२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आर इभेण्ट ट्रेनर नेपालले पोखरामा दोस्रो मःम मेला गर्ने

२७ पुष २०७२, सोमबार ०५:३०

शिव न्यौपाने/ पुस २७, पोखरा । मेला फागुन ६ देखि ८ गतेसम्म पोखरा
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने आयोजक संस्थाका अध्यक्ष रवीन गुरुङ्ले जानकारी दिनुभयो । पोखरा
उद्योग वाणिज्य सङ्घले प्रवद्र्वन गर्ने मेलाको आवश्यक तयारी शुरु भैसकेको छ । नेपालमा पछिल्लो समय मःम
बढि प्रयोग हुने खाजाको रुपमा विकास भैरहेका बेला मःम पारखीहरुले मेला निकै रुचाउने अपेक्षा गरिएको छ

चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका मःम पारखीहरुले मेलामा २५ प्रकारका मःमको स्वाद लिन
पाउँने छन् । मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद
लिन पाईने आयोजकको भनाई छ । मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट,
फेशन शो र डिजे सेसन आकर्षणका रुपमा रहने छन् । मेलामा एक सय बढि स्टल रहने छन् ।

स्टल मध्ये २०
स्टल मःमका मात्र रहने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका रहने छन् । आजदेखि नै स्टल
बुकिङ खुल्ला गरिएको छ । मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने
अनुमान गरिएको छ । यसअघि ०७० सालमा पहिलो पटक दुई दिन आयोजना गरिएको मेला झण्डै ७० हजार दर्शकले अवलोकन
गरेको आयोजकको दावी छ । मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि
अन्र्तराष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी