२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा भाडादर कायम नहुँदा स्थानीयवासी मारमा

२०७३, ३ मंसिर शुक्रबार ०६:३६

मङ्सिर ३, भोजपुर । भोजपुर जिल्लाका शाखा सडकमा निश्चित भाडादर कायम नहुँदा स्थानीयवासी मारमा परेका छन् । 

सरकारले प्रतिकिलोमिटर १० रुपैयाँ ट्याक्सी भाडा निर्धारण गरेपनि जिल्लाका ट्याक्सी व्यवसायीले जथाभावी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । भोजपुरदेखि घोडेटार जाने ट्याक्सीलाई प्रहरीले प्रतिव्यक्ति पाँचसय ५० भाडा लिन निर्देशन दिएको थियो तर ट्याक्सीले घोडेटार पुगेपछि रु आठसय भाडा जबर्जस्ती तिर्न लगाएको दुम्मानाका केशर श्रेष्ठले बताउनुभयो । 

ट्याक्सी व्यवसायीका राजन राईले ग्रामीण सडकको अवस्था राम्रो नभएका कारण भाडा महँगो लिन बाध्य भएको जानकारी दिनुभयो । यसैबीच, सम्बन्धित निकायले भने जिल्लाको शाखा सडकमा निश्चित भाडादर कायम गरी लागू गर्न पटक–पटक निर्देशन दिइरहेको छ । 

विद्यालयलाई लत्ताकपडा 

यसैबीच, भोजपुरको खावा गाविसमा बाल विकास कार्यक्रमका लागि छुट्याएको रकमले विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल लुइँटेल र सामाजिक परिचालक रमेश राईले संयुक्तरुपमा जनता प्राथमिक विद्यालय, खावाका ६३ विद्यार्थीलाई लत्ताकपडा वितरण गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक नुरी शेर्पाले जानकारी दिनुभयो । लत्ताकपडा पाएपछि यहाँका विद्यार्थी हर्षित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन