२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आर इभेण्ट ट्रेनर नेपालले पोखरामा दोस्रो मःम मेला गर्ने

२०७२, २७ पुष सोमबार ०५:३०

शिव न्यौपाने/ पुस २७, पोखरा । मेला फागुन ६ देखि ८ गतेसम्म पोखरा
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने आयोजक संस्थाका अध्यक्ष रवीन गुरुङ्ले जानकारी दिनुभयो । पोखरा
उद्योग वाणिज्य सङ्घले प्रवद्र्वन गर्ने मेलाको आवश्यक तयारी शुरु भैसकेको छ । नेपालमा पछिल्लो समय मःम
बढि प्रयोग हुने खाजाको रुपमा विकास भैरहेका बेला मःम पारखीहरुले मेला निकै रुचाउने अपेक्षा गरिएको छ

चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका मःम पारखीहरुले मेलामा २५ प्रकारका मःमको स्वाद लिन
पाउँने छन् । मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद
लिन पाईने आयोजकको भनाई छ । मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट,
फेशन शो र डिजे सेसन आकर्षणका रुपमा रहने छन् । मेलामा एक सय बढि स्टल रहने छन् ।

स्टल मध्ये २०
स्टल मःमका मात्र रहने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका रहने छन् । आजदेखि नै स्टल
बुकिङ खुल्ला गरिएको छ । मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने
अनुमान गरिएको छ । यसअघि ०७० सालमा पहिलो पटक दुई दिन आयोजना गरिएको मेला झण्डै ७० हजार दर्शकले अवलोकन
गरेको आयोजकको दावी छ । मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि
अन्र्तराष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु