार्यक्रममा बुर्तिबाङमा गरेको कार्यसम्पादनको प्रसंसा गरे । दल तथा सरोकारवालासँग समन्वय गरेर कसैलाई विभेद नगरि काम गरेको र नागरिकका अत्यावश्यक काममा कार्यालय समय भन्दा अतिरिक्त समय दिएको कुरा धेरैले सम्झिए । 

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले कर्मचारीको काम नगरिकलाई सहज र छरितो सेवा दिने जिम्मेवारी हुने भन्दै तत्कालिन सचिव शर्माले ईमान्दारीपुर्वक कार्यसम्पादन गरेको बताए । थापाले भने, ‘म पनि नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न जोड दिने गर्छु ।’ उनले थपे, ‘शर्माले मेरो मान्यतालाई पुष्टि गर्नुभयो ।’   

नेपाली काँग्रश बुर्तिबाङ सभापती सालिकराम शर्माले सामान्य नागरिक र ठुलाबडा सवैलाई विभेद नगरि समान व्यवहार सहित सेवा दिएकै कारण सवैको प्रिय बन्न सकेको बताए । 

एमाले अध्यक्ष केसर छन्यालले अहिलेसम्मका सचिवको कार्यसम्पादन तुलना गर्दा निवर्तमान सचिव शर्माले राम्रो सेवा दिएर विदा भएको भन्दै खुसि व्यक्त गरे । 

नेकपा क्रान्तिकारी माओवादीका वीरबहादुर विश्वकर्माले दुई ओटा गाविसमा काम गर्दा पनि बुर्तिबाङमा राम्रो छाप छोड्न सकेको भन्दै अव सवै समय खुङ्गामा खर्चेर त्यहाँका नागरिकलाई अझै स्तरिय सेवा दिई असल सेवक बन्न आग्रह गरे   ।

बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तमाणी शर्माले बुर्तिबाङमा काम गर्न सजिलो नभएको भन्दै कर्मचारी सरुवा हुँदा बुर्तिबाङ आउन नमान्ने प्रबृत्तिलाई गलत सावित गर्दै फेरी पनि सरुवा हुनुपर्ने अवस्थामा संयोजग मिले बुर्तिबाङमै आउन आग्रह गरे । 

सेवाग्रहीको चाप अत्याधिक हुने, राजनिततिक रुपमा पनि अलि चुनौति पुर्ण मानिएको बुर्तिबाङ गाविसमा एक बर्ष काम गरेर प्रसंसा कमाएका शर्मालाई ढोरपाटन दैनिकले तपाईको कार्यकालमा गर्न चाहेर पनि कारणवस हुन नसकेको अथवा ध्यान नपुगेको अहिले आएर यो काम पनि गर्न पाएको भए हुन्थ्यो भन्ने कुरा पनि त होलान् नी ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पुजिगत बजेटबाट सञ्चालन गरिने योजना निर्माणका लागि स्थलगत रुपमा गाउँमै जानुपथ्र्यो, त्यो गर्न सकिन ।’ उनले थपे, ‘जनप्रतिनिधि नहुँदा र दुईओटा गाविस एक्लै हुर्नुपर्दा सवै काममा प्रयाप्त समय दिन पाईन ।’

बक्ताहरुले नवआगन्तुक सचिव चण्डिराज पौडेलसँग पनि विगतमा गाविस कार्यालय चालाएको अनुभव भएकाले नमुना काम गर्नसक्ने विश्वास व्यक्त गरे । नवआगन्तुक सचिव पौडेलले गाविस कार्यालय राजनितिक दल र अन्य सरोकारवाला एक सिक्काको दुईपाटा भएको भन्दै सवैसँग समन्वय गरेर काम गरे मात्र सफल भईने भन्दै त्यसका लागि आफु प्रतिवद्ध रहेको बताए  । उनले गाविस कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धि नागरिकबडा पत्रको बारेमा वडा नागरिक मञ्च मार्फत समान्य नागरिलाई सचेत गराउने अभियान सञ्चालन गर्नुपर्ने बताए । पौडेलले कार्यालय समयको कार्यसम्पादनलाई व्यवस्थित गरि आवश्यक पर्दा अतिरिक्त समय दिएर पनि नागरिकलाई अत्यावश्यक सेवा दिने प्रतिबद्धता व्यक्त गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा