२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस चौतारी पत्रकारिता पुरस्कार भण्डारीलाई

२०७२, २६ पुष आईतवार १३:२१

bhandariपुस २६, पोखरा । प्रेस चौतारी कास्कीले सञ्चालन गरेको प्रेस
चौतारी पत्रकारिता पुरस्कार–२०७१ बाट पत्रकार दुर्गा भण्डारीलाई सम्मान गरिने भएको छ ।

पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक आन्दोलन र प्रेस
चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको कदर गर्दै भण्डारीलाई सम्मान गर्ने निर्णय प्रेस चौतारी
कास्कीले गरेको हो ।पुरस्कारको राशी नगद ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ ।

भण्डारीलाई उक्त पुरस्कारबाट सम्मान गर्न, प्रेस चौतारी पत्रकारिता
पुरस्कार प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतमा
शनिबार बसेको बैठकले अनुमोदन गरेको हो ।प्रतिभा छनौट समितिको संयोजकमा कास्कीका संस्थापक कोषध्यक्ष खेम
सारु, प्रेस चौतारी नेपाल तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका
सल्लाहकार तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पदेन सदस्यमा कास्कीका अध्यक्ष माधव
बराल र सचिव अर्जुन गिरी रहनुभएको छ ।

भण्डारीले २०५२ सालदेखि
काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको हो ।भण्डारी प्रेस चौतारी नेपालका
पूर्व सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र पोखराबाट प्रकाशित हुने कास्की सन्देश
साप्ताहिकको सम्पादक हुनुहुन्छ । भण्डारीले पोखरा एफएम, माछापुच्छे«े एफएम, पोखरा हट्लाइन दैनिक,
पोखरापत्र दैनिक, सौर्य साप्ताहिक, माइक्रो न्यूज दैनिकमा पनि काम गर्नुभएको थियो ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज
सुवेदी, रुद्रबहादुर थापा, हरि बाँस्तोला, बद्रीविनोद प्रतीक र खेम सारु सम्मानित भइसक्नु भएको छ।प्रेस
चौतारी नेपालको स्थापना दिवसको अवसरमा आगामि माघ २२ गते भण्डारीलाई उक्त पुरस्कारबाट सम्मान गरिने सचिव
अर्जुन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन